घान्द्रुक पाल्चैं पच्यु ग्रुप

  • Home
  • Nepal
  • Pokhara
  • घान्द्रुक पाल्चैं पच्यु ग्रुप

घान्द्रुक पाल्चैं पच्यु ग्रुप Tamu Prist Pachyu cultural group. He is following the tradition of his ancestors. Samanism is Pachyu.

तमु जातिको पहिचानयुक्ता क्होइबोँ संरचना स्वरुप :क्हो भनेको आङ र बोँ भनेको बोंन धर्म (प्राकृतिक) त्यसैले तमु जाती परापुर्...
02/07/2026

तमु जातिको पहिचानयुक्ता क्होइबोँ संरचना स्वरुप :

क्हो भनेको आङ र बोँ भनेको बोंन धर्म (प्राकृतिक) त्यसैले तमु जाती परापुर्वकालदेखी बोंन या प्राकृतिक मान्दै आएको छ । त्यसैले यो धर्तिमा प्राकृतिकलाई मान्ने जाती भनेर पनि चिन्ने गरिन्छ । यो धर्तिमा जन्मेको मानवहरु सबै प्राकृतिकले नै बाँचेको छ तर पनि सबैले प्राकृतिकलाई खासै मानेको पाइदैन तर त्यसैमा निहित छ । जति पनि प्राण भएको नभएको सबै प्राणी यही प्राकृतिक बिना एकपल पनि आछुत रहन सक्दैन तर पनि प्राकृतिकलाई यी धर्तिका मानवहरुले प्रतिस्पर्धा गरिरहेको छ ।

तमु जातिको पहिचान र अस्तित्व बोकेको क्होइबोँ बनाउदा निम्न कुरामा ध्यान दिन जरुरी छ । क्होइबोँ निर्माण गर्दा उल्लेखित संरचनामा रहेर गरिएमा बास्तबिकता क्होइबोँ हुनेछ । यदी यी कुराहरुलाइ ध्यानमा राखिएन भने क्होइबोँको अर्थ नलाग्न पनि सक्दछ । त्यसैले तल उल्लेखित कुरालाइ ध्यानमा राखेर मात्र क्होइबोँ बनाउन तमु जातिको मौलिकतालाइ झल्काउने छ । त्यसैले कहिँ कतै क्होइबोँ बनाउदै हुनुहुन्छ भने र त्यसको लागी परामर्शका साथै सहकार्य हुन जरुरी छ ।

क्होइबोँलाई पुर्णरुपता दिने ब्यक्तिहरुमा सलामका साथै तमु प्ये ल्हु संघ स्थापनाकालदेखी हालसम्म संस्थालाई सहयोग गर्ने सम्पुर्णमा नमन ।

🔹आधारभूत विवरण : कास्की याङजाकोट हाल पोखरा, बुढिबजार निवासी
पच्यु पैंडी चिवा श्री यारजङ क्रोम्छे तमु
🔹नमूना डिजाइन : कास्की घान्द्रुक हाल पोखरा, चाउथे निवासी
संस्कृतिबिद भोवर पाल्चैं तमु
🔹नक्शांकन : स्याङ्जा सिर्सेकोट मैदान हाल पोखरा, लेकसाइड निवासी
सिबिल इन्जिनियर स्व.लेखबहादुर ल्हों तमु

🔹माथी उल्लेखित ब्यक्ति तमु प्ये ल्हु संघको संस्थापाकहरु हुनु हुन्छ ।

🔹निकट जिज्ञासा : तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति

🔹क्होइबोँ बनाउदा यी संरचना कुरामा ध्यान दिन जरुरी छ :

1. बिचको मुल पिल्लर : क्ल्हे-स्वोँदी प्र्हे-स्वोँदी
2. तीन पाटे कैंदु : छ्योप-कैंदु
3. चार ढोका : चार मुल दिशा
(सिँ-पुर्व, ल्हि-दक्षिण, त-पश्चिम र खाँ-उत्तर)
4. चार छ्योप कैंदु : चार सहायक दिशा
(ख्वैँ-नैऋत्य खेँ-बायब्य, क्हि-इशान र स्वैं-आग्नेय)
5. चार छ्योप माथी बिचको सर्क्ह्याँ-कैंदु : एक शक्ति प्रतिक
6. सक्र्ह्याँ-कैंदु माथी सानो-सानो कैंदु - ९ खे प्रतिक
7. सक्र्ह्याँ कैंदु माथी ५ त्रिशुल चुच्चो : पन्चतत्व, पन्चशुल र उर्क्ह्याँ प्हैँवो ङ्ह (पन्चतत्व- काठ, आगो, फलाम, पानी र माटो)
8. क) मुल दिशा र सहायक दिशा (आठ पाट) : पार्ग प्रे
ख) भित्री बृत भित्रको आठ पिल्लर : पार्ग प्रे
9. पार्ग प्रेमा बिचको पिल्लर जोड्दा : मेउ कु
10. पार्ग प्रेको पिल्लरमा छ्योप भित्रको चार पिल्लर जोड्दा - १२ ल्हो (बर्ग)
13. छ्योप-कैंदुको डाडमा कलेजीको तीन धर्का :- क्ल्हे:स्वोंदी प्र्हे:स्वोंदी, आचि:खे आचि:माँ र सिल्दो नाल्दो

नोट : तमु जातिको क्होइबोँ (मन्दिर) बनाउनको लागि सुझाबका साथै इन्जिनियर परामर्श आवस्यकता परेमा हजुरहरुले सम्पर्क गर्न सक्नु हुनेछ ।

