Laugh NEPAL Laugh

Directions Contact the establishment

Laugh NEPAL Laugh Smile Every Moment
Follow Us on Twitter & Instagram . Its an official Laugh NEPAL Laugh Page. Main Laugh NEPAL Laugh was hacked at 219k likes.
(2)

So Don't Forget to smile. Smile Every Moment.

31/08/2026

स्थानीयलाई राहत वितरणको जिम्मा दिँदा वास्तविक पी'डितहरूले राहत नै नपाएको गुनासो...
भिडियो कमेन्टमा

रुद्रगण धार्मिक संस्थाको मानवीय पहलबुटवलबाट बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ र सहयोगको हात बढाउँदै, संकलि...
30/08/2026

रुद्रगण धार्मिक संस्थाको मानवीय पहल
बुटवलबाट बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ र सहयोगको हात बढाउँदै, संकलित राहत सामग्री रसुवातर्फ पठाउँदै।
दुःखमा साथ दिनु नै सच्चा मानव धर्म हो।

मान्छेले न चिनेको डा. निकोलस भुसाल  🙏🙏
30/08/2026

मान्छेले न चिनेको डा. निकोलस भुसाल 🙏🙏

29/08/2026

तीन दिन शव व्यवस्थापन केन्द्रमा बसेर देखेको र भोगेको कुरा
भरतपुरमा शव व्यवस्थापनको अवस्था कति कठिन थियो भन्ने कुरा बाहिर बसेर अनुमान गर्न सायद गाह्रो हुन्छ। तीन दिन शव व्यवस्थापन केन्द्रमा बसेर काम गर्दा मैले जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।

गर्मीको समयमा बाहिरबाट हेर्दा पैसाले सबै कुरा सहज हुन्छ जस्तो लाग्न सक्छ। तर वास्तविक धरातलमा कस्तो समस्या थियो भन्ने कुरा त्यहाँ काम गर्नेहरूलाई मात्र थाहा थियो। आफन्तहरू आउनुहुन्थ्यो, तर आफ्नै मान्छेको अवस्था देखेर सम्हाल्न नसक्ने स्थिति थियो। कतिपयले त आफैं भन्नुभएको थियो— “हामी यस्तो अवस्थामा सम्हाल्न सक्दैनौँ, बरु तपाईंहरू नै अन्त्येष्टि गरिदिनुस्।”

पहिचान हुन नसकेका शवहरूको अवस्था झन् गाह्रो थियो। यस्तो सङ्कटको समयमा सामान्य सुक्खा हिउँसमेत सहजै पाउन नसकिने अवस्था थियो। शव राख्ने उपयुक्त ठाउँ र शवगृहको व्यवस्था कहाँबाट गर्ने भन्ने अर्को ठूलो चुनौती थियो। भन्न सजिलो हुन्छ, तर त्यहाँ उभिएर काम गर्नेलाई मात्रै वास्तविक कठिनाइ थाहा हुन्छ।

सबैभन्दा दुःख लाग्ने कुरा के थियो भने धेरै शव खोज्न आफ्ना मान्छेहरू नै आउनुभएन। आउनेहरू पनि प्रायः रसुवा र नुवाकोट बाहेकका बाहिरी जिल्लाबाट हुनुहुन्थ्यो। आफ्नै मान्छेको शव लिनसमेत कोही नआउने अवस्था देख्दा मन नै भारी हुन्थ्यो।

हामी भएको ठाउँ नारायणी आसपास थियो। चितवनमा मृत शरीरहरू ८–१० घण्टापछि पानीमा ढाडिएर आइरहेका थिए। शवको अवस्था यस्तो थियो कि धेरैलाई हेर्दा पहिचान गर्न सम्भव नै थिएन। मैले १०० भन्दा बढी शव देखेँ होला, तर अनुहार स्पष्ट भएर चिन्न सकिने एउटा मात्र भेटेँ।

ट्याटुबाट समेत पहिचान गर्न सकिने अवस्था थिएन। छाला नै निस्किएर गएको, मुख र आँखा सुन्निएको अवस्था थियो। कतिपय अवस्थामा महिला र पुरुष छुट्याउनसमेत गाह्रो हुने अवस्था थियो।

चितवनले सकेको तयारी गरिरहेको थियो। तर हामीले सोचेको भन्दा धेरै छिटो शवहरू बिग्रिन थाले। एकै दिनमा यस्तो अवस्था आउँछ भन्ने हामीले पनि कल्पना गरेका थिएनौँ।

अस्थायी रूपमा एउटा जुगाडकै भरमा तापक्रम सन्तुलन हुने कोठा बनायौँ। करिब ७–८ डिग्रीमा तापक्रम सन्तुलन भएको थियो होला। तर त्यसको क्षमता पनि करिब ६० वटा शवसम्म मात्र थियो। त्यसपछि के गर्ने भन्ने चिन्ता अर्को थियो।

त्यसैले कसैको शवको महत्त्व नबुझेर वा बेवास्ता गरेर त्यस्तो व्यवस्थापनको बाटो रोजिएको थिएन। त्यो बाध्यता थियो।

