21/08/2024
पानी परेर भईराछ चिसो
कता छौ तिमी आज
जिब्रो देखी शरिर सबै
तताउथ्यौ हरेक बिहान र साझ
मिठो गुलियो हुन्छौ
जब मेरो जीब्रोलाई छुन्छौ
धेरै पटक ग्याष्टीक हुन्छ
भन्ने पनी सुन्छौ
तर पनि म तिमीलाई नै खोज्छु
तर पनि म तिमीलाई नै रोज्छु
ए मेरो तातो दुधको चिया
ए मेरो तातो दुधको चिया