Lumbini Express News

Directions Contact the establishment

Lumbini Express News समाचार ।। मनोरञ्जन ।। खेलकुद ।। राजनीति ।।
हरेक पलपलको जानकारीको लागि follow गर्न नभुल्नुहोला ।
🇳🇵जय नेपाल🇳🇵

एनपीएलमा पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स ६ विकेटले विजयी। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार सम्प...
28/10/2026

एनपीएलमा पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स ६ विकेटले विजयी।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।पोखरा विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमले ६ विकेटको जित निकालेको हो।

स्पेनमा दुई तीव्र गतिको रेल ठो'क्किँदा ६४ जनाको मृ'त्यु, ८० भन्दा बढी घा'इते।स्पेन ।स्पेनको तोलेडो प्रान्तमा बुधबार बिहा...
28/10/2026

स्पेनमा दुई तीव्र गतिको रेल ठो'क्किँदा ६४ जनाको मृ'त्यु, ८० भन्दा बढी घा'इते।

स्पेन ।स्पेनको तोलेडो प्रान्तमा बुधबार बिहान दुईवटा तीव्र गतिकाका रेल एकआपसमा ठो'क्किँदा कम्तीमा ६४ जनाको मृ'त्यु भएको छ भने ८० भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घ'टनापछि उद्धारकर्मीहरू क्षतिग्रस्त रेलका डब्बामा फसेका यात्रुको उद्धारमा जुटेका छन्।प्राप्त विवरणअनुसार, राजधानी म्याड्रिडबाट दक्षिणी सहर सेभिलतर्फ गइरहेको सरकारी रेल कम्पनी ‘रेनफे’को रेलले अगाडि रोकिएको निजी कम्पनी ‘इरियो’को रेललाई पछाडिबाट ठ'क्कर दिएको थियो। दुर्घ'टनामा रेलका केही डब्बा पटरीबाट खसेका छन् भने घट'नास्थलमा ठूलो क्षति पुगेको छ।दुर्घ'टना हुँदा रेनफेको रेलमा ३९७ जना र इरियोको रेलमा करिब १४७ जना यात्रु सवार रहेको बताइएको छ। ठ'क्कर पछि केही डब्बा रेलमार्ग बाट खसेर तलको भागमा पुगेका थिए। उद्धारकर्मीहरूले क्षतिग्रस्त डब्बाभित्र थप पीडित हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी राखेका छन्।स्पेनका अधिकारीहरूका अनुसार, मृत'कको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। दुर्घ'टनाको कारणबारे अनुसन्धान भइरहेको छ भने घट'नापछि म्याड्रिड र दक्षिणी स्पेन बीचको उच्च गतिको रेल सेवा प्रभावित भएको छ।यसैबीच, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले आफ्ना निर्धारित कार्यक्रम रद्द गर्दै दुर्घ'टनाप्रति दुःख व्यक्त गरेका छन्। उनले पीडित परिवार तथा दुर्घ'टना बाट प्रभावित सबैप्रति समवेदना प्रकट गरेका छन्।दुर्घ'टनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान अघि बढाइरहेका छन्। उद्धार कार्यसँगै घा'इतेहरूको उपचार र प्रभावित यात्रुहरूलाई सहयोग गर्ने काम समेत भइरहेको छ।

१३ दिन देखि सम्पर्कविहीन रहेका देवदह माविका कर्मचारी टीका बहादुर थापा रहेनन्।देवदह ।रूपन्देहीको देवदह नगरपालिका–७, मदनग्...
28/10/2026

१३ दिन देखि सम्पर्कविहीन रहेका देवदह माविका कर्मचारी टीका बहादुर थापा रहेनन्।

देवदह ।रूपन्देहीको देवदह नगरपालिका–७, मदनग्राम निवासी ६५ वर्षीय टीका बहादुर थापाको नि'धन भएको छ। देवदह माध्यमिक विद्यालयमा कर्मचारीका रूपमा कार्यरत रहनुभएका थापा १३ दिन देखि सम्पर्कविहीन हुनुहुन्थ्यो।थापा हराउनु भएपछि परिवार तथा आफन्तले उहाँको खोजी गरिरहेका थिए। उहाँ २०८३/०६/३० गते बिहीबार दिउँसो करिब १ बजे बर्दघाट जाने बसमा चढ्नुभएको सीसीटीभी फुटेज फेला परेको थियो। त्यसपछि उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको थिएन।१३ दिन देखि सम्पर्कविहीन रहनुभएका थापाको श'व देवघाट नजिकै फेला परेको थियो। उहाँको निध'नको खबरले परिवार, आफन्त तथा उहाँलाई चिन्नेहरूलाई स्तब्ध बनाएको छ।देवदह माध्यमिक विद्यालयमा लामो समय सम्म कार्यरत रहनुभएका थापा आफ्नो जिम्मेवारी प्रति प्रतिबद्ध हुनुहुन्थ्यो। उहाँको नि'धनले विद्यालय सँग आबद्ध व्यक्तिहरू तथा शुभ चिन्तकहरूमा समेत दुःख छाएको छ।दिवंगत टीका बहादुर थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।हार्दिक श्रद्धाञ्जली टीका बहादुर थापा ।

