07/03/2026
ललितपुर १ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी हुनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्ध रत्न महर्जन जीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। जनताको विश्वासलाई केन्द्रमा राखेर उहाँले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।
यस निर्वाचनमा दिनरात नभनी खटिनु भएका नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु। तपाईंहरूको मेहनत, विश्वास र साथ मेरा लागि ठूलो प्रेरणा बनेको छ। परिणाम अपेक्षाअनुसार नआए पनि सम्पूर्ण मतदाताप्रति म धन्यवाद व्यक्त गर्दछु।
लोकतन्त्रमा जित र हार दुवै प्रक्रिया हुन्। जनताको म्यान्डेटलाई सम्मान गर्दै म ललितपुर १ का नागरिकहरूको सुख दुःखमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्दछु।
यस निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका खेल्नु हुने अन्तरिम सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी तथा यस प्रक्रियामा संलग्न सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै सम्पूर्ण विजयी उम्मेदवारहरूलाई हार्दिक बधाई।
जय नेपाल!!!