29/08/2026
फिल्मी समीक्षा अन्तर्गत यो हप्ता हिन्दी चलचित्र "जमीर" (१९७५) काे समीक्षा गरिएकाे छु।
जमीर- रवि चोपडा द्वारा निर्देशित सी.जे.पावरीकाे कथा अख्तर उल इमानकाे संवाद तथा निर्माता बी.आर.चाेपडाकाे बी.आर. फिल्म्स द्वारा वितरित शम्मी कपूर,सायरा बानु,अमिताभ बच्चन बिनाेद खन्ना ( विशेष भूमिका) रमेश देव,मदन पुरी,जगदीश राज इन्द्राणी मुखर्जी अभिनीत तनाव ग्रस्त विविधताले भरेकाे एउटा रोमान्टिक चलचित्र हाे।
महाराज सिंह (शम्मी कपूर) डर्बी-विजेता घोडाहरूकाे फर्म को मालिक हुन । एक रात उनको फार्महाउसमा डाकू मानसिंह (मदन पुरी) समूहका केही डाँकाहरूले घोडाहरू चोर्ने उद्देश्यले उनको फार्महाउसमा आक्रमण गर्छन्।महाराजले उनीहरू सँगकाे भिडन्त मा मानसिंहको छोरालाई मार्छन् जसकाे बदला लिन मानसिंहले महाराज सिंहकाे छाेरा चिम्पूलाई अपहरण गर्छन्। अचानक भएको चिम्पूकाे अपहरणमा सेवक रामु (रमेश देव) काे लापरबाहीकाे कारणले भएको ठानी रामुलाई नाेकरी बाट बर्खास्त गरिन्छन। वर्षौं पछि तिनै सेवक रामुले एक बादल(अमिताभ बच्चन) नाम काे सानाेतिनाे चाेरी गर्ने युवकलाई चिम्पूकाे वाल्य कालकाे जीउ मा भएको निशान काेरेर महाराजकाे हराएको छोरा चिम्पूकाे रूपमा महाराज सिंहकाे सम्पत्ति हडप्ने नियतले पठाउंछन।
बादलले महाराज सिंह र उनको पत्नी रुक्मिणी (इन्द्राणी मुखर्जी) काे अपार स्नेह माया ममताकाे कारण रामुको मांग पुरा नगर्न खाेजे पछि सेवक रामुले बादल छाेरा नभएको रहस्य महाराज सिंहलाई भनेपछि महाराज सिंह काे जीवनमा कष्टकर हुन थाल्छन। महाराज यो जानकारी बिरामी पत्नी रुक्मिणीलाई बताउन चाहँदैनथ्यो। तर त्यति बेला सम्ममा बादल र महाराज सिंह कि छाेरी सुनिता (सायरा बानु) एक अर्काको प्रेममा परिसकेको हुनाले रुक्मिणीले यो रहस्य पत्ता लगाउन बाध्य हुन्छिन। यता समाचारहरुमा जब महाराज सिंह काे बिसाै बर्ष पछि अपहरणमा परेको छाेराे पाएकाे खबर डाकू मान सिंह ले देखिन्छन् तब उनकाे हाेस हवाव उदछन र महाराज सिंहकाे वास्तविक छाेरा चिम्पू (बिनाेद खन्ना) आफुसंग भएको खुलासा गर्न चाहन्छन्। तब बादलले ठुलाे चुनाैतीपूर्ण खेल रचिन्छन र महाराज सिंहकाे वास्तविक छाेरा फर्काउन पहल गरिन्छन।
सन ७० ताका निकै सफलता पाएका यस्ता डाँकाहरू द्वारा बदला लिन बच्चाहरु अपहरण गरिने कथाहरू अहिले सुस्त गति लिई सकेको हुनाले सुरुमा दर्शकहरूलाई आकर्षित गरे पनि कथाकाे निचोडमा उहीँ घिसिपिटी दायरामा सिमित हुन पुगेको छ। यधपी शम्मी कपूरको उत्कृष्ट अभिनयकाे साथै अमिताभ बच्चनकाे प्रेम को आँधीमा फसेका बादलकाे अभिनय मनमोहक छन भने विनोद खन्नाको छाेटाे भूमिकामा पनि चम्किलो अभिनय छन।राम्रा डाँका काे रूपमा मदन पुरी ठिक छन। चलचित्रमा सपन चक्रवर्ती द्वारा रचित संगीत गजब छन। "जिंदगी हंसने गाने के लिए है ....." "फुलों के देरे है...." "तुम भी चलो हम भी चले ...." आदि साहिर लुधियानवीयानवी द्वारा रचित किशोर कुमार द्वारा गाएको बिनाका गीतमा टप गीतहरु समावेश छन।चलचित्रमा सायरा बानु अमिताभ भन्दा बढी परिपक्व देखिएकाे कारण यीनीहरुकाे जाेडी मन पर्ने खाले छैन।
यो साल फिल्म उद्योगमा स्वस्थ प्रतिस्पर्धाकाे कारण सबै क्षेत्रबाट मनमोहक प्रशंसाको बाबजुद चलचित्रले कुनै पुरस्कार प्राप्त गर्न सकेन। कथानक त्यति बलियो नभएता पनि सुन्दर गीतहरू र राम्रो प्रस्तुतिकाे साथै कलाकारहरुको राम्रो अभिनयको कारण बी.आर चोपडाको यो चलचित्र एउटा नमुना चलचित्र भएर गएको भान हुन्छ जसलाई हेरुन्जेन भने नरमाइलो मान्न सकिन्न ।