👏🙏💐गुरुपुर्णिमा हार्दिक शुभकामना💐🙏👏आज मिति २०८२ असर २६ गते, बिहीवारको परेको गुरुपुर्णिमाको दिनमा मेरो प्राण भन्दा प्यारो...
09/07/2025

👏🙏💐गुरुपुर्णिमा हार्दिक शुभकामना💐🙏👏

आज मिति २०८२ असर २६ गते, बिहीवारको परेको गुरुपुर्णिमाको दिनमा मेरो प्राण भन्दा प्यारो कर्म गुरु आदरणीय पच्यु/पैंडी/चिवा श्री पदम पाल्चैं तमुमा यो संधै उठेर अरुको सामु शिर पारेर हिड्ने शिरलाइ हजुरको पाउमा राखी सेवाढोग गरे गुरु हजुरको पाउमा राखे ।
आदरणीय गुरु हजुरको यसरी नै संधै पुज्न पाउ भनी दुइहात जोडि प्रार्थना गर्दै हजुरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सम्पुर्ण हजुरको चेलाहरु ।

21/06/2025

सादर निमन्त्रणा !!!
तमु प्ये ल्हु संघ क्षेत्री पौरे शाखाका खेगिज्यूहरुमा ।

तमु जातिको प्ये-ताँ ल्हु-ताँ नै तमुको अस्तित्व र पहिचान हो । त्यसैले यो अस्तित्व र पहिचानलाई जोगाइ रहेको भनेको पच्यु, क्ल्हेप्री, बोन्पोलम र पैंडी हो । त्यसैले यी ४ जान ब्यक्तिलाई हामिले पटकपटक भेला गर्दै आफ्नो बारेमा प्रवचन गर्न गराउन अतिनै महत्त्व देखि रहेकोले निम्न मिति, समय र स्थानमा हुन गैरहहेको तमु प्ये ल्हु संघ क्षेत्रीय पौरे शाखाको खेगि भेलामा यस भेगका खेगीज्यूलाइ उपस्थित भै समाजको कुरालाइ ध्यानमा राखी भबिष्यका सन्ततिको लागि अभिभावकत्व भुमिका निर्वाह गर्न हार्दिक अनुरोधका साथ सम्पुर्णमा उपस्थितको लागि हार्दिक अनुरोध गरिन्छ ।

खेगी भेला कार्यक्रम :
मिति -: २०८२ असार ८ देखि १० गतेसम्म
समय -: बिहान ११:०० बजे
स्थान -: तमु प्ये ल्हु संघ केन्द्रीय परिसरको खेगी प्रशिक्षण भवन
फ-लि-ना-क्होइबो, शक्तिघाट, रानिपौवा-११, पोखरा, कास्की

स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुमा नयाँ वर्ष २०८२ को अवसरमा तपाईं लगायत तपाइको परिवारमा सुख, शान्ति, समृद...
14/04/2025

स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुमा नयाँ वर्ष २०८२ को अवसरमा तपाईं लगायत तपाइको परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

घान्द्रुक पाल्चैं पच्यु परिवार

🙏💐 हार्दिक श्रद्धाञ्जली एवं समबेदना 💐🙏पुर्खौली थाकथलो कास्की जिल्ला अन्नपूर्ण गा.पा.वडा नं.११, उरि, घान्द्रुक घर भै हाल ...
05/02/2025

🙏💐 हार्दिक श्रद्धाञ्जली एवं समबेदना 💐🙏

पुर्खौली थाकथलो कास्की जिल्ला अन्नपूर्ण गा.पा.वडा नं.११, उरि, घान्द्रुक घर भै हाल पोखरा-१९, गैरिखोर, लामाचौर निवासी एवं प्ये-ताँ ल्हु-ताँ ज्ञाता, पाल्चै पच्यु परिवार पच्युहरुको छ्योंए निर्माण पहलकर्ता तथा समाजसेवी श्री मगम बहादुर पाल्चै तमुको मिति २०८१ माघ २३ गते, बुधबारको दिनमा असमायिक निधन भएको खबरले यस संस्थाको सम्पुर्ण परिवार स्तब्ध भएका छौँ । उहाँको दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै आची:खे आची:माँसंग लिन होस भनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

साथै यस दुःखद् घडिमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति क्ल्हे-स्वोंदी प्र्हे-स्वोंदी, आची-खे आची-माँँ र सिल्दो नाल्दोका साथै स्याए:ल्होए:न्होँए:च्होए:गुरु ह्रिमराक्ष्येले प्रदान गरून् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।

प्रार्थी :
घान्द्रुक पाल्चै पच्यु परिवार

🌹🙏💐गुरु पुर्णिामा शुभकामना💐🙏🌹आजको गुरुपुर्णिमाको दिनमा चेलाहरुद्वारा आदरणीय गुरुलाइ सम्मानका साथ सामुहिक तस्बिरको केही झ...
21/07/2024

🌹🙏💐गुरु पुर्णिामा शुभकामना💐🙏🌹

आजको गुरुपुर्णिमाको दिनमा चेलाहरुद्वारा आदरणीय गुरुलाइ सम्मानका साथ सामुहिक तस्बिरको केही झलक ।
कोहि कसैको पहिलो गुरु जन्मदाता बाबा आमा हुन भने त्यसपछिको दोश्रो गुरु भनेको कर्म दिने या शिक्षा दिने गुरुहरु हुन यहि फलस्वरूप कर्म गुरु ज्ञानको गुरु आदरणीय पच्यु पैँडी चिवा पदम पाल्चैँ तमुका चेलाहरुले गुरुपुर्णिमाको दिनमा सम्मान गरिएको थियो ।

Address

Pokhara
2042

Website

Alerts

Be the first to know and let us send you an email when घान्द्रुक पाल्चैं पच्यु ग्रुप posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share