DB Dammu Post

DB Dammu Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DB Dammu Post, Cultural Center, Lalitpur.

04/12/2023

रात्रीकालीन सुन्दर दृष्यावलाेकन घ्याम्पे डाँडा, भक्तपुरबाट ।
Late post
२०८०/०८/१८

25/11/2023

स्वस्थ अाहार, बिहारले स्वस्थ जीवन प्राप्त हुन्छ । त्यसको लागि रैथाने विषादीरहित खाद्य उत्पादनलाई जाेड दिनुपर्छ । यही उदेश्य बाेकेर स्थापना भएको रैथाने एग्रि प्रडक्टस प्रा. लि. काे चाैथाे साधरण सभा अाज सम्पन्न भएको छ । सभाकाे उद्घाटन सत्रकाे समापन मन्तव्य दिँदै प्रा.लि.का संस्थापक अध्यक्ष तिलक ढकाल ।
२०८०/०८/०९

21/11/2023

नेपाल सरकारले कार्तिक २७ गते टिकटक प्रतिबन्ध लगाई दिएपछि त्यसको विराेधमा सडक प्रदर्शन भएको छ ।
२०८०/०८/०५

10/11/2023

पुस्तक समीक्षा एवम् सामुदायिक अस्तित्व, इतिहास र पहिचानको बारेमा विद्वत् प्रवचन कार्यक्रम ।
२०८०/०७/२४

28/10/2023

देहडुका धामी देउमल कुमालले सात दिनकाे सिद्वि ध्यान साधनापछि साँझ विशेष पूजाका क्रममा विभिन्न राेगी, बिमारी, वायु, शिकारी, भूतप्रेत, छाहवहले सताइएकाहरूले हेराउने, काेराउने, झारफूक मन्त्र-तन्त्र गर्ने क्रममा बक्दै, बक्साउँदै गर्दाकाे विशेष क्षण ! पचालझरना गाउँपालिका-बाँझकाेट, कालीकाेट (२०८०/०६/०७) । याे क्रम रातभर चलिरहन्छ । भाेलिपल्ट दिउँसो फलामे लठ्ठी टुक्राउने विशेष जात्रा लाग्ने गर्दछ ।
२०८०/०७/११

14/10/2023

जातीय विभेद एवम् लैंगिक असमानताकाे प्रतिराेध कलामार्फत दुई दिने ( २०८०/०६/२६-२७) प्रतिरोध कार्यशाला अाज सम्पन्न भएको छ ।
अायाेजक: नेपाल ललितकला प्रज्ञा- प्रतिष्ठान र सामरी उत्थान सेवा ।
२०८०/०६/२७

07/10/2023

भाषिक-साँस्कृतिक सम्बन्ध नै एकताको अाधार !

नेपालका रैथाने दमाईँ जातिको मातृभाषा खाेज्ने भाेक २० वर्ष अघिकै हाे । यसपटक धेरैजसो पूरा भएको छ । याे भाषाकाे अाफ्नै माैलिक स्वरवर्ण, व्यञ्जवर्ण छन् । दमाईँ भाषाकाे लिपि नेवारी रञ्जन लिपिसँग मिल्दोजुल्दो रहेकोले भाेटवर्मेली भाषिक परिवारसँग पनि नजिक देखिन्छ । भाषाशास्त्री हाेर्नले र ग्रियर्सनका अनुसार दमाईँ मातृभाषा अष्ट्राेद्रविड भाषिक परिवारभित्र पर्छ ।

विं सं १७५८ मा खस राजाले दरबारको ताम्रपत्र लेखन र कर्नालीका अभयमल्लले समेत प्रयाेग गरेबाट दमाई भाषाकाे महत्त्व स्पष्ट हुन्छ । अर्थात मध्यकालसम्म चलनचल्ती, बाेलीचाली र साहित्य लेखनमा व्यापक प्रयाेग भएको भाषा कसरी एकाएक लाेप भयाे ? न राज्यले चासाे दियाे, न त समुदाय नै जाग्यो ।

