10/11/2026
🌺 आज घटस्थापना • नवरात्रिको शुभारम्भ!
🙏 घटस्थापनाको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूलाई हार्दिक मंगलमय शुभकामना!
आज, अक्टोबर ११ देखि नेपाली कम्युनिटी सेन्टरमा नवदुर्गा देवी पूजा, आरती तथा जमरा रोपण कार्यक्रम शुभारम्भ हुँदैछ।
आउनुहोस्, परिवारसहित सहभागी भई हाम्रो धर्म, संस्कृति र परम्परालाई सँगै जोगाऔं र भावी पुस्तासम्म पुर्याऔं। ❤️🇳🇵
🌺 पूजा तथा आरती कार्यक्रम
🌱 आज, अक्टोबर ११ — घटस्थापना
विशेष दुर्गा पूजा, आरती तथा जमरा रोपण
🪔 अक्टोबर ११–२०
बिहान ९ बजे–१२ बजे: दैनिक दुर्गा पूजा तथा आरती
🙏 सन्ध्याकालीन आरती
साँझ ६ बजे–७ बजे
🌱 जमरा सम्बन्धी जानकारी
स्वयं जमरा राख्न सकिनेछ। जमरा प्राप्त गर्न इच्छुक भक्तजनहरूले अग्रिम नाम दर्ता गर्न सक्नुहुनेछ।
🌼 अक्टोबर २१ — विजयादशमी
जमरा वितरण: बिहान ८ बजे–१२ बजे
📍 Nepali Community Center
369 Chesley Ave, Richmond, CA 94801
❤️ सम्पूर्ण भक्तजन, परिवारजन तथा समुदायका सबै महानुभावहरूलाई सपरिवार हार्दिक निमन्त्रणा!
🙏 माता दुर्गाको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सद्भाव छाओस्। जय माता दुर्गा! 🌺
🇳🇵 हाम्रो संस्कृति • हाम्रो पहिचान • हाम्रो एकता