07/09/2026
कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘विकासको गोरेटो, प्रकृतिको ओत’ शीर्षकको सत्रमा कर्णालीको विकास, प्राकृतिक स्रोत तथा वातावरणसँगको सम्बन्ध र दिगो विकासका सम्भावनाबारे छलफल गरिएको थियो।
सत्रको सहजीकरण पत्रकार ज्योति कटुवालले गर्नुभएको थियो भने छलफलमा प्रतिनिधिसभा सदस्य केपी खनाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका तत्कालिन सदस्य–सचिव डा. नरेश सुवेदी, कर्णाली प्रदेश सरकारका सिनियर डिभिजनल इन्जिनियर रूपक रावल र मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पवन थापा वक्ताको रुपमा रहनुभएको थियो।
छलफलमा विकासलाई केवल भौतिक पूर्वाधार निर्माणका रूपमा नभइ नागरिकको जीवनमा आउने सकारात्मक परिवर्तनका रूपमा बुझ्नुपर्ने तथा कर्णालीको प्राकृतिक स्रोत, भूगोल र वातावरणलाई संरक्षण गर्दै विकासको बाटो अघि बढाउनुपर्ने विषयमा वक्ताहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो।
Hriti Foundation ले २०८२ चैत्र २८ देखि ३० गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको सातौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन्।
कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘विकासको गोरेटो, प्रकृतिको ओत’ शीर्षकको सत्रमा कर्णालीको विकास, प्राकृत...