डा. जयराज पन्तकै भनाइमा खसभाषाभन्दा जेठाे दमाईँ मातृभाषा थियोे । उहाँको भनाइमा सत्यता लुकेको छ । किनकि सुदुरपश्चिम नेपाल र कर्नाली- भेरी क्षेत्रमा खसबाहुनभन्दा अगाडि नै वर्तमानमा कथित दलित भनिएको कामी, दमाईँ, सार्की, वादी र गन्धर्वहरूकाे अावादी र शासनसत्ता कायम रहेको प्रमाणित छ । कर्नाली-भेरी नामकरण यिनै समुदायका पूर्वजहरूले गरेका हुन् । उनीहरूकाे भूमि, शासनसत्ता, संस्कार, संस्कृतिलाई १२ अाै शताब्दीदेखि खसशासनले कब्जा गरेको थियोे ।

भाषाशास्त्रीहरूका अनुसार जुम्ली वा खस भाषामा सबैभन्दा ज्यादा शब्द वा प्रभाव दमाई भाषाकाे रहेको बताएका छन् । यस्तो एउटा राष्ट्रिय सम्पदाको रूपमा रहेको दमाई मातृभाषाकाे गहन खाेजअनुसन्धान एवम् दस्तावेजीकरणका लागि नेपाल प्रज्ञा-प्रतिष्ठान र भाषा अायाेगलाई धेरै पटक प्रस्ताव गरेँ । तर सुनेनन् । अहिलेकाे नेतृत्व बेजाेड क्रान्तिकारी र उत्पात पहिचानधारी छन् । यद्यपि वेवास्ता गरिरहेछन् । सायद उनीहरूकाे नाक, अाँखा र अनुहार मिल्नेहरूका मात्रै भाषा बचाउने कुटिल जातिवादी मनसाय हुनुपर्छ ।

कुनै पनि जातिकाे सामाजिक चिनारी र अस्तित्वको अाधार नै भाषा र सँस्कृति हाे । हिमाल-पहाडका अनादिवासी मूलवासी कामी, दमाईँ, सार्की, वादी र गन्धर्व जातिमा केही न केही मातृभाषाका अवशेष जीवितै रहेको पाइन्छ । यी पाँच जातिमध्ये दमाईँ, गन्धर्व जातिमा जति राम्रो बचेको मातृभाषा अरूमा छैन । गन्धर्व जातिको पिङ्गूल लिपि रहेको भएपनि दमाईँ जातिको जस्तो लिखित र माैखिक प्रमाण पाउन मुश्किल छ । त्यसैले हिमाल-पहाडका कामी, दमाई, सार्की , वादी र गन्धर्व जातिले दमाईँ लिपिलाई अाधार बनाएर साझा राष्ट्रिय भाषाकाे विकास गरेर अभ्यास गर्न सकिन्छ ।

साँस्कृतिक चिनारी अरूले नै धेरैजसो कब्जा गरिसकेका छन् । जस्तो कुनै एकसमय गाैरापर्व कामी जातिको राष्ट्रिय पर्व थियोे । त्याे अहिले इतिहास बनिसकेको छ । त्यसैले समुदाय एक हाैं भनेर अाेठे एकताले मात्रै मरिगए एकता हुनसक्दैन् । भाषिक एकता कति बलियो हुन्छ भन्ने उदाहरण नेवार समुदायलाई हेरे पुग्छ । यसर्थ सामुदायिक एकताका लागि हिमाल-पहाड र तराईका समुदायमा साझा भाषाकाे विकास र प्रयाेग गर्दै साँस्कृतिक एकताकाे अाधार बनाउन सकिन्छ ।

शहरी मध्यवर्गकाे कुरा सुनेर राष्ट्रिय दलित अायाेगले प्राचीन सामुदायिक चिनारीसमेत बिगारेको छ । कतिलाई दमाईँ भन्नसमेत मुस्किल छ, लाज लाग्छ । तर दमाईँ जातिको मातृभाषाकाे शब्दावलीमा दमाईलाई घुम्रे भनिन्छ । अायाेगले दमाईँ जातिभित्रकाे एउटा परियार थरलाई समाएर परियारकरण गरेर अक्षम्य गल्ति गरेको छ । यसलाई जतिसक्दो छिटो सच्याउनु उत्तम हुन्छ

कतिले दमाईँ भाषालाई काेट वा पारसे भाषा भनेर पनि उडाउने, हाेच्याउने र अपमान गरेको पाईन्छ । वास्तविकता यस्तो छैन । किनकि अाफ्नै स्वरवर्ण, व्यञ्जनवर्ण भएकाे, प्रयाेगमा अाएकाे र लिखित साहित्य भएको भाषा हाे । अन्य मातृभाषाहरूमा जस्तै दमाईँ मातृभाषामा पनि व्यापक खसनेपाली भाषाका शब्द अागमनले माैलिकता हराएको हुनुपर्छ । तर लामो समयकाे अन्तरालमा पनि थुप्रै माैलिक शब्दावली बाँचिरहेकाे पाइएको छ ।

