07/10/2023
भाषिक-साँस्कृतिक सम्बन्ध नै एकताको अाधार !
नेपालका रैथाने दमाईँ जातिको मातृभाषा खाेज्ने भाेक २० वर्ष अघिकै हाे । यसपटक धेरैजसो पूरा भएको छ । याे भाषाकाे अाफ्नै माैलिक स्वरवर्ण, व्यञ्जवर्ण छन् । दमाईँ भाषाकाे लिपि नेवारी रञ्जन लिपिसँग मिल्दोजुल्दो रहेकोले भाेटवर्मेली भाषिक परिवारसँग पनि नजिक देखिन्छ । भाषाशास्त्री हाेर्नले र ग्रियर्सनका अनुसार दमाईँ मातृभाषा अष्ट्राेद्रविड भाषिक परिवारभित्र पर्छ ।
विं सं १७५८ मा खस राजाले दरबारको ताम्रपत्र लेखन र कर्नालीका अभयमल्लले समेत प्रयाेग गरेबाट दमाई भाषाकाे महत्त्व स्पष्ट हुन्छ । अर्थात मध्यकालसम्म चलनचल्ती, बाेलीचाली र साहित्य लेखनमा व्यापक प्रयाेग भएको भाषा कसरी एकाएक लाेप भयाे ? न राज्यले चासाे दियाे, न त समुदाय नै जाग्यो ।
डा. जयराज पन्तकै भनाइमा खसभाषाभन्दा जेठाे दमाईँ मातृभाषा थियोे । उहाँको भनाइमा सत्यता लुकेको छ । किनकि सुदुरपश्चिम नेपाल र कर्नाली- भेरी क्षेत्रमा खसबाहुनभन्दा अगाडि नै वर्तमानमा कथित दलित भनिएको कामी, दमाईँ, सार्की, वादी र गन्धर्वहरूकाे अावादी र शासनसत्ता कायम रहेको प्रमाणित छ । कर्नाली-भेरी नामकरण यिनै समुदायका पूर्वजहरूले गरेका हुन् । उनीहरूकाे भूमि, शासनसत्ता, संस्कार, संस्कृतिलाई १२ अाै शताब्दीदेखि खसशासनले कब्जा गरेको थियोे ।
भाषाशास्त्रीहरूका अनुसार जुम्ली वा खस भाषामा सबैभन्दा ज्यादा शब्द वा प्रभाव दमाई भाषाकाे रहेको बताएका छन् । यस्तो एउटा राष्ट्रिय सम्पदाको रूपमा रहेको दमाई मातृभाषाकाे गहन खाेजअनुसन्धान एवम् दस्तावेजीकरणका लागि नेपाल प्रज्ञा-प्रतिष्ठान र भाषा अायाेगलाई धेरै पटक प्रस्ताव गरेँ । तर सुनेनन् । अहिलेकाे नेतृत्व बेजाेड क्रान्तिकारी र उत्पात पहिचानधारी छन् । यद्यपि वेवास्ता गरिरहेछन् । सायद उनीहरूकाे नाक, अाँखा र अनुहार मिल्नेहरूका मात्रै भाषा बचाउने कुटिल जातिवादी मनसाय हुनुपर्छ ।
कुनै पनि जातिकाे सामाजिक चिनारी र अस्तित्वको अाधार नै भाषा र सँस्कृति हाे । हिमाल-पहाडका अनादिवासी मूलवासी कामी, दमाईँ, सार्की, वादी र गन्धर्व जातिमा केही न केही मातृभाषाका अवशेष जीवितै रहेको पाइन्छ । यी पाँच जातिमध्ये दमाईँ, गन्धर्व जातिमा जति राम्रो बचेको मातृभाषा अरूमा छैन । गन्धर्व जातिको पिङ्गूल लिपि रहेको भएपनि दमाईँ जातिको जस्तो लिखित र माैखिक प्रमाण पाउन मुश्किल छ । त्यसैले हिमाल-पहाडका कामी, दमाई, सार्की , वादी र गन्धर्व जातिले दमाईँ लिपिलाई अाधार बनाएर साझा राष्ट्रिय भाषाकाे विकास गरेर अभ्यास गर्न सकिन्छ ।
