Sweet Nepal

Sweet Nepal Sweet Nepal

सिरहामा SEE र कक्षा १२ को परीक्षाका बेला विभिन्न परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएका ४९६ वटा मोबाइल र ५ वटा smart watc...
06/05/2026

सिरहामा SEE र कक्षा १२ को परीक्षाका बेला विभिन्न परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएका ४९६ वटा मोबाइल र ५ वटा smart watch पानीमा हालेर न'ष्ट गरिएको छ। 😳

आज बिहानै गढीमाई माताको पावन दर्शन! 🙏✨यो फोटो देख्ने बित्तिकै एउटा लाइक र कमेन्टमा 'जय गढीमाई' लेखेर मात्र अघि बढ्नुहोला...
06/05/2026

आज बिहानै गढीमाई माताको पावन दर्शन! 🙏✨
यो फोटो देख्ने बित्तिकै एउटा लाइक र कमेन्टमा 'जय गढीमाई' लेखेर मात्र अघि बढ्नुहोला। फुर्सद भए एक सेयर गरेर सबैलाई दर्शन गराउनुहोस्! 🌸

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछानेसँग जलविद्युत्, विमानस्थल, सीमा व्यवस्थापनलगायतका महत्वप...
06/05/2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछानेसँग जलविद्युत्, विमानस्थल, सीमा व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा विस्तृत छलफल गरेका छन्। छलफलका क्रममा उनले यी विषयलाई उच्च प्राथमिकतामा राखी निश्चित समयसीमासहित कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, आफू निकट भविष्यमै नेपाल भ्रमणमा आउने तयारीमा रहेको जानकारी पनि दिएका छन् ।

शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै चितवन, जेठ २० भरतपुरको सप्तगण्डकी ब...
06/04/2026

शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै

चितवन, जेठ २०

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा ‘दिगो भविष्यका लागि उच्च शिक्षामा नविन तथा रूपान्तरणकारी अभ्यास’ विषयक र्राष्ट्रिय सम्मेलन गरिने भएको छ ।

उच्च शिक्षामा दिगोपना, रूपान्तरणकारी शिक्षण पद्धति, दिगो व्यवस्थापन, सामाजिक न्याय तथा प्रविधिमैत्री नवप्रवर्तनका विषयमा बहुआयामिक विमर्श गर्ने उद्देश्यले क्याम्पसले सम्मेलन आयोजना गर्न लागेको हो ।
जेठ २२ गते सुरु भएर २४ गते सकिनेसम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ । सम्मेलनको संयोजक तथा सप्तगण्डकी रिसर्च म्यानेजमेन्ट सेलका संयोजक प्राध्यापक डा कपिलदेव सुवेदीले सम्मेलनको मूल उद्देश्य दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नविन अभ्यासहरूका विषयमा विद्वान्, अभ्यासकर्ता अनुसन्धानकर्ता तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानका निष्कर्षहरूको आदान–प्रदान गराउनु रहेको बताउनु भयो ।
सम्मेलनमा रुपान्तरणकारी शिक्षा, जलवायु र वातावरण, शिक्षण विधिमा प्रविधिको प्रयोग, समानता, समावेशिता र सामाजिक न्याय, दिर्घकालिन व्यवस्थापन र नेतृत्व विकास जस्ता पाँच विषयमा छलफल तथा अनुसन्धान प्रस्तुति हुनेछन् । सम्मेलनका संयोजक डा सुवेदीले सम्मेलनमा नेपालका पाँच विश्वविद्यालयका शिक्षाविद् तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने बताउनुभयो । सम्मेलनका लागि प्राप्त शोधसार मध्ये छनोट गरिएका ५८ वटा अनुसन्धान कार्यहरू १० वटा प्राविधिक सत्रमार्फत प्रस्तुत गरिने क्याम्पसले जनाएको छ । सम्मेलनमा छ वटा प्रमुख वक्तव्य तथा पूर्णसत्र सञ्चालन गरिनेछन् । पूर्णसत्रमा प्रा. डा. महानन्द चालिसे, प्रा. डा. विद्यनाथ कोइराला, प्रा. डा. गजेन्द्र शर्मा, डा. रमेशराज पन्त, डा खगेन्द्र प्रसाइ तथा डा. विनोदप्रसाद पन्त लगायतका ख्यातिप्राप्त शिक्षाविद् तथा अनुसन्धानकर्ताहरूले उच्च शिक्षा, अनुसन्धान, नवप्रवर्तन र दिगो विकाससम्बन्धी समसामयिक विषयमा आफ्ना विचार प्रस्तुत गर्नुहुनेछ।
यस सम्मेलनका प्रमुख आकर्षणहरूमा विज्ञ वक्तव्य, आमन्त्रित प्रवचन, प्यानल छलफल, शोधपत्र प्रस्तुति, व्यवहारिक कार्यशाला तथा पोस्टर प्रस्तुति रहेका छन् । सम्मेलनले उच्च शिक्षामा अनुसन्धान संस्कृति प्रवद्र्धन, शैक्षिक नवप्रवर्तनको बिस्तार तथा अन्तरसंस्थागत सहकार्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । उक्त सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग नेपालले आर्थिक सहयोग प्रदान गरेको छ । साथै भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ तथा मौलाकालि केबलकार लिमिटेडले सम्मेलनको सहकार्य तथा सहयोगी संस्थाका रूपमा योगदान पु¥याएका छन् । सम्मेलन आयोजक सप्तगण्डकी बहुमुखी क्याम्पसले सम्बन्धित सबै शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाहरूलाई सम्मेलनमा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ ।