याे भाषाकाे लेखनशैली उल्टाे र एक डिकेसँगसँगै बहु डिके हुँदाे रहेछ । मैले दुई जना बुढापाकालाई दाेहाेरा बाेल्न लगाएर सुनेँ, केही बुझिदैन । हिन्दु पात्राे अनुसार अाैंसीकाे दिनमा गाेरू जाेत्नु हुँदैन । स्थानीय ६५ वर्षिय लछे दमाईँका अनुसार एकजना दमाईँले रानीवन काेटवाडा, अछाममा अाैसीकै दिन गाेरू जाेतेछन् । स्थानीयले गाउँका मुखियाकाेमा गएर उजुरी गरेछन् । मुखियाले दमाईलाई बाेलाएर अाैसीका दिन किन गाेरू जाेत्याै भनेर साेधेछन् । दमाईँले जवाफ दिएछन्- हाम्रो दमाईँ पात्राे अनुसार अाैसीका दिनमा गाेरू जाेत्न मिल्ने भएकोले जाेतेकाे हुँ भनेर जवाफ दिएपछि गाउँलेकाे कारवाहीबाट मुक्त भएछन् ।

यस सन्दर्भमा दमाईँ पात्रको उल्लेख भएको हुँदा उनीहरूकाे छुट्टै ज्याेतिषशास्त्र र साल गणना रहेको हुनसक्ने संकेत मिलेको छ । तर सबै सबुत तथ्य प्रमाण नष्ट भईरहेकाेले दमाईँ पात्राे पाउन त्यति सहज छैनन् । यसले गर्दा दमाई मातृभाषा पनि अन्य मातृभाषा जस्तै समृद्ध भाषा रहेको प्रमाणित हुन्छ । केही माैलिक शब्द यसप्रकार रहेको छ-

दमाईँ भाषा खस नेपाली भाषा

जुकिलाे - कुखुरा
चुम्सुलाे - चुलाे
नम्साउलाे - पाेखरी
खुडिलाे - मकै
खारसा - धान
राेदिकाे -- काेदाे
दतिका - चामल
सुपार - भात
झ्यापू - राेटी
रम्सागा - मकैका च्याँख्ला
दुताउनु - खानु
खाेउलाे - घर, बास
र्यान्छे - मानिस, मान्छे
रूडिका - कुराकानी, बातचित्
बम्साेजे - बुझेँ, जाने, थाह पाएँ
बेलीवास - साँझ, बेलुका
अैल - अहिले
हरपुला -कुराकानी गराैंला
खुरिगाे - खुट्टा
हचेडाे - हात
खुतड - मुख
शेरू - ठकुरी
घुम्रेँ - दमाईँ
भिलाे - कामी
छ्याम्ने - बाहुन
च्यादी - वादी
कजुवा - क्षेत्री/चलाउने
मंसँगर - मगर
झ्याम्नी - बिहानै
छेप गुलपु - पछि अाउँला
हिज्जाएन - दिएन
पाेँगे - पुगे
येँ - यता
चिताे - राम्रो
अचिताे - नराम्रो, नमिठाे
दम्सारूँ - रक्सी
जम्साँड - जाँड
चुत्काे - छाेरा
चुत्की - छाेरी
च्यानी - पानी
सुँमुरे - सूर्य
खँइसाे - भैंसी
नम्साङ्लाे - पिँडुला
जम्साङ्लाे - फिला
अँसालाे - अागाे
च्याँखा - अाँखा
ढम्सा - ढाड
नम्सा - नाक
चम्सन्डि - अाँखी भाैं
अम्साम् - कान
रम्छगू - कपाल
रूमसुँगा - राैं
जाेतडे - गाेरू
चिल्ताे - बाख्रो
खुम्साे/ र्यासु - मासु
मंसन् खऊलाे रम्सा तग्रे - म घरबाट अाएँ । अादि ।
(स्राेत : सुके दमाई, उदे दमाई, लछे दमाई, खैरे दमाई र टीका दमाईँ लगायत साथीहरू )

