Anil 'Kirtey'

Anil 'Kirtey' संसार्को गति आकाशको रकेट तिर छ
हाम्रो गति अर्काको पकेट तिर छ ......... हास्य र व्यङ्ग्य सँगसँगै

22/03/2026

पुल बनेको देखेपछि खोला त आफैँ आएर पसिहाल्छ नि !😂

18/03/2026

यस्ता रमाइला दिन फर्केलान् र अब !😂😂

16/03/2026

🤔🤔

18/02/2026

एक पटक हर्नुहोस् यो ।

15/02/2026

बोल्न थालेकै हुन् जनता ?🤔

14/02/2026

जनता बोल्न थाले ।
के अब परिवर्तनको आभास भएको हो त ?🤔

21/01/2026

अमेरिका कति शक्तिशाली छ भन्ने एउटा सानो दृष्टान्त हेरम् है !
सिङ्गो फ्रान्स या भारतको अर्थतन्त्रभन्दा एउटा अमेरिकी कम्पनीको बजारमूल्य बढ़ी छ !

एकछिन कल्पना गर्नुस् त, रसियाको त्यत्रो विशालकाय भूगोल, जनसङ्ख्या, त्यत्रा ठूला कम्पनीहरू, खनिज, व्यापार र त्यहाँका सयौं विशाल कम्पनीहरूको वार्षिक उत्पादन एकातिर राख्ने र अर्कोतिर जम्मा एउटा अमेरिकी कम्पनी एनभिडियालाई राख्ने हो भने पनि त्यसकै पल्ला भारी हुने रहेछ । जम्मा एउटा कम्पनीको अगाडि त्यत्रो रसिया, ब्राजिल र जापानजस्ता देश फुच्चेजस्तो लाग्ने रहेछन् !

अमेरिकी दादागिरीको मुख्य स्रोत यसको अतुलनीय अर्थतन्त्र, बजार र टेक्नोलोजी हो ! तेरो टोटल सम्पत्ति जति त मैले बगैंचेलाई टिप्स दिन्छु भनेजस्तो स्थिति छ ।

विश्वकै ठूलो बजार पूँजीकरण (मार्केट-क्याप) भएको एनभिडिया कम्पनीको आजको कुल बजारमूल्य ४.५ ट्रिलियन डलरमाथि छ । तुलनाका लागि बेलायतको जीडीपी जम्मा ४ ट्रिलियन डलरको छ । रसियाको २.५ ट्रिलियन डलरको अर्थतन्त्र त यसको अगाडि साह्रै सानो देखिन्छ । झन्डै ३६ हजार कामदार रहेको यो कम्पनीलाई एउटा देश मान्ने हो भने अमेरिका, चीन र जर्मनीपछि यो चौथो ठूलो अर्थतन्त्र बन्ने रहेछ । केही महिनाअघि यसले जर्मनीलाई समेत उछिनेको थियो । बजार खुलेको दिन नेपालको बजेटजति साइज त एकदुई घण्टामैं तलमाथि हुन्छ ।

रोचक त के छ भने संसारकै ठूलो यो कम्पनीले केही पनि उत्पादन गर्दैन । यसले मूलतः कम्प्युटर या एआई चिप्स (सेमिकन्डक्टर) डिजाइन गर्छ र त्यसको उत्पादन गर्न ताइवानको TSMC लाई ठेक्का दिन्छ । सामसुंगजस्ता अन्य कम्पनीले पनि थोरै धेरै उत्पादन गर्छन् । आज एआईको जति चर्चा र प्रभाव छ, त्यसको मुटुमा यही कम्पनी छ । यसले अद्भुत र आश्चर्यजनक पूर्वाधार बनाएर एआईलाई कल्पनाबाट यथार्थ बनाइदिएको छ । आज मोबाइलदेखि कार, रकेटदेखि सीटीस्क्यान र सामान्य घड़ीदेखि वासिंग मेशिनसम्म जति पनि आधुनिक उपकरण छन्, तिनलाई चिप्सले चलाउँछ । प्राणीभित्र आत्मा हुन्छ भनेजस्तै आजको आधुनिक संसारको आत्मा चिप्स नै हो र एनभिडिया त्यसको राजा हो । अबको विश्वराजनीति तेलबाट चिप्सतिर सर्दै पनि छ । बौद्धिक सम्पत्ति भौतिक सम्पत्तिभन्दा ठूलो हुने रहेछ । टेक्नो-क्यापिटालिज्मको यो युगमा अमेरिका अत्यन्तै शक्तिशाली देखिन्छ !

