08/09/2026
आमा ! जो बिना जिबनको सुरुवातै छैन💕
सुरुवात मै सम्पूर्ण आमाहरुलाइ हार्दिक नमन🫶, सम्पूर्ण नारीहरुलाइ हार्दिक सम्मान 🙏❤️
थाहा छैन मेरो भाग्य कस्तो छ, यो जिन्दगीले कता लाने हो, कहा लगेर अन्त्य गराउने हो, सफलता भनेको के हो? सफल हुनु भनेको के हो? म जान्दिन बस यत्ति जानेको छु कर्म गर्न, मेहेनेत गर्न, म जान्ने हुनेबेला देखि मेरो मनले रोजेको कला क्षेत्रमा एक दशक भन्दा धेरै समय पार गर्दै यहा सम्म आउदा मलाइ लाग्यो, म अब कलाकारिता बाहेक केहि पेसा ब्यबसाय आट गर्न नसक्ने भैसकेछु !
न मलाइ कुनै संघ संस्थाले सम्मान दिएन भन्ने गुनासो छ, न मलाइ कसै प्रति आश छ , मलाइ यत्ति थाहा छ कर्म एक्लै गर्ने हो सफलतामा सबै झुम्मिन्छन !
यो क्षेत्र मलाइ निकै मन पर्छ किनकि, सबै भन्दा मनकारी मान्छे जम्मा हुने ठाउ भनेको नै कलाकारिता क्षेत्र रैछ यसो भन्दै गर्दा अरु क्षेत्रका मान्छे कठोर हुन्छन भन्न कदापि खोजेको हैन तर ठुलै केहि परोस त, अल्लि धेरै चाहि कलाकारहरु नै एक जुट भएर सहयोग गर्न तम्सिन्छन, तन -मन -धनले, मात्र एक बैगुन छ कलाकारीतामा, जो पनि पहिलो हुन खोज्ने भागदौडमा एक अर्काको सृजनालाइ सपोर्ट भने फिटिक्कै गर्दैनन, जिउदो हुदा भन्दा मिर्त्युमा बढी सपोर्ट गर्ने परम्परा हटिदिने हो भने र पालै पालो पहिलो हुने प्रवृत्ति बसाउने हो भने यो कला क्षेत्र जस्तो राम्रो कुनै क्षेत्र छैन होला सायद 🌸🎶 जे होस आज दिल खोलेर भन्न मन लाग्यो, मेरो मिर्त्यु कला देखाउदा देखाउदै होस भगवान ! तैट अल्लि धेरै नै बनेकि क्याहो ! सरि ल 🙏
पर्देशि काइलो २ "छोरी" गीत सृजना गर्दा सोचेको पनि थिन म नै यसरी खेल्छु भिडियोमा भनेर, दुइ बर्स जति त यो गीत रेकर्डिङ भएर नै बस्यो, थाहा छैन किन एक्कासि भिडियो गर्ने उर्जा आयो, एका एक पोजेटिभ उर्जाको को आगमन भयो मेरो जिबनमा अनि दिमागमा आयो एक स्त्री पात्र, जस्लाइ म आफैले निभाउने कोशिस गर्न मन लाग्यो ! सम्झे आमाको पिडा, आज भोलि अधिक मात्रामा हुने सम्बन्ध बिच्छेदबाट पिडित दिदि बहिनिहरुको पिडा अनि उतारे मैले सक्ने जति कोशिस गरेर🎥यसरी नै निर्माण हुन पुग्यो एक मर्मस्पर्शी गीत "छोरी" मन परे एक कमेन्ट र एक शियर गरेर भनिदिनु होला तिम्रो मेहेनेत राम्रो लाग्यो,मन नपरे कन्जुस नगरि भनिदिनु होला, मैले अझै के सुधार गर्नु पर्ने छ मेरो कलामा❣️ है हजुर ❣️✍️🎼🫶
डि.आर सुजन
https://youtu.be/S7mGJDPUYmQ?si=japMYm3lLZBg6Xqy