दमाईँ इतिबृतान्त जान्नका लागि तलकाे पुस्तक अनिवार्य पढ्नुस । मकालु प्रकाशनगृह डिल्लीबजार, काठमाडौंकाे याे नम्बर 01-4435148 मा सम्पर्क गरेर स्वदेश तथा विदेशमा तपाईं भएकै ठाउँमा पुस्तक प्राप्त गर्न सक्नुहुन्छ । मैले व्यक्तिगत सुखभाेग, माेजमस्ति र खुशीलाई त्यागेर यस धर्तीमा जन्मेर राष्ट्र र समुदायका लागि गर्नुपर्ने कर्तब्य केही पूरा गरे जस्तो लाग्छ ।

तपाईहरूले पुस्तक पढेर अाफू र समाजलाई जगाउनु जिम्मेवारी र दायित्व सम्झिनु भयाे भने त्याे नै ठूलो उपलब्धि हाे । दमाईँहरूका विभिन्न संघसंस्था च्याउसरी छन् । तर पुस्तक अभियानकै रूपमा पढ्ने, किन्ने र खाेज्ने गरेका छैनन् । ताताे न चिसाेकाे भएपछि कसैले पछि पार्नुपर्दैन, अाफै पछि परिन्छ । बन्धनबाट मुक्त हुनकाे लागि सुतेकाे समाज जाग छिटो, जाग !!! नम्सन ! जयदेऊ !
२०८०/०६/२०

हार्दिक धन्यवाद ज्ञापन ! यहि असाेज २०८०/०६/५ देखि २०८०/०६/१६ गतेसम्म १२ दिनकाे पश्चिम नेपालकाे खाेजअनुसन्धान यात्रा पूरा...
04/10/2023

हार्दिक धन्यवाद ज्ञापन !

यहि असाेज २०८०/०६/५ देखि २०८०/०६/१६ गतेसम्म १२ दिनकाे पश्चिम नेपालकाे खाेजअनुसन्धान यात्रा पूरा भएको छ । हिँड्नु ३-४ दिन अघिबाटै रूघाखाेकीले सताइरहेकाे थियोे । तिनवर्ष अघिदेखि देहडु कुलदेवताकाे जात्रा हेर्न जाने याेजनाले रूघाखाेकी निकाे नहुँदै यात्रा शुरू गरेँ । यात्रामा निस्कँदादेखि १६ गते ४ बजे काठमाडौं प्रवेश गर्दासम्म माैसम असाध्यै अनुकूल रह्याे । म पूर्व फर्किएपछि पश्चिममा वर्षासँगसँगै बझाङ केन्द्रबिन्दू भएर ६.३ रेक्टर स्केलकाे भूकम्प गयाे, अहिले पूर्वी नेपालमा पनि वर्षा भइरहेको छ । यात्रा अवधिभर कुनै दुखबिमार र समस्या नभएकोले मेरा सबै पितापुर्खा, प्रकृतिलाई धन्यवाद । हिँडनेबेला छाता बाेक्न बिर्सिएर यात्रामा चर्काे घामकाे सामना गर्नुपर्याे ।

कर्नाली-भेरी प्रदेशकाे बाँझकाेट कालीकाेटकाे देहडु कुलदेवताकाे फलामे लठ्ठी भाँच्ने जात्रा र ढकारी, रानीबन काेटबाडा, अछामको दमाईँ मातृभाषा, संस्कृति अध्ययन अत्यन्तै फलदायी र उपलब्धिमूलक रह्याे । कतिपय क्षण अविष्मरणिय रह्याे भने कति पल उस्तै नमिठाे । विभिन्न भाैगाेलिक कठिनाई, उकाली, अाेराली, खाेलाखाेल्सी, वनजंगल, अँध्यारो रातदिन गरेर १२ दिने यात्रामा साँढे चाैध घण्टा (१४:३०) पैदल हिँडेछु । काेटबाडा अछामबाट टुनीबगर अाेरालाे झर्दा जंगलकाे बाटाे एक्लै थिएँ । निकै नरमाइलो लाग्याे ! मनमनै सम्झे ! सपनामा पनि नहिँडेकाे बाटाे एक्लै चर्काे घाममा हिँड्नु मेरो कुन संयाेग हाेला !? सडकलाई छाेडेर अलिक तल सडक भेट्ने छाेटाे बाटाे झर्दै थिएँ । बाटैमा सानाे प्वाल रहेछ, त्यसमा छिर्केमिर्के पुच्छर भएको सर्प रहेछ । एक्लै भएकोले डरले छिटोछिटो तल झरेँ ।