एनपीएलमा पोखरा एभेन्जर्सद्वारा सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य प्रस्तुत!नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेल...
28/10/2026

एनपीएलमा पोखरा एभेन्जर्सद्वारा सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य प्रस्तुत!

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्ससमक्ष जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। अब सुदूरपश्चिम रोयल्सले जितका लागि निर्धारित लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ।

गोरखाको आरुघाटमा कार्यरत इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित।गोरखा । गोरखाको आरुघाट स्थित इला...
28/10/2026

गोरखाको आरुघाटमा कार्यरत इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित।

गोरखा । गोरखाको आरुघाट स्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल श्रेष्ठ गण्डकी प्रदेशको असोज महिनाको सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन्।प्रदेश प्रहरी कार्यालय, पोखराले श्रेष्ठले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कन गर्दै उनलाई सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित गरेको जनाएको छ।अवैध हा'तहति'यार नियन्त्रण, ज'बरज'स्ती क'रणीको आरोपमा फ'रार रहेका व्यक्तिलाई पक्राउ, हिमाल आरोहणका क्रममा मृ'त्यु भएका विदेशी नागरिकको उद्धार तथा उईनगुलुङ खोला थुनिएर बूढीगण्डकी नदीमा आएको बाढी बारे समयमै पूर्वसूचना प्रवाह गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको हो।
श्रेष्ठलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपेन्द्र घर्ती क्षेत्रीले प्रशंसापत्र हस्तान्तरण गरेका हुन्।यसअघि भदौ महिनामा तनहुँको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक प्रदीप सुवेदी गण्डकी प्रदेशको सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका थिए।

मलेसियामा केही दिनदेखि सम्पर्कविहीन गोरखाका कुमार सिर्मल मृ'त फेला।गोरखा —वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहँदै आउ...
28/10/2026

मलेसियामा केही दिनदेखि सम्पर्कविहीन गोरखाका कुमार सिर्मल मृ'त फेला।

गोरखा —वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहँदै आउनुभएका गोरखाका कुमार सिर्मल मृ'त फेला पर्नुभएको छ। केही दिन देखि सम्पर्कविहीन रहनुभएका उहाँको नि'धन भएको दुःखद खबर प्राप्त भएको हो।परिवारको अनुरोधमा सार्वजनिक गरिएको खोजी सम्बन्धी सूचनाका आधारमा मलेसियामा रहेका नेपालीहरूको विशेष सहयोग बाट उहाँको नि'धन बारे जानकारी प्राप्त भएको जनाइएको छ।मलेसिया स्थित नेपाली राजदूतावास तथा त्यहाँ रहेका नेपाली साथीहरूको सहयोगमा परिवारले उहाँको शवको पहिचानसमेत गरिसकेको बताइएको छ।कुमार सिर्मलको नि'धनको खबरले परिवार, आफन्त तथा शुभेच्छुकहरू शोकमा डुबेका छन्। उहाँको नि'धनको कारण र घट'ना सम्बन्धी थप विवरण भने सार्वजनिक भएको छैन।यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ। भावपूर्ण श्रद्धाञ्जली, कुमार सिर्मल।

स्रोत: हाम्रो गोर्खा सन्देश

रगतको नाता नभए पनि आफ्नै बहिनीजस्तै साथ दिँदै सुमन र नम्रता, जापानमा विष्णुका लागि बने सहारा।जापान —परदेशमा परिवार बाट ट...
28/10/2026

रगतको नाता नभए पनि आफ्नै बहिनीजस्तै साथ दिँदै सुमन र नम्रता, जापानमा विष्णुका लागि बने सहारा।

