25/05/2026
SAKELA PHOTO CONTEST 2026 (Season 2)
संपूर्ण किरात राई समुदायको महान चाड साकेला उभौली-5086 (2083) को अवसरमा हार्दिक शुभ कामना ।
किरात राईहरूको महान चाड साकेला उभौली चाडलाई सामाजिक सञ्जालको माध्यम बाट पनि सभ्य र भव्य रुपले मनाउने उद्देश्यले हामीले "साकेला फोटो कन्टेस्ट - 5086" को आयोजना गरेका छौँ । यस प्रतियोगितामा संपूर्ण किराती दाजु-भाई तथा दिदी-बहिनीहरुले उत्साहपूर्ण सहभागि भएर थुप्रै नगद तथा आकर्शक पुरस्कारहरू जित्नको लागि सहभागि हुन आह्वान गर्दछौँ ।
प्रतियोगिताका शर्तहरु :
१. यस साकेला फोटो प्रतियोगीतामा सहभागी हुनको लागि आफ्नो नाम र ठेगाना सहित किराती भेष-भूषा लगाएर खिचिएको एकल वा जोडी (बढीमा दुई जनाको) फोटो WhatsApp वा Viber मार्फत +977-9852047717 मा पठाउनु पर्नेछ ।
२. सहभागीको फोटो प्राप्त भैसके पछि छनौटमा परेका फोटोहरु क्रमशः Coding गर्दै साङ्केन क्रियसन Sangken Creation को फेसबुक पेजमा अपलोड गरिनेछ र सहभागीलाई जानकारी गराईनेछ र तत्कालै Like (भोटिङ) पनि सुरु हुनेछ ।
३. अपलोड गरिएको फोटोमा Like (भोट) को आधारमा पहिलो, दोस्रो तथा सान्त्वना सँगै एक जोडी "नव विवाहित जोडी (BRIDAL PHOTO)" समेतलाई विजेता घोषित गरिनेछ ।
४. फोटोमा (Like) भोट दिँदा अनिवार्य Sangken Creation र Sajilo - Nepali Ride Sharing App को फेसबुक पेजलाई पनि Follow गरिएको हुनु पर्नेछ, अन्यथा Like (भोट) मान्य हुने छैन ।
५. सहभागीले आफ्नो फोटो जुनै पनि Page वा Group हरुमा Share गरेर भोट माग्न सक्नेछन् तर साङ्केन क्रियसनको पेजमा रहेको फोटोमा गरिएको Like (भोट) ले मात्रै आधिकारिक मान्यता पाउनेछ साथै Auto Like App प्रयोग गरेर गरिएको Like (भोट) लाई मान्यता दिइने छैन ।
६. फोटो प्राप्त भएको 24 घण्टा भित्र कोड नं. सहित पेजमा अपलोड हुनेछ र तत्कालै भोटिङ सुरु हुनेछ भने आगामी 2083 जेष्ठ 15 गते शुक्रवार राती 11:59 बजे सम्म आफ्नो फोटो पठाएर सहभागि हुन सक्नु हुनेछ भने 2083 जेष्ठ 22 गते शुक्रवार राती 11:59 बजे सम्मको भोटिङ खुल्ला रहनेछ ।
७. प्रतियोगीताको अन्तिम नतिजा आगामी 2083 जेष्ठ 23 गते शनिवार दिउँसो 3 बजे पुरस्कार वितरण कार्यक्रमका साथ घोषणा गरिनेछ । विजेता घोषणा कार्यक्रम Facebook Live मार्फत पनि प्रशारण गरिनेछ ।
९. विजेताहरूले निम्न बमोजिम पुरस्कारहरू प्राप्त गर्नेछन् :-
*पहिलो पुरस्कार :*(1 जनालाई)
- साङ्केन क्रियसनको तर्फ बाट रू. 25,000 बराबरको सपिङ भौचर (साङ्केन क्रियसनको काठ्माण्डौँ तथा बजनालाईाई साखामा मान्य हुनेछ ।)
- Hospitality Partner - ब्लू माउन्टेन रिसोर्ट (बोसोन, दक्षिणकाली) को तर्फ बाट 1 दिन/1 रातको प्याकेज (डिनर र ब्रेकफास्ट सहित) 2 जनालाई)
- Food Partner धराने सेकुवा कर्नर (अनामनगर, काठ्माण्डौं तथा खुमलटार, ललितपुर) को तर्फ बाट नेपाली खाना सेट) - 2 जनालाई ।
