09/16/2026
👶 आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबी बिदाको प्रस्ताव
नवजात शिशुको हेरचाहमा अभिभावक दुवैको भूमिका बढाउने उद्देश्यसहित सरकारले प्रसूति तथा स्याहार बिदासम्बन्धी कानुनी व्यवस्था परिवर्तन गर्ने तयारी गरेको छ।
प्रस्तावित संशोधनमा आमाका लागि कम्तीमा ६ महिनाको तलबसहितको प्रसूति बिदा र बुबाका लागि ४२ दिनसम्मको तलबसहितको प्रसूति स्याहार बिदा राख्ने व्यवस्था प्रस्ताव गरिएको बताइएको छ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयार भएको र त्यसलाई आवश्यक प्रक्रिया पूरा गरी संसद्मा लैजाने तयारी रहेको जनाइएको छ। स्वास्थ्य मन्त्रालयले पनि यस ऐन संशोधनसम्बन्धी विधेयकको मस्यौदामा राय/परामर्श मागेको आधिकारिक सूचना प्रकाशित गरेको छ।
हाल प्रचलित श्रम ऐनअनुसार पुरुष श्रमिकले श्रीमती सुत्केरी हुँदा १५ दिन पारिश्रमिकसहितको प्रसूति स्याहार बिदा पाउने व्यवस्था छ।
यदि प्रस्तावित व्यवस्था कानुनका रूपमा पारित भएमा, नवजात शिशुको हेरचाहमा आमासँगै बुबाको समय र जिम्मेवारीलाई समेत कानुनी रूपमा थप समेट्ने परिवर्तन हुनेछ।
#प्रसूति_बिदा #मातृत्व #पितृत्व #नेपाल #समाचार