01/04/2012
Dutendra Chamling
"नौलाखा तारा उदायो "अनि नेपाल पर्यटन बोर्ड झलमल भयो ! हो, नेपाल संगीत तथा नाट्य प्रज्ञा - प्रतिष्ठानको कुलपति , बरिष्ट गायक , संगीतकार र गीतकार अम्बर गुरुङको प्रमुख आतिथ्यमा " भुटानको अम्बर गुरुङ " भनेर चिनिने नेपाली सुगम संगीतको प्रसिद्ध गायक, गीतकार र संगीतकार मधुकर लोहनीको गीति एल्बम " अजम्बरी " को सार्बजनिकीकर...ण सम्पन्न भयो ! मधुकर लोहनी दाईले नयाँ गीति एल्बम बाट पाँच ओटा गीत गाउनु भयो भने अन्तमा कानुनविद् डा. भीमार्जुन आचार्यको अनुरोधमा " पिउंदैछु म तितो घुट्को यो अधुरो जिन्दगीको " दोहोर्याएर गाउनु भएको थियो ! अम्बर गुरुङ दाईको स्वरको फ्लेवरमा गाउने मधुकर लोहनीको स्वरको बिशेषता भन्नु गमक , गर्जन र गहिराई नै हो ! उहाँको जस्तो स्वर भएको गायकको सुमधुर र बेजोड गीत सुन्नु कम्तिमा हाम्रो पुस्ताको लागि ठुलो अहोभाग्य हो ! मैले उहाँको हस्ताक्षर सहित उहाँको गीतको सिडी लिएँ , हामीले धेरै कुरा गर्यौं , संगै बसेर गीत संगीतको बारेमा ! कार्यक्रमको संचालन चलचित्रकर्मी,कवि र लिभिंग इन्साइक्लोपेडियाPrakash Sayami प्रकाश सायमी दाईले र कार्यक्रमको सभापतित्व सुगम संगीतको चर्चित गायक जगतमर्दन थापा दाईले गर्नु भएको थियो ! प्रकाश सायमी दाईले मधुकर लोहनी दाईको यो एल्बम उहाँको श्रोताहरुको पहलमा आएको बताउनु भयो , एकजना श्रोता कविRam Gurung राम गुरुङ हुन्थ्यो ! बरिष्ट व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा डा .सनतकुमार वस्ती दाई , बिना गुरुङ ( उहाँको श्रीमान अम्बर गुरुङ हुनुहुन्छ ),कवि श्री ओम रोदन श्रेष्ठ दाई ,कवि Rajendra Shalabh राजेन्द्र शलभ दाई,गायिका लासिमित राई दिदी , बि .एफ .बि .एस.को स्टेसन म्यानेजरBinod Dhoj Khadka बिनोद ध्वज खड्का दाई,रेडियो सगरमाथाको अजम्मरी कालजयी गीत संगीतको कार्यक्रम " संगीत आकाश" को कार्यक्रम प्रस्तोता Bikram Timilsina बिक्रम तिमिल्सिना दाई ,कवि Basanta Shrestha बसन्त श्रेष्ठ दाई, गीत अन्वेषक दिपेन्द्र सिंह दाई , गायक शैलेश सिंह दाई ,कवि सिमु श्रेष्ठ दिदी,कवि प्रतिज्ञा गौतम, उपन्यासकार Deepkiran Sharmaदीपकिरण शर्मा दाई, कवि रोहित कार्की हुनुहुन्थ्यो( क्षमा चाहन्छु मैले धेरै बरिष्ट व्यक्तिहरु नाम भुलें ).कार्यक्रमको अन्तमा जुन माहोल भयो , त्यो त्यहाँ उपस्थित हामी मध्ये सायदै कमैले बिर्स्यौंला ! डा .सनतकुमार वस्ती आफ्नो गज़ल गाएर सुनाइरहनु भएको थियो ,म अम्बर गुरुङ दाई थिएँ र प्रकाश सायमी दाईले म एउटा पाठक र गीतको पारखी भनेर सभामा उदघोष गर्नु भएकोले म अम्बर गुरुङ दाईको चांडै प्यारो भएँ , मलाई उहाँलाई भेट्न निम्तो दिनु भयो , संगीतको शिखर र एउटा पुरै इतिहासले मलाई निम्तो दिंदा म कति खुसी भएँ ,त्यो व्यक्त गर्न सक्ने शब्दको आविष्कार भइसकेको छ जस्तो लाग्दैन ! गायक शैलेश सिंह दाईले प्रकाश सायमी दाईको रचना बेजोड दुई गीत प्रस्तुत गर्नु भयो ! बेला - बेलामा अम्बर गुरुङ दाई र प्रकाश सायमी दाई ठट्टा गरिरहनु भएको थियो ! अम्बर गुरुङ दाईको "पिउंदै नपिउने मान्छे पिएँ अलि कति " भन्ने गीतको बारेमा प्रसंग उठ्दा उहाँ हातमा प्याला लिएर कहाँ अलि अलि , पिएँ धेरै हो भन्दै हुनुहुथ्यो ! कानुनविद् तथा संबिधानविद डा. भीमार्जुन आचार्यले आफ्नो गीत गाइरहदा प्रकाश सायमी दाई अम्बर गुरुङ दाइलाई हाँस्दै " अब संबिधान नलेखिने भो भन्दै "हुनुहुन्थ्यो अनि अम्बर गुरुङ दाई हाँस्दै हुनुहुथ्यो ! एकजना दाईले भन्नु भो , "गणेश रसिकले भनेको रक्सीले नखाएको मान्छे अम्बर गुरुङ मात्रै हो रे " अम्बर गुरुङ दाई झन् हाँस्नु भो, डा .सनतकुमार वस्ती दाईले गजल गाउँदै गर्दा प्रकाश सायमी दाईले भन्नु भो " सुनाउनुहोस ! तपाईको गीत आज बरिष्ट गायक अम्बर गुरुङले होइन मेजर अम्बर गुरुङले सुन्दै हुनुहुन्छ " हामी सबै हाँस्यौं तर अम्बर गुरुङ दाईले जङ्गिएर भन्नु भयो " केको मेजर ? मेरो पोस्ट घटाउने ? म कर्साब हुँ , कर्साब हुँ ? अनि झन् झन् जोडले हाँस्नु थाल्नु भयो , अनि अचम्म मानेर बसेको हामी खुब जोडले हाँस्यौं ! महान गायक अम्बर गुरुङ यस्तो रसिक ! यो यस्तो एतिहासिक क्षण हो कि मैले उहाँ संग र भुटानको अम्बर गुरुङ भनेर चिनिने गायक मधुकर लोहनी दाई संग बस्ने जो शौभाग्य पाएँ ! यो पो रहेछ जिन्दगी !