साँस्कृतिक चिनारी अरूले नै धेरैजसो कब्जा गरिसकेका छन् । जस्तो कुनै एकसमय गाैरापर्व कामी जातिको राष्ट्रिय पर्व थियोे । त्याे अहिले इतिहास बनिसकेको छ । त्यसैले समुदाय एक हाैं भनेर अाेठे एकताले मात्रै मरिगए एकता हुनसक्दैन् । भाषिक एकता कति बलियो हुन्छ भन्ने उदाहरण नेवार समुदायलाई हेरे पुग्छ । यसर्थ सामुदायिक एकताका लागि हिमाल-पहाड र तराईका समुदायमा साझा भाषाकाे विकास र प्रयाेग गर्दै साँस्कृतिक एकताकाे अाधार बनाउन सकिन्छ ।
शहरी मध्यवर्गकाे कुरा सुनेर राष्ट्रिय दलित अायाेगले प्राचीन सामुदायिक चिनारीसमेत बिगारेको छ । कतिलाई दमाईँ भन्नसमेत मुस्किल छ, लाज लाग्छ । तर दमाईँ जातिको मातृभाषाकाे शब्दावलीमा दमाईलाई घुम्रे भनिन्छ । अायाेगले दमाईँ जातिभित्रकाे एउटा परियार थरलाई समाएर परियारकरण गरेर अक्षम्य गल्ति गरेको छ । यसलाई जतिसक्दो छिटो सच्याउनु उत्तम हुन्छ
कतिले दमाईँ भाषालाई काेट वा पारसे भाषा भनेर पनि उडाउने, हाेच्याउने र अपमान गरेको पाईन्छ । वास्तविकता यस्तो छैन । किनकि अाफ्नै स्वरवर्ण, व्यञ्जनवर्ण भएकाे, प्रयाेगमा अाएकाे र लिखित साहित्य भएको भाषा हाे । अन्य मातृभाषाहरूमा जस्तै दमाईँ मातृभाषामा पनि व्यापक खसनेपाली भाषाका शब्द अागमनले माैलिकता हराएको हुनुपर्छ । तर लामो समयकाे अन्तरालमा पनि थुप्रै माैलिक शब्दावली बाँचिरहेकाे पाइएको छ ।
याे भाषाकाे लेखनशैली उल्टाे र एक डिकेसँगसँगै बहु डिके हुँदाे रहेछ । मैले दुई जना बुढापाकालाई दाेहाेरा बाेल्न लगाएर सुनेँ, केही बुझिदैन । हिन्दु पात्राे अनुसार अाैंसीकाे दिनमा गाेरू जाेत्नु हुँदैन । स्थानीय ६५ वर्षिय लछे दमाईँका अनुसार एकजना दमाईँले रानीवन काेटवाडा, अछाममा अाैसीकै दिन गाेरू जाेतेछन् । स्थानीयले गाउँका मुखियाकाेमा गएर उजुरी गरेछन् । मुखियाले दमाईलाई बाेलाएर अाैसीका दिन किन गाेरू जाेत्याै भनेर साेधेछन् । दमाईँले जवाफ दिएछन्- हाम्रो दमाईँ पात्राे अनुसार अाैसीका दिनमा गाेरू जाेत्न मिल्ने भएकोले जाेतेकाे हुँ भनेर जवाफ दिएपछि गाउँलेकाे कारवाहीबाट मुक्त भएछन् ।
