06/05/2026
नितेश,�आज धेरै समयसम्म मन बुझाउँदै बसेँ—“नबोल, नलेख, अझै केही समय चुप बस”—तर अब यो भावना मनभित्र थामिन सकेन। त्यसैले आज, हिम्मत बटुलेर, यो सत्य तिमीसमक्ष राख्दैछु।
तिमीले नदेखे जस्तै लागे पनि, म धेरै दिनदेखि तिमीलाई मन पराइरहेकी छु। तिम्रो मुस्कानले एकाएक मेरो दिन उज्यालो बनाइदिन्छ। तिमी हाँस्दा आँखामा झल्किने त्यो चमक… सचिनै भन्नुपर्दा, त्यसले मलाई भित्रैभित्र कताकता छुन जान्छ।
तिमी तेस्रो ब्याचका फुटबल खेलाडी — मैदानमा देखिने तिम्रो जोश, तिम्रो आत्मविश्वास, र तिमी खेल्दा आउने त्यो ऊर्जा — ती सबैले मलाई अनायासै तिमीप्रति तानिरहन्छ। रोनाल्डोप्रतिको तिम्रो प्रेम सुन्दा पनि, तिम्रो उत्साह अनि तिम्रो व्यक्तित्व अझ स्पष्ट र खास भएर देखिन्छ।
अहिले तिमी पसल नजिक बस्छौ भन्ने थाहा पाएपछि, त्यो बाटो हिड्दा–हिड्दै अनायासै आँखा तिम्रो खोजीमा लागिहाल्छ। भीडभाड भएको ठाउँमा तिमीलाई देख्न मुस्किल भए पनि, मेरो नजर हरेक जमघटमा तिमीलाई नै खोजिरहेकै हुन्छ।
चाहेर पनि धेरै समयसम्म मैले यो भावना मनमै राखें—“सायद भन्दिनु नै ठीक होला” भनेर आफैँलाई कयौं पटक सम्झाएँ। तर आज… आज मनले मानेन।�साँचो कुरा के भने—�म तिमीप्रति बिस्तारै होइन, गहिरिँदै गएको प्रेम महसुस गरिरहेकी छु।
शायद तिमी अरूकै भएर होला तिमीले यसरी कहिल्यै महसुस नगरेको हुन सक्छ, शायद यो सब तिमीका लागि अनौठो लाग्ला। तर आज भने सत्य लुकाउन सकिनँ।
नितेश, म तिमीलाई मन पराउँछु—हृदयले, नअल्झी, नझुठो।
सधैं चुपचाप तिमीलाई नियाली बसेकी,�उहि तिमीलाई माया गर्र्ने बर्दिबास होस्टेलकी ……