31/01/2026
मुगु जिल्ला छायानाथ रारा नगरपालिका–७, बाद नजिक आज दिउँसो ३:३० बजे नेपालगन्जबाट सदरमुकाम गमगढी तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। बसको गियर बिग्रँदा बाटोमै पल्टिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा घाइते भएका ८ जनामध्ये अधिकांशको अवस्था सामान्य रहेको छ। उनीहरू यस प्रकार छन्:
मेल बहादुर नेपाली – हातको औला र टाउकोमा चोट, अवस्था सामान्य
पुष्पा कुमाल – हात र खुट्टामा चोट, अवस्था सामान्य
कल्सा कुमाल – ढाडमा चोट, अवस्था सामान्य
भैपुरा नेपाली – मुखमा चोट, अवस्था सामान्य
तिलक महत्तरा – टाउकोमा चोट, अवस्था सामान्य
रोहन महत्तरा – मुखमा चोट, अवस्था सामान्य
शिवराज सेजुवाल – हात र खुट्टामा चोट, अवस्था मध्यम
माया रोकाय – टाउकोमा चोट, अवस्था सामान्य
स्थानीय सुरक्षा टोली र प्रहरीको सहयोगमा घाइतेहरूलाई अस्पताल पुर्याइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी छ।