हजुरको उत्कृष्ट साहित्य

हजुरको उत्कृष्ट साहित्य शब्दहरुकाे जाेड.....

07/07/2025
02/05/2025

दिल:- एक बार तो उसे देख्लू।
दिमाग:-ना,ना,एसा सोच्ना भी मत्।

दिल:-आज तो ईन्तजार कर्लो।
दिमाग:-फिरसे बेजत्ती होना हे क्या?

दिल:-अभी massage कर्ता हूं।
दिमाग:- हाहाहा...कित्ने बार ignor होजाओगे?

दिल:-ओ भी मुज्से प्यार कर्ता हे।
दिमाग:-अरे ओ मज्नु!!! जाग जा बर्न समल ना पाओगे कभी।

दिल:-देखो ना ओ कित्ना परेशान हे।
दिमाग;-जरा मेरे तरिकेसे सोच के तो देख,

दिल:-ओ प्यार चाहाता हे,साथ चाहाता हे,उस्के आखो में तो देखो।
दिमाग:- हे भोलेनाथ, ओ तुमे ना खुदका ना किसिका होने देराहाहे,
सम्झा करो बात।

दिल:-तेरा फाल्तु बकवास तेरे पास हि रख्।
दिमाग:- खैर फिरसे जिन्दा लास होना हि हे तो मे क्या कर सक्ता हुं।

दिल:- Hi,how are you.[2min letter]
Are you ok,[10min letter]
Are you still busy,[1hour letter]
Plz say something,[2 hour letter]
Seen..... Offline.............................
दिमाग:- हाहाहा हुहुहु....ये तो होना हि था🤣🤣

दिल:-सचमे मे कित्ना बेबकुफ था में,
दिमाग;-तेरा काम हि बेबकुफ होना हे,लोग केहेता हे,
तुफान कभी भी शितलता लेके नही आता,

दिल:-दिमाग कि चालमे दिलका माशुमियत दरियामे बेहे जाती है।
दिमाग:-अब आया समझमें,फिर से Try कर्ना हे।

दिल:- ना,ना...ना रे बाबा ना.
दिमाग:-🥰🥰🥰
-------‐-------------------------------------------‐‐-------------
PsL

08/04/2025

#ढुङ्गा

रातो घामको किरण अनि
सिरसिरे बतासको स्पर्शमा
चिर्चिर भॅगेराहरूको गायनमा
रूखका पातहरूको नृत्य...
आहा!!!!.सुनौलो बिहानी।

बिहानै चुपचाप
गन्तब्यमा हिड्दै थें,
अचानक...
ढुङ्गामा ठोकिन पुगे,
टिपेर फाल्न खोजेको
ढुङ्गा त निकै सुन्दर पो रैछ।
अडिए...
एकछिन नियालेर हेरिरहे
सोचे,
कति राम्रो ढुङ्गा,आहा...!
चेतनाले ठोकिएको खुट्टाको दु:खाई
महसूश नै गराएन।
दृष्टी ढुङ्गामा हूदाहुदै पनि
कतिखेर उठाईसकेछ,
त्यो मनमोहक ढुङ्गालाई।

चौतर्फी नियाले,
त्यो ढुङ्गाको सौन्दर्यलाई,
२,४ पटक हावामा उछाले
पुन: हत्केलामै टांसीरह्यो।
चालै पाईन,
माटो र धुलो हातमा लतपतिएको।
१,२ जनाले हेर्दै
राम्रो रैछ ढुङ्गा,भन्दैथ्यों,
बस! म मन्द मुस्कुराईदिए।

केहि पल ढुङ्गासंगै
पाईला चालिरहे,
अनायासै,
खुशीको अनुभव हुदैथ्यों।
ध्यान ढुङ्गामा भए पनि,
सोचमा परिवर्तन चलिरहेको थ्यों...

यहि ढुङ्गा हो..
मन्-दिरको भगवान,
यहि ढुङ्गा हो..
सुनमा जोडिएर सुनलाई पनि
फिक्का बनाउने,
यहि ढुङ्गा हो..
छानो बनेर ओत दिने,
यहि ढुङ्गा हो..
टाउको फुटाएर मान्छे मार्ने,
यहि ढुङ्गा हो..
लासलाई पुर्दा माथीबाट थिच्ने।

क्षणिक मोह जागेकै हो
ढुङ्गा प्रति,
शुन्यता चाहाने म
यति धेरै विषयधार बोकेको ढुङ्गा,
मेरो समिपमा हुनू हुदैन,
नत्र..
यसले मेरो शुन्यता खोस्ने छ।
अन्तत:
ढुङ्गा प्रतिको मोहलाई दुर गरिदिए,
खुद बाट।
जहां बाट उठाएको थिए,
त्यहि लगेर...
छोडिदिए।

म शुन्यतामै ठिक छु।
_____________________________
PsL

01/04/2025

मन तिम्रै हो,तन तिम्रै हो,किन डराउछौ?
यो सिङ्गो,जीवन तिम्रै हो,किन डराउछौ?
‐-----------------------------‐----------------------

आउ,प्रीतको भ्रुणलाई,ऑंगनमै फुलाऊ
यो दिलको,ऑंगन तिम्रै हो,किन डराउछौ?
-------------------------------------------------------

नसोध?प्रेम कति छ,नयनको महा-सागरमा
मुटु मेरो,धड्कन तिम्रै हो,किन डराउछौ?
------------------------------------------------------

कल्पनाको दुनियाॅमा,कल्पेर चित्र जोड्दा
दृष्य मेरो,नयन तिम्रै हो,किन डराउछौ?
------------------------------------------------------

सुन्दै मन बहलाउने,अदृष्य प्रेम कविताको
रचैता म,वाचन तिम्रै हो,किन डराउछौ?
------------------------------------------------------
PsL

26/03/2025

I lliw reven llet uoy,
I evoL uoY.

अन्धकार आकाशको,झिलमिल सितार हौ तिमी,
मेरो जिन्दगीको,एकाधिकार हौ तिमी।

यो स्वार्थी र स्वार्थले कुदिरहेको शहरमा
मेरा कात्रो ओडिसकेका तमंम रहरमा
जिवन्त प्राण फूकी सजायौ आफ्नै अधरमा
मौन या उमंगमा साथ दियौ हर_प्रहरमा।
खै,के भावले?धन्यवाद,दिउं तिमीलाई,प्रिय।

मरूभुमीमा वर्षात बनि आयौ
फिक्का जीवनमा ईण्द्रेणी बनि आयौ
एक्लोपनमा समापुर्णता बनि आयौ
प्यासमा योवन बनि आयौ।
खै,कुन कुरामा?धन्यवाद,दिउं तिमीलाई,प्रिय।

असफल्तामा सफलता हौ तिमी
रित्तोतनमा भकारी हौ तिमी
यात्रामा गन्तब्य हौ तिमी,अनि
जिन्दगीको प्राण हौ तिमी।
खै,कस्तो मिश्श्रितमा?धन्यवाद,दिउं तिमीलाई, प्रिय।

मुनाले मदनलाई चांहे जस्तै चांह्यै
पीपल छेउमा वर आए जस्तै आयौ
फलाम र चुम्बकले प्रेम लाए जस्तै लायौ
कृतग्या छू म,तिम्रो त्यो मुटुमा सजायौ ।
खै,के प्रसंगमा?धन्यवाद,दिउं तिमीलाई,प्रिय।

अकल्पनिय विचारहरूको, तिमी नै हो उत्सर्ग
प्रभातमा लाली घामको न्यानो, तिमी नै हो स्पर्श
मेरो सम्पुर्ण मन्जिलको, तिमी नै हो संघर्ष
असीमित तर्कको मन्थनबाट प्रकट, तिमि नै हो सूतर्क
खै,कुन स्वरूपमा?धन्यवाद,दिउं तिमीलाई,प्रिय।

म आगो हुंदा,पानी बन्यौ
म निरास हुंदा,हौसला छर्यौ
म चोटमा हुंदा मलम बन्यौ
म अर्थ हिन हुंदा,प्रेम गर्यौ
खै,कस्तो परिस्थितीमा?धन्यवाद,दिउं तिमीलाई,प्रिय।

म तयर छू,म राजी छू,स्व:ईच्छाले....
पानीमा चिनी जस्तै,नुन जस्तै,
आफ्नो अस्तित्व मेटाएर
तिमीमा बिलय हुन।

आउ....प्रेम यसरी गांसौ,
ढुङ्गाले माटो,माटोले पानी,
पानीले खोली,खोलीले सगर,
सगरमा आसिम प्रेम,
प्रेममा तिमी र म।

आउ.....विश्वास यसरी राखौं,
बिहानीमा रवि,रातमा पुर्णिमा,
आस्थामा भगवान,
मौनतामा बूझाई,
एक_अर्कामा समर्पण।

आउ.....यी हात यसरी समाऔं,
हामी छूट्टै आयाममा छौ,
प्रेमिल दरियामा पौडिदै छौ,
बस्!यहां...
साथ छ,प्रेम छ,प्रेमिल गतिविधी छ,

जब हात छुट्छ,प्रेम छुट्छ,
प्रेमिल गतिविधी छुट्छ,
त्यो पल केबल
मृत्युको होस्।

PsL

Address

Kavrepalanchok
Kathmandu

Alerts

Be the first to know and let us send you an email when हजुरको उत्कृष्ट साहित्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category