जापान —परदेशमा परिवार बाट टाढा रहँदा बिरामी पर्नु र कठिन परिस्थितिको सामना गर्नु निकै पीडादायी हुन्छ। यस्तो अवस्थामा आफ्नोपनको महसुस गराउँदै दुःखमा साथ दिने व्यक्तिहरू नै परिवारजस्तै बन्न सक्छन्। जापानमा उपचाररत नेपाली चेली विष्णु कुँवरका लागि सुमन बानियाँ र नम्रता ढुंगाना यस्तै सहारा बनेका छन्।उपलब्ध विवरण अनुसार, काम गर्ने क्रममा अचानक बेहोस भएपछि विष्णुलाई अस्पताल लगिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा उनको म'स्तिष्कमा र'क्तस्राव भएको देखिए पछि श'ल्यक्रिया गरिएको थियो। लामो उपचार पछि उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ।उदयपुरका सुमन बानियाँले रगतको नाता नभए पनि विष्णुलाई आफ्नै बहिनीजस्तै माया, साथ र सहयोग दिँदै आएका छन्। त्यसैगरी, इटहरीकी नम्रता ढुंगानाले पनि विष्णुको उपचार तथा हेरचाहमा सहयोग गरिरहेकी छन्।परदेशमा स्वास्थ्य सम्बन्धी गम्भीर समस्या भोगिरहेकी विष्णुलाई आवश्यक सहयोग जुटाउने देखि हेरचाह सम्ममा उनीहरूले देखाएको आत्मीयता प्रशंसनीय छ। अहिले विष्णुलाई थप उपचारका लागि नेपाल फर्काउने तयारी भइरहेको बताइएको छ।र'गतको नाता हुँदैमा मात्र कोही आफ्नो हुँदैन। दुःखमा हात समाउने, अप्ठ्यारोमा साथ दिने र कठिन समयमा एक्लो महसुस हुन नदिने व्यक्तिहरू पनि आफ्नै परिवारजस्तै हुन्छन्। सुमन र नम्रताले देखाएको मानवीय सहयोगले परदेशमा पनि नेपालीबीचको आत्मीयता र एकताको महत्त्व झल्काएको छ।विष्णुको उपचार र हेरचाहमा साथ दिइरहेका सुमन, नम्रता तथा सहयोगमा जुट्ने सबैप्रति सम्मान व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरौँ।दुःखमा साथ दिने हात नै आफ्नोपनको साँचो पहिचान हो।

८३ वर्षीय लोक बहादुर क्षेत्री सिद्धबाबा सडकका खाल्डाखुल्डी आफैँ पुर्दै, भन्छन्– ‘मैले धर्म कमाएको छु'।बुटवल ।बुटवल–पाल्प...
28/10/2026

८३ वर्षीय लोक बहादुर क्षेत्री सिद्धबाबा सडकका खाल्डाखुल्डी आफैँ पुर्दै, भन्छन्– ‘मैले धर्म कमाएको छु'।

बुटवल ।बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा सडकका खाल्डाखुल्डी पुर्दै आएका ८३ वर्षीय लोक बहादुर क्षेत्री उदाहरणीय काम गर्दै आएका छन्।बुटवलको गोलपार्क स्थित घर बाट सिद्धबाबा दर्शनका लागि आउने क्रममा सडकमा खाल्डाखुल्डी देखेपछि उनले आफैँ पुर्ने गरेका हुन्। सडकका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको र दुर्घ'टनाको जोखिम बढ्न सक्ने देखेपछि आफूले सक्दो सहयोग गर्दै आएको उनी बताउँछन्।लोक बहादुरका अनुसार उनी पहिले दोभान सम्मकै सडकमा रहेका ठूला–ठूला खाल्डाखुल्डी पुर्दै हिँड्थे। अहिले पनि बाटोमा खाल्डाखुल्डी देखे पछि त्यसलाई पुर्ने गरेको उनी बताउँछन्।‘मैले धर्म कमाएको छु,’ उनी भन्छन्। औषधि लिन जानुपर्दा मात्रै पनि आफू यस बाटोमा आउजाउ गर्ने गरेको बताउँदै उनले बाटोमा खाल्डाखुल्डी देखेपछि त्यसलाई पुर्ने गरेको सुनाउँछन्।८३ वर्षको उमेरमा समेत यात्रुको सहजता र सुरक्षालाई ध्यान दिँदै उनले गर्दै आएको यो काम प्रशंसनीय छ। सडकको नियमित मर्मत सम्भार सम्बन्धित निकायको जिम्मेवारी भए पनि लोक बहादुरको सेवाभावले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।सडकका खाल्डाखुल्डी पुर्दै समाजसेवामा जुटेका ८३ वर्षीय लोकबहादुर क्षेत्रीको यो प्रयास साँच्चै प्रेरणादायी छ। उहाँ प्रति सम्मान।