यस सन्दर्भमा दमाईँ पात्रको उल्लेख भएको हुँदा उनीहरूकाे छुट्टै ज्याेतिषशास्त्र र साल गणना रहेको हुनसक्ने संकेत मिलेको छ । तर सबै सबुत तथ्य प्रमाण नष्ट भईरहेकाेले दमाईँ पात्राे पाउन त्यति सहज छैनन् । यसले गर्दा दमाई मातृभाषा पनि अन्य मातृभाषा जस्तै समृद्ध भाषा रहेको प्रमाणित हुन्छ । केही माैलिक शब्द यसप्रकार रहेको छ-
दमाईँ भाषा खस नेपाली भाषा
जुकिलाे - कुखुरा
चुम्सुलाे - चुलाे
नम्साउलाे - पाेखरी
खुडिलाे - मकै
खारसा - धान
राेदिकाे -- काेदाे
दतिका - चामल
सुपार - भात
झ्यापू - राेटी
रम्सागा - मकैका च्याँख्ला
दुताउनु - खानु
खाेउलाे - घर, बास
र्यान्छे - मानिस, मान्छे
रूडिका - कुराकानी, बातचित्
बम्साेजे - बुझेँ, जाने, थाह पाएँ
बेलीवास - साँझ, बेलुका
अैल - अहिले
हरपुला -कुराकानी गराैंला
खुरिगाे - खुट्टा
हचेडाे - हात
खुतड - मुख
शेरू - ठकुरी
घुम्रेँ - दमाईँ
भिलाे - कामी
छ्याम्ने - बाहुन
च्यादी - वादी
कजुवा - क्षेत्री/चलाउने
मंसँगर - मगर
झ्याम्नी - बिहानै
छेप गुलपु - पछि अाउँला
हिज्जाएन - दिएन
पाेँगे - पुगे
येँ - यता
चिताे - राम्रो
अचिताे - नराम्रो, नमिठाे
दम्सारूँ - रक्सी
जम्साँड - जाँड
चुत्काे - छाेरा
चुत्की - छाेरी
च्यानी - पानी
सुँमुरे - सूर्य
खँइसाे - भैंसी
नम्साङ्लाे - पिँडुला
जम्साङ्लाे - फिला
अँसालाे - अागाे
च्याँखा - अाँखा
ढम्सा - ढाड
नम्सा - नाक
चम्सन्डि - अाँखी भाैं
अम्साम् - कान
रम्छगू - कपाल
रूमसुँगा - राैं
जाेतडे - गाेरू
चिल्ताे - बाख्रो
खुम्साे/ र्यासु - मासु
मंसन् खऊलाे रम्सा तग्रे - म घरबाट अाएँ । अादि ।
(स्राेत : सुके दमाई, उदे दमाई, लछे दमाई, खैरे दमाई र टीका दमाईँ लगायत साथीहरू )
दमाईँ इतिबृतान्त जान्नका लागि तलकाे पुस्तक अनिवार्य पढ्नुस । मकालु प्रकाशनगृह डिल्लीबजार, काठमाडौंकाे याे नम्बर 01-4435148 मा सम्पर्क गरेर स्वदेश तथा विदेशमा तपाईं भएकै ठाउँमा पुस्तक प्राप्त गर्न सक्नुहुन्छ । मैले व्यक्तिगत सुखभाेग, माेजमस्ति र खुशीलाई त्यागेर यस धर्तीमा जन्मेर राष्ट्र र समुदायका लागि गर्नुपर्ने कर्तब्य केही पूरा गरे जस्तो लाग्छ ।
तपाईहरूले पुस्तक पढेर अाफू र समाजलाई जगाउनु जिम्मेवारी र दायित्व सम्झिनु भयाे भने त्याे नै ठूलो उपलब्धि हाे । दमाईँहरूका विभिन्न संघसंस्था च्याउसरी छन् । तर पुस्तक अभियानकै रूपमा पढ्ने, किन्ने र खाेज्ने गरेका छैनन् । ताताे न चिसाेकाे भएपछि कसैले पछि पार्नुपर्दैन, अाफै पछि परिन्छ । बन्धनबाट मुक्त हुनकाे लागि सुतेकाे समाज जाग छिटो, जाग !!! नम्सन ! जयदेऊ !
२०८०/०६/२०