- Title Sponsor सजिलो नेपाली राइड शेयरिङ एप् को तर्फ बाट रू. 100 दरका 10 वटा डिस्काउन्ट भौचर ।
*दोस्रो पुरस्कार*: (1 जनालाई)
- साङ्केन क्रियसनको तर्फ बाट रू. 15,000 बराबरको सपिङ भौचर (साङ्केन क्रियसनको काठ्माण्डौँ तथा बिर्तामोड साखामा मान्य हुनेछ ।)
- Hospitality Partner - ब्लू माउन्टेन रिसोर्ट (बोसोन, दक्षिणकाली) को तर्फ बाट 1 दिन/1 रातको प्याकेज (डिनर र ब्रेकफास्ट सहित) - 1 जनालाई ।
- Food Partner धराने सेकुवा कर्नर (अनामनगर, काठ्माण्डौं तथा खुमलटार, ललितपुर) को तर्फ बाट नेपाली खाना सेट - 1 जनालाई ।
- Title Sponsor सजिलो नेपाली राइड शेयरिङ एप् को तर्फ बाट रू. 100 दरका 5 वटा डिस्काउन्ट भौचर ।
*तेस्रो/सान्त्वना पुरस्कार (3 जनालाई) :
- साङ्केन क्रियसनको तर्फ बाट रू. 5,000-5000 बराबरको सपिङ भौचर (साङ्केन क्रियसनको काठ्माण्डौँ तथा बिर्तामोड साखामा मान्य हुनेछ
- Hospitality Partner - ब्लू माउन्टेन रिसोर्ट (बोसोन, दक्षिणकाली) को तर्फ बाट 1 दिन/1 रातको प्याकेज (डिनर र ब्रेकफास्ट सहित) - 1-1 जनालाई ।
- Food Partner धराने सेकुवा कर्नर (अनामनगर, काठ्माण्डौं तथा खुमलटार, ललितपुर) को तर्फ बाट नेपाली खाना सेट - 1-1 जनालाई ।
- Title Sponsor सजिलो नेपाली राइड शेयरिङ एप् को तर्फ बाट रू. 100 दरका 3-3 वटा डिस्काउन्ट भौचर ।
*उत्कृष्ट नव विवाहित जोडी (BRIDAL PHOTO) (एक जोडीलाई) :
- साङ्केन क्रियसनको तर्फ बाट रू. 25,000 बराबरको सपिङ भौचर (साङ्केन क्रियसनको काठ्माण्डौँ तथा बजनालाईाई साखामा मान्य हुनेछ ।)
- Hospitality Partner - ब्लू माउन्टेन रिसोर्ट (बोसोन, दक्षिणकाली) को तर्फ बाट 1 दिन/1 रातको प्याकेज (डिनर र ब्रेकफास्ट सहित) 2 जनालाई)
- Food Partner धराने सेकुवा कर्नर (अनामनगर, काठ्माण्डौं तथा खुमलटार, ललितपुर) को तर्फ बाट नेपाली खाना सेट) - 2 जनालाई ।
- Title Sponsor सजिलो नेपाली राइड शेयरिङ एप् को तर्फ बाट रू. 100 दरका 10 वटा डिस्काउन्ट भौचर ।
१०. विजेता प्रतियोगीहरुले आफ्नो पुरस्कारहरु 6 महिना भित्र दावी गरि सक्नु पर्नेछ । कुनै पनि पुरस्कारको रकम नगदमा उपलब्ध गराईने छैन ।
११. प्रतियोगीता सम्बन्धी कुनै विवाद सिर्जना भएमा आयोजकको निर्णय अन्तिम हुनेछ ।
Title Sponsor :
- Sajilo (Nepali Ride Sharing App)
मुख्य स्पोन्सर :
- HOLISTIC Herbs & Hospital
- JCO Cancer Killer
Sponsors:
- NUGABEST (कोरियन थेरापी सिस्टम)
- Mundhum Aviation (कुरियर/कार्गो सेवा)
Hospitality Partner :
- Blue Mountain Resort
Media Partners :
- Bishal Chautari Online Tv
- Kiràwà (YouTube Channel)
Supported by:
- Nepal Indigenous Chamber of Commerce
- Cable Car & Tourism Limited
Creative Partner :
- Unitech