नेपाल प्रहरीको जागिर त्यागेर विदेशिए सल्यानका विमल, भने– ‘परिवारको भविष्य सुन्दर बनाउने सपना छ’।सल्यान ।नेपाल प्रहरीका ज...
28/10/2026

नेपाल प्रहरीको जागिर त्यागेर विदेशिए सल्यानका विमल, भने– ‘परिवारको भविष्य सुन्दर बनाउने सपना छ’।

सल्यान ।नेपाल प्रहरीका जवान विमल बुढाथोकीले प्रहरी सेवाबाट राजीनामा दिएर वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।सल्यानका बुढाथोकीले प्रहरी सेवा बाट राजीनामा दिएपछि विदेश प्रस्थान गरेको तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन्। दसैँको रमाइलो मनाएपछि उनी परिवारको सुन्दर भविष्य निर्माण गर्ने सपना बोकेर परदेश लागेका हुन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ हुँदै गरेको तस्बिर सार्वजनिक गर्दै उनले परिवारको साथ छाडेर विदेशिनुपर्दाको भावुक सन्देशसमेत लेखेका छन्।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नो खुसी, रहर र परिवारको साथ छोडेर हिँडेको छु। गन्तव्य टाढा छ, बाटो कठिन छ, तर सपना एउटै छ– परिवारको भविष्य सुन्दर बनाउने।’प्रहरी सेवाको जागिर छाडेर विदेशिएका बुढाथोकीले आफूले जागिर छाडे पनि अरूलाई भने जागिर नछाड्न अनुरोध गरेका छन्।दसैँको खुसीयालीपछि परिवारको भविष्यका लागि परदेशिनुपर्दा आफन्तको साथ र आफ्ना रहरहरू पछाडि छाड्नुपर्ने बाध्यता धेरै नेपालीको साझा कथा बनेको छ। विमलको यो यात्राले पनि परिवारको सुख र उज्ज्वल भविष्यका लागि विदेशिने नेपालीहरूको वास्तविकता झल्काएको छ।परिवारको भविष्य सुन्दर बनाउने सपना बोकेर परदेश लागेका विमललाई सुरक्षित यात्रा र सफलताको शुभकामना।

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न प्रधानमन्त्री बालेन सँग गोकुल बाँस्कोटाको माग।काठमाडौं ।नेकपा एमालेका नेता ...
28/10/2026

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न प्रधानमन्त्री बालेन सँग गोकुल बाँस्कोटाको माग।

काठमाडौं ।नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पद बाट बर्खास्त गर्न प्रधानमन्त्री बालेन्द्र शाह सँग माग गरेका छन्।भारतमा दिएको अभिव्यक्तिलाई लिएर अर्थमन्त्री वाग्लेको आलोचना गर्दै आएका बाँस्कोटाले बुधबार सामाजिक सञ्जालमार्फत उनलाई ‘नव लेन्डुप’को संज्ञा दिएका हुन्।बाँस्कोटाले अर्थमन्त्री वाग्लेको नाम उल्लेख नगरी प्रधानमन्त्री शाहलाई उनलाई पदबाट हटाउन आग्रह गरेका छन्। उनले पृथ्वीनारायण शाहको परराष्ट्र नीतिसम्बन्धी विचार उद्धृत गर्दै वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।‘न राष्ट्रसंघ, न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग,’ बाँस्कोटाले लेखेका छन्, ‘तर पृथ्वीनारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक–जाई कटक र दुई ढुंगाको तरुलको सूत्रमा बाँधेका थिए। अहिले बेपर्वाह नव लेन्डुप उफ्रने? किक आउट हिम, पिएम!’राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका अर्थमन्त्री वाग्लेले कात्तिक ६ गते भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग समाप्त भएको बताएका थिए।
वाग्लेको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न व्यक्तिले आलोचना गर्दै आएका छन्। एमाले नेता बाँस्कोटाले पनि सोही विषयमा असन्तुष्टि जनाउँदै अर्थमन्त्रीलाई पदबाट हटाउन प्रधानमन्त्री सँग माग गरेका हुन्।

Address

Abu Dhabi

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Express News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Lumbini Express News:

Shortcuts

Share