06/04/2026

अक्सफोर्ड कलेजको गाडीले भरतपुर १६ विजय नगरमा ठ क्कर दिँदा एकजनाको घटना स्थलमै मृ त्यु भएको छ।

06/04/2026

गैँडाकोट–७ का स्थानीयवासी धुलो, प्रदूषण र टिप्परको निरन्तर आवतजावतबाट आजित भएका छन्। पटक–पटक गुनासो गर्दा पनि समस्या समाधान नभएपछि सडक अवरुद्ध गरेर ध्यानाकर्षण गराइएको छ। सम्बन्धित निकायले तत्काल दीर्घकालीन समाधान खोजोस्।

फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३–२४ मा भरतपुरमाचितवन, जेठ ३ — फेन्सी तथा कपडा व्यवसायीहरूको राष्ट्रिय संगठन ‘फ...
06/03/2026

फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३–२४ मा भरतपुरमा

चितवन, जेठ ३ — फेन्सी तथा कपडा व्यवसायीहरूको राष्ट्रिय संगठन ‘फेन्सी व्यवसायी महासंघ नेपाल’ निर्माणका लागि जेठ २३ र २४ गते भरतपुरस्थित दियालो फुडल्याण्डमा राष्ट्रिय भेला आयोजना हुने भएको छ।

फेन्सी व्यवसायी संघ चितवनको नेतृत्वमा आयोजना हुने भेलामा देशभरका व्यवसायीहरूको सहभागिता रहने जनाइएको छ। आर्थिक मन्दी, घट्दो व्यापार, करको भार तथा अनलाइन व्यापारका चुनौतीबीच व्यवसायीहरूको हकहित संरक्षण र राष्ट्रिय एकता सुदृढ गर्ने उद्देश्यले महासंघ गठन गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न हुने बताइएको छ। आयोजकका अनुसार महासंघले व्यवसायीहरूको साझा आवाजलाई सशक्त बनाउँदै नीतिगत समस्याको समाधानका लागि पहल गर्नेछ।

कालीगण्डकी नदीमा बेपत्ता भएका युवकको श! व फेलादेवघाट ।
06/03/2026

कालीगण्डकी नदीमा बेपत्ता भएका युवकको श! व फेला
देवघाट ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता ...
06/03/2026

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले नेपाल-भारत सीमाको करिब ९८% हिस्सा निर्धारण भइसकेको र बाँकी विवादित क्षेत्रहरू दुईपक्षीय संयन्त्रमार्फत समाधान गरिने बताएका छन्। उनले सीमा सम्बन्धी विषयमा तेस्रो पक्षको कुनै भूमिका नरहेको पनि बताएका छन् ।

पाथीभरा आमाले, सबैको रक्षा गरून् । आजको दिन सोचेका र चिताएका सबै कामहरू पूरा हुन् । जय पाथीभरा माता । शुभ बिहानी तथा नमस...
06/03/2026

पाथीभरा आमाले, सबैको रक्षा गरून् । आजको दिन सोचेका र चिताएका सबै कामहरू पूरा हुन् । जय पाथीभरा माता । शुभ बिहानी तथा नमस्कार 🙏

Address

Bharatpur/7
Farmingdale, NY
44200

Telephone

+9779867642756

Website

Alerts

Be the first to know and let us send you an email when Sweet Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sweet Nepal:

Share