21/08/2026
मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा रास्वपा सांसद आशिका तामाङ र नगरप्रमुखहरूबीच ती'व्र वि'वाद भएको छ।
सञ्चारमन्त्रीको संयोजनमा ९ जना मेयर उपस्थित बैठकमा टोखाका मेयर बोल्नासाथ हिँड्न खोजेपछि सांसद तामाङले आ'पत्ति जनाएकी थिइन्। चर्काचर्कीपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितले उनलाई सम्झाउन खोजेका थिए । यद्यपि सांसद तामाङ भने थप आक्रोशित बनिन् । त्यस क्रममा ललितपुरका मेयर चिरिबाबु महर्जनले उनको शैली आ'क्राम'क भएको भन्दै फोहोर व्यवस्थापनको इतिहास बुझ्न सुझाएपछि च'र्काच'र्की भएको थियो।
आक्रोशित तामाङले अबको बैठक बन्चरे डाँडामै हुने चे'ता'वनी दिँदै बैठक बहिष्कार गरिन्।
आशिका बाहिरिएपछि मेयर महर्जनले आफूहरूको मा'नम'र्दन भएको भन्दै मन्त्रीसमक्ष आ'पत्ति जनाए