19/09/2026
यलमाया क्लासिक
२०८३/०६/०२
🌺 भव्य भरतनाट्यम प्रस्तुति — यलमाया क्लासिक 🌺
यलमाया क्लासिकद्वारा प्रत्येक महिनाको २ गते आयोजना हुँदै आएको शास्त्रीय संगीत कार्यक्रम अन्तर्गत यसपटक Classic Culture Center का संस्थापक तथा भरतनाट्यम गुरु श्री स्वजन रघुवंशीको विशेष भरतनाट्यम प्रस्तुति सम्पन्न भएको छ।
गुरु स्वजन रघुवंशीको मार्गदर्शनमा Classic Culture Center का शिष्यहरूले समेत उत्कृष्ट प्रस्तुति दिँदै कार्यक्रमलाई थप भव्य र आकर्षक बनाउनुभएको थियो। कार्यक्रममा सदिक्षा पौडेल, प्रशान्त सुन्दास, साध्वी नकर्मी, पूर्णिमा विश्वकर्मा, राजीब श्रेष्ठ, कुसुम राजबंशी तथा प्रियंका श्रीवास्तवको सहभागिता रहेको थियो।
कार्यक्रममा भरतनाट्यमका विभिन्न शास्त्रीय प्रस्तुति अन्तर्गत
🌸 पुष्पाञ्जलि
🌸 शब्दम्
🌸 शम्भो नटनम्
🌸 पदम्
🌸 तिल्लाना
प्रस्तुत गरिएको थियो।
कलाको साधना, गुरु–शिष्य परम्परा र शास्त्रीय नृत्यप्रतिको समर्पणलाई आत्मसात् गर्दै सम्पन्न यस कार्यक्रमले दर्शक तथा कला–प्रेमीहरूको मन जित्न सफल भएको छ।
कार्यक्रमलाई भव्य र सफल बनाउन सहयोग गर्नुहुने यलमाया क्लासिक परिवार, सम्पूर्ण गुरुजन, कलाकार, शिष्य–शिष्याहरू, अभिभावक तथा उपस्थित दर्शकवृन्दप्रति Classic Culture Center परिवार हार्दिक आभार व्यक्त गर्दछ। 🙏🌺
गुरुभ्यो नमः।
Classic Culture Center