The SDP Times

The SDP Times Shaping the Global Village

चलचित्र पनि हेरौँ र सँगसँगै देशका लागि केही गरौँ। 🇳🇵❤️धन्यवाद।
30/08/2026

चलचित्र पनि हेरौँ र सँगसँगै देशका लागि केही गरौँ। 🇳🇵❤️

धन्यवाद।

सम्पूर्ण अमेरिका निवासी नेपाली चलचित्रप्रेमी दर्शक महानुभावहरूमा हार्दिक अनुरोध 🙏

नेपालमा सर्वत्र उत्कृष्ट प्रतिक्रिया र प्रशंसा बटुलिरहेको नेपाली चलचित्र ‘पार्वती’ आगामी सेप्टेम्बर ११ देखि अमेरिकाभर प्रदर्शन हुँदैछ।

यस चलचित्रको अमेरिका प्रदर्शनबाट प्राप्त आम्दानीको केही प्रतिशत रकम नेपालमा आएको महाविपत्तिबाट प्रभावित तथा बाढीपहिरो पीडितहरूको राहतका लागि सहयोग गर्ने हाम्रो प्रतिबद्धता रहेको छ। 🇳🇵

अर्थात्, तपाईंले चलचित्र हेर्न खर्च गर्नुभएको रकमको एउटा सानो अंश पनि देशका पीडित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगमा जानेछ।

त्यसैले, सेप्टेम्बर ११ देखि प्रदर्शन हुने ‘पार्वती’ चलचित्र हेरेर हामीलाई साथ दिनुहोस् र विपद् पीडित नेपालीहरूलाई सहयोगको हात बढाउनुहोस्। 🙏

चलचित्र पनि हेरौँ र सँगसँगै देशका लागि केही गरौँ। 🇳🇵❤️

धन्यवाद।

Maya Digital USA & Neeta Films
_________________

A heartfelt appeal to all Nepali movie lovers across the United States 🙏

The highly acclaimed Nepali film “Parvati,” which has been receiving tremendous appreciation and positive response across Nepal, is coming to theaters across the United States starting September 11.

As part of our commitment to our homeland, a portion of the proceeds from the U.S. release of the film will be donated toward relief efforts for those affected by the recent devastating floods and disasters in Nepal. 🇳🇵❤️

That means a small portion of the money you spend to watch this film will also go toward helping fellow Nepalis affected by this tragedy.

So, when “Parvati” arrives in theaters across America on September 11, we encourage you to watch the film, support Nepali cinema, and extend a helping hand to those in need back home.

Watch a Nepali film. Support Nepali cinema. And together, let’s do something meaningful for Nepal. 🇳🇵❤️

Thank you for your support.

Maya Digital USA & Neeta Films
Parvati Nepali Film Harihar Adhikari Suresh Darpan Pokharel The SDP Times

27/08/2026
🇳🇵 OFFICIAL DONATION UPDATEThe official Government of Nepal donation gateway is now LIVE for international donors, and b...
27/08/2026

🇳🇵 OFFICIAL DONATION UPDATE

The official Government of Nepal donation gateway is now LIVE for international donors, and bank cards are accepted.

🔗 https://pmdrf.nchl.com.np/

Previously, many individuals and organizations started separate fundraisers because there was no easy payment option from abroad. That issue has now been resolved.

✅ Nepali bank account: Donate by scanning the official QR code.
✅ Outside Nepal: Donate directly using your bank card.

Please consider using the official channel whenever possible and share this information with others. 🙏🇳🇵

27/08/2026

राहत सहयोग अभियान
मातृभूमि नेपालका रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत आसपासका जिल्लामा आएको बाढी तथा पहिरोले पुर्‍याएको अपार मानवीय तथा भौतिक क्षतिले हामी सबै नेपालीको मन स्तब्ध र दुःखी बनाएको छ। यस पीडाको घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र सहयोगको हात बढाउन ‘नेपाली समाज टेक्ससको संयोजनमा सम्पूर्ण संघ–संस्थासँग समन्वय गरी आपत्कालीन सहयोग अभियान सुरु गरिएको छ।

विदेशमा रहे तापनि मातृभूमिको दुःखमा हामी टाढा छैनौँ। यहाँको सानो सहयोग पनि विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनीका लागि ठूलो आशा बन्न सक्छ। त्यसैले, आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरी यस मानवीय अभियानमा सहभागी भइदिनुहुन सम्पूर्ण नेपाली समुदाय तथा सहयोगी मनहरूमा ‘नेपाली समाज टेक्सस’ परिवार हार्दिक अपील गर्दछौँ।

नेपाली समाज टेक्सस कार्यसमितिको निर्णयअनुसार यस GoFundMe र Zelle अभियानमार्फत सङ्कलन हुने सम्पूर्ण रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिनेछ। यस अभियानको उद्देश्य पारदर्शी र सामूहिक रूपमा सहयोग सङ्कलन गरी विपद्बाट प्रभावित नेपालीहरूको राहत तथा पुनर्स्थापनामा योगदान पुर्‍याउनु हो।

नेपाली समाज टेक्सस (NST) परिवार

https://gofund.me/79335fd9f

26/08/2026

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।उक्त बाढीका कारण...
26/08/2026

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

22/08/2026

Address

Chittagong Division

Alerts

Be the first to know and let us send you an email when The SDP Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to The SDP Times:

Shortcuts

Share