14/08/2026
गृहमन्त्री सुधन गुरूङले सार्वजनिक लेखा समितिमा गृह सचिव र आइजिपीमाथि भएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। उनले उजुरीकै भरमा न्यायाधीश बन्न र आरोपका नाममा चरित्रहत्या गर्न नमिल्ने बताएका छन्।
यतिबेला लेखा समितिमा रास्वपा सांसद खगेन्द्र सुनारले गृहसचिव र आइजिपीमाथि गरेको व्यवहारलाई लिएर आलोचना भइरहेको छ।