01/12/2025
शनि साढेसाती र गोचर
साढेसाती भनेको ७(१/२) वर्षको अवधि हो। यसले गोचर शनि (Transit Saturn) लाई जनाउँछ। जब शनि चन्द्रमामा गोचर गर्छ र चन्द्रमाबाट क्रमशः बार्हौं, पहिलो र दोस्रो घरमा २(१/२)–२(१/२) वर्ष बसेर यात्रा गर्छ, त्यसबेला जातक साढेसाती भोगिरहेको मानिन्छ।
यस अवधिमा प्रायः ठूलो परिवर्तन र रूपान्तरण (transform changes) आउने मानिन्छ।
यो सामान्यतया मानिसको जीवनमा कष्ट, हानी, खर्च, स्वास्थ्य समस्या, मानसिक तनाव तथा परिवारगत समस्या आउने समय ठानिन्छ। वास्तविक प्रभाव भने गोचर शनिले कुन–कुन घर पार गरिरहेको छ, त्यसमा आधारित हुन्छ।
उदाहरणका लागि, यदि कुनै कुण्डलीमा चन्द्रमा तेस्रो घरमा छ भने, साढेसातीको अर्थ शनि दोस्रो, तेस्रो र चौथो घरबाट गोचर गर्दैछ भन्ने हुन्छ।
त्यसअनुसार जातकले निम्न क्षेत्रमा समस्या भोग्न सक्छ:
दोस्रो घर: परिवारमा समस्या, धन/सम्पत्तिमा हानी, आर्थिक असन्तुलन
तेस्रो घर: दाजुभाइ–दिदीबहिनीसँग मनमुटाव, प्रयासमा अवरोध
चौथो घर: घर–परिवारमा असन्तोष, घरबाट टाढिनुपर्नु, आमाको स्वास्थ्य समस्या, घरेलु तनाव
तर, यी सबै प्रभावहरू पूर्णतः परिवर्तन हुन सक्छन् यदि जन्मकुण्डलीमा शनि शुभ राशिमा, शुभ भावमा अथवा राम्रो बल सहित बसेको छ भने।
त्यस्तो अवस्थामा साढेसातीका कष्टप्रद परिणामहरू कम हुन्छन्,
साथै केही शुभ फलहरू पनि प्राप्त हुन सक्छन्।