तल्लाे घुम्तीमा अलमलिएर दुईतर्फी एककिलाेमिटर जति निकै बाक्लो जंगलमा हराएँ । साह्रै डर लाग्याे । शिक्षक दानबहादुर नेपालीलाई फाेन गेरर साेधँ । उहाँले तल झरेकै स्थानमा फर्केर तल झर्दा टुनी बगर पुगिन्छ भन्नुभयाे । टुनिबगर पुग्दा सुर्खेत-नेपालगन्ज जाने कालीकाेट, जुम्लाका ह्यास माइक्रोबस तिनवटै झुटिगएकाेले थप दुईघण्टा कुर्नुपर्याे । कतिपय ठाउँमा २५-३० किलोमिटरकाे दूरीमा ६-७ सय भाडा लिँदा रहेछन् । यात्रु जति भेडाबाख्रा जस्ता यातायातका मजदुर मालिक जस्तो व्यवहार ! सडकको दूरावस्था हेर्दा उहीँ माथिकाले हात थामिदिएर बचाए भने मात्रै हाे, नत्र चालककाे केही नलाग्ने धेरै ठाउँ देखियाे । गाउँ गाउँमा पुगेको सिंहदरबारले जनताको सहजताभन्दा अझै दुख, पीडा र समस्याको भारी बाेकाइरहेकाे देखिन्छ ।

टुनीबगरबाट १ बजे चढेकाे ह्यासले साँझ ६ बजे सुर्खेत मुलपानीचाेक झारिदियाे । मित्र सुवर्ण कुमालले बाइकमा सुर्खेत बसपार्क पुराइदिनु भइ सुर्खेत-काठमाडौ बसटिकट लिइदिनुभयाे । सिट बाँकी अन्तिम पछाडि झ्यालतिर त्याे पनि एउटै सिटमा काउन्टरले दुई जनाकाे काटिएको रहेछ । काउन्टरमा गएर कि टिकट रद्ध गर कि त एकल सिट कायम गर भनेपछि खलासीले कायम गर्याे । कम्युटर बसाईले ढाडकाे समस्याले पछाडि सिट मलाई निकै जाेखिम छ । यसपटक नजिकबाट अनुभव गरेँ, समुदायका पूँजीपति, कथित दलित भजनमण्डली, अधिकारवादी मात्रै हाेइन बालीघरेबाट रूपान्तरित सांसद, मन्त्रीकाे समेत केही नलाग्दाे रहेछ । बाध्यताले कष्टकर बसकाे यात्रामा साँझ ७ बजे सुर्खेतबाट हिँडेकाे बस १६ गते दिउँसो ४ बजे काठमाडौ अाेर्लँदा मेराे ढाडकाे चेतना हरायाे, घुँडा जाम थियाे र शरीर मरेतुल्य बन्याे ।

पश्चिम नेपालकाे खाेजअनुसन्धान यात्रामा बाँझकाेट र काेटबाडा ज्यादै फलदायी र उपलब्धिमूलक रह्याे । अबकाे लामाे बिदामा अनुसन्धान लेखन गरेर सानाे पुस्तिका बनाउने लक्ष्य राखेको छु । यी सबै दुख पीडाका बिचमा अध्ययन क्षेत्रमा ज जसले जे जस्तो साथसहयाेग गर्नुभयो उहाँहरू सबैलाई हृदयबाटै हार्दिक धन्यवाद ज्ञापन गर्दछु । केबिएम अनलाइन टिभिले अछामका केही यात्रा विवरणलाई संग्रहित गरिदिएकाेमा विशेष धन्यवाद । यात्राका केही अविष्मरणीय क्षण केबिएम अनलाइन टिभिमा संग्रहित गरिदिनु भएकोमा हार्दिक धन्यवाद ।
२०८०/०६/१७

WWW.KBMFM.COM WWW.KAMALBAZARDAINIK.COM

29/09/2023

गाउँले परिवेश र ढिक्कीमा मकैको पिठो कुट्दा ।
२०८०/०६/१२

Address

Lalitpur
44710

Alerts

Be the first to know and let us send you an email when DB Dammu Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to DB Dammu Post:

Share