साथीहरूले असन्तुष्टि जनाउनुभएको केही पोस्टहरू पनि देखेँ। सरकार अभिभावक हो, घरमा बा–आमासँग गुनासो गरेजस्तै सरकारसँग गुनासो गर्न पाइन्छ। प्रश्न गर्नुपर्छ, कमजोरी देखाउनुपर्छ र सरकारलाई घच्घच्याइरहनुपर्छ।

तर हामी पनि यही देश र यही सरकारका छोराछोरी हौँ। त्यहाँ बसेर हामीले कसरी अझ राम्रो गर्न सकिन्छ भनेर सोचिरहेका थियौँ। त्यतिबेला दोष कसलाई दिनेभन्दा पनि अब के गर्न सकिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण थियो।

अब यस्ता विपद्का लागि देशभर कम्तीमा ४–५ वटा ठूला केन्द्र तयार गर्नुपर्ने देखिन्छ, जहाँ एकैपटक १००–२०० भन्दा बढी शव सुरक्षित रूपमा राख्न सकियोस्। सेनाका होल्डिङ सेन्टरहरूलाई पनि आवश्यक पर्दा यस्तो व्यवस्थापनसँग आबद्ध गर्न सकिने सम्भावना देखिन्छ।
त्यो विचलित भएर एकअर्कालाई दोष दिने समय थिएन। हामीले सोचेको भन्दा धेरै ठूलो धनजनको क्षति भएको थियो। यस्तो बेला सबै फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने रहेछ।
सरकारलाई सचेत गराऔँ, प्रश्न गरौँ, कमजोरी भए औँल्याऔँ, घच्घच्याइरहौँ। तर एकोहोरो विरोध मात्र गरेर समस्या समाधान हुँदैन। त्यहाँ खटिएका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले पनि आफ्नो ठाउँबाट सक्दो उत्कृष्ट प्रयास गरिरहेका थिए।
ती तीन दिनले मलाई धेरै कुरा सिकायो। केही दृश्य र अनुभवहरू शब्दमा लेखेर मात्र व्यक्त गर्न सकिँदैन।यस्तो भयावह माहौल फेरि कहिल्यै देख्न र भोग्न नपरोस्।

दिवंगत हुनुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जली।
हराइरहनुभएका सबै सकुशल भेटिनुहोस्—यही नै मनदेखि कामना।

मेरो देशले आजभन्दा अगाडी जनताको लागि यतिसम्म खट्ने, रातदिन नभनी काम गर्ने गृहमन्त्री पाएको थिएन । Huge Respect Sudan Gur...
29/08/2026

मेरो देशले आजभन्दा अगाडी जनताको लागि यतिसम्म खट्ने, रातदिन नभनी काम गर्ने गृहमन्त्री पाएको थिएन ।

Huge Respect Sudan Gurung 🙏🇳🇵

28/08/2026

प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुहोस्, अनि सहयोग गरेको कुरा फेसबुकमा सामाजिक संजालमा पनि मज्जाले पोस्ट गर्नुहोस्, ताकि अरूलाई पनि "यसले त गरेछ, म पनि गर्छु" भन्ने सोच आवोस ।

कहिलेकाहीँ आफूले गरेको सहयोग देखाउँदा यदि देश र हाम्रो सानै भएपनी सहयोगको आवस्यक परेका मानिसहरूलाई थप सहयोग जुट्न मद्दत हुन्छ भने, त्यसमा कुनै गलत कुरा छैन। कसैले केही भने पनि फरक पर्दैन, मज्जाले देखाएर सहयोग गर्नुहोस् र अरूलाई पनि सहयोग गर्न प्रेरित गर्नुहोस्। 🙏🇳🇵

पहिलोचोटि कान्तिपुरको पत्रिका मनपर्यो ❤️❤️
28/08/2026

पहिलोचोटि कान्तिपुरको पत्रिका मनपर्यो ❤️❤️

27/08/2026

आज बाटोमा हिडिरहेको बेलामा जे सुने , ‘बाबा, मलाई यस दशैंमा नयाँ कपडा पर्दैन, त्यो पैसा प्रकोपमा परेकाहरुको सहयोग गरौँ।’

त्यो कुरा सुनेपछि मन भावुक भयो। सायद हाम्रा सबै नानीबाबुहरूको मनमा पनि यस्तै माया, करुणा र देशप्रतिको भावना लुकेको छ।

नानीबाबुहरूलाई सानैदेखि देशप्रेम, मानवता, सामाजिक जिम्मेवारी र संकटमा एकअर्काको साथ दिनुपर्ने संस्कार सिकाउँनुपर्छ। आजको एउटा सानो त्यागले भोलि जिम्मेवार र संवेदनशील नागरिक जन्माउन सक्छ। 🙏🇳🇵

Live Photo: Narayani River !!
27/08/2026

Live Photo: Narayani River !!

Address

Kathmandu
Kathmandu
10001

Website

Alerts

Be the first to know and let us send you an email when Laugh NEPAL Laugh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Laugh NEPAL Laugh:

Shortcuts

Share