10/03/2026
चाडपर्वमा यस्ता अपराध गरे सिधै जेल: बालेन शाह नेतृत्वको सरकारको कडा तयारी, उपत्यकामा मात्रै ३,५०० भन्दा बढी प्रहरी परिचालन, भुलेर पनि नगर्नुहाेस यि ५ गल्ती
काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गरी सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ। चाडपर्वको मौका छोपेर राजधानीमा आपराधिक गतिविधि, लुटपाट र ठगी गर्नेहरूलाई कडा कानुनी दायरामा ल्याउँदै सिधै जेल पुर्याउने रणनीतिसहित बालेन शाह नेतृत्वको सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको विशेष सुरक्षा योजनाअनुसार काठमाडौं जिल्लामा मात्रै ३ हजार ५०६ जना सुरक्षाकर्मी फिल्डमा खटाइँदै छन्। प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार सादा पोशाक तथा बर्दीसहितका प्रहरीलाई २२ प्रकारका संवेदनशील ड्युटीहरूमा तैनाथ गरिएको छ। संवेदनशीलता र आवश्यकता अनुसार थप फौज समेत परिचालन गरिनेछ।
उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरूमा तालिमप्राप्त कुकुरसहित २४ सै घण्टा चेकजाँच र सीसीटीभीमार्फत कडा निगरानी सुरु गरिएको छ।
चाडपर्वमा भुलेर पनि गर्न नहुने कामहरू:
जुवातास, कौडा वा अनलाइन सट्टेबाजी: चाडबाडको बहानामा घर, होटल वा फार्महाउसमा जुवातास खेल्ने वा खेलाउने कार्य कानुनतः दण्डनीय छ। यस्ता गतिविधिमा संलग्न जो-कोहीलाई तत्काल पक्राउ गरी मुद्दा चलाइनेछ।
भीडभाडमा पाकेटमारी र झोला तान्ने प्रयास: बजार, बसपार्क र सपिङ मलमा सादा पोशाकका प्रहरी तैनाथ छन्। चोरी वा दुर्व्यवहार गरेको भेटिएमा कडा कारबाही हुनेछ।
मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने: चाडपर्वमा मापसे चेकिङ दिनरात तीव्र पारिने भएकाले रक्सी वा लागूऔषध सेवन गरेर सवारी चलाउन पूर्ण प्रतिबन्ध छ।
पटाका, आतिशबाजीको ओसारपसार र प्रयोग: तिहारलगायत पर्वमा भुइँचम्पा, पटाका तथा विष्फोटक पदार्थ बिक्री-वितरण र प्रयोगमा पूर्ण रोक लगाइएको छ।
कालोबजारी र टिकटमा ठगी: चाडपर्वमा यात्रुसँग बढी भाडा असुल्ने, नक्कली टिकट काट्ने वा उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरे कडा कारबाही हुनेछ।
नागरिकहरूलाई पनि चाडपर्वमा घर छाडेर जाँदा छिमेकी वा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन र बहुमूल्य वस्तुको सुरक्षामा ध्यान दिन प्रहरीले अनुरोध गरेको छ। शेर गर्नुस।
जुनतारा खबर | आवाज विहीनहरूको आवाज