27/06/2020
गएको वर्ष यतिबेला हामी नेपाल नृत्योत्सव तयारीको अन्तिम चरणमा थियौं । अत्यन्तै चटारोमा थियौं । चटारोको आनन्द बेग्लै थियो । यो वर्ष, यतिबेला हामी बन्दाबन्दीमा छौं । असीमित फुर्सदमा छौं । फुर्सदको पीडा बेग्लै छ ।
हामीले जानीनजानी त्यतिबेलै भनेका थियौं- तपाइलाई संस्कृति मन पर्छ भने हामी फेरि एकपटक भेट्नेछौ ।
तपाइलाई नृत्य मन पर्छ भने हामी फेरि एकपटक भेट्नेछौ ।
र, यसपटक हामी यसरी भेट्दैछौं ।
अबको आठ दिनपछि क्यालेन्डरमा त्यो दिन आउनेछ जुन दिन हामीले नेपाल नृत्योत्सवको भव्य र सभ्य शुरुवात गरेका थियौं । सोहि भव्यता र सभ्यतालाई सम्झदै आजदेखि एक सातासम्म हामी हरेक दिन नेपाल नृत्योत्सवमा प्रदर्शन गरिएका नृत्यहरु, आयोजना गरिएका बहसहरु र साटिएका संस्कृतिहरुको एक्स्क्लुसिभ भिडियो युट्युबमार्फत पोष्ट गर्नेछौं । यो शून्य समयलाई हामी सम्झनाको समय बनाउन चाहन्छौं ।
यो उत्सव आयोजना गर्न हामी लाई तपाईं सबैको साथ र सहयोग मिलेको थियो, हामी त्यसलाई पनि सम्झन चाहन्छौं । हाम्रो भिडियो हेरेर यसलाई धेरैभन्दा धेरै दर्शकसम्म पुर्याएर सहयोग गरिदिनुहुन तथा हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिरहनुहुन हार्दिक अनुरोध गर्दछौं ।
सधैझैं यसपटक पनि न्यानो मायाको अपेक्षा गरेका छौं ।
Poya Podo is a unique dance form prevailed in Dhimal community of Nepal Nepal Nrityotsav 2019 had invited Dhimal Yuva Samuha from Belbari to perform Poya Pod...