विश्वभरका तेज र उत्कृष्ट दिमागहरू एनभिडिया र अमेरिकी कम्पनीका लागि काम गर्छन् । हाम्रो दैनिक जीवन पनि जानीनजानी यिनै कम्पनीले नियन्त्रण गरिरहेका छन् ।

कुनै एउटा अखबार नछापी फेसबुक आज विश्वको सबैभन्दा ठूलो मिडिया प्लेटफर्म बनेको छ । अमेरिका कहिल्यै नटेकेका करोडौंले युट्युब र फेसबुकबाट लाखौं कमाइ गरिरहेका छन् ।
ट्याक्सी नै नकिनी उबर विश्वको ठूलो ट्याक्सी कम्पनी बनेको छ । एउटा कार बनाउने भनेर खुलेको टेस्ला कम्पनीको बजारमूल्य विश्वभर तेल बेचेर धनी बनेको साउदी अरबभन्दा ठूलो छ । आज गुगलबिना पनि जीवन हुन्छ र भन्ने धेरैलाई लाग्छ । यी अमेरिकी कम्पनी विश्वका पचासौं देशको अर्थतन्त्रभन्दा ठूला छन् । आजसम्म आर्थिक नाकाबन्दी भन्ने सुनिएको थियो, भोलि प्रविधिबन्दी हुने हो भने धेरै देश ठप्प हुन्छन् ।

यो स्तरको अत्यन्त असमान आर्थिक शक्तिले गर्दा पनि अमेरिका अन्तर्राष्ट्रिय कानुनभन्दा आफूलाई माथि राखेर अरू सबैलाई हेप्ने गर्छ ! कुनै बेला शक्तिशाली मानिने युरोप आज दिनदिनै हेपाइ र गाली खान विवश छ । शक्तिको साइज नै त्यति भयङ्कर रूपले फरक भएपछि कसको के लाग्छ र !

पैसा नै सबैथोक त होइन तर पैसा नहुने पाहुना घर आउँदा हामी आफैले गुन्द्रुक पकाएर खुवाउँदा रहेछौं । अलि धनी र सुकिलोमुकिलो आए भने पनीर किन्न बजार दौडिने रहेछौं । दक्षिणा दिने बेला पनि जोसँग पहिल्यै धेरै धन छ, उसैलाई बढ़ी दिने र राम्रो उपहार दिने चलन छ । एकदम गरिब साथीलाई आइफोन किनेर उपहार दिने कमै हुन्छन् !
ए अँ, आइफोन भनेपछि याद आयो, फोन त आज अरू देशले पनि बनाउँछन् तर अमेरिकाले बनाउने आइफोनलाई मात्रै फोन भनेर त्यही ल्याइदिन आग्रह गर्ने मान्छे विश्वमा धेरै नै छन् ! तपाईंलाई त पक्कै आइफोन मन पर्दैन होला !

शुभदिन !

नारायण गाउँलेको फेसबुकबाट।

20/01/2026

बाँझो खेतमा छड्के सलाम छ मायालाई पैलो भेटमा..
viral

सञ्जय दत्त is in casino for Nepal😀
10/01/2026

सञ्जय दत्त is in casino for Nepal😀

10/01/2026

उता रमाइलो छ ।😀

अमेरिका यस्तो यौटा ह्यामर हो जसले जता हेरेपनि किला, काँटीमात्र देख्छ, अनि नठोकेर के गर्ने ?🤔=====यो गजब कार्टुन कलाका ला...
06/01/2026

अमेरिका यस्तो यौटा ह्यामर हो जसले जता हेरेपनि किला, काँटीमात्र देख्छ, अनि नठोकेर के गर्ने ?🤔
=====
यो गजब कार्टुन कलाका लागि सोल्टी राजा अनुप तमुजीलाई धेरै ताली ।👏👏👏👏👏

तालिम चल्दैछ ।आशिर्वाद दिनुहोस् ।
04/01/2026

तालिम चल्दैछ ।
आशिर्वाद दिनुहोस् ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Anil 'Kirtey' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Anil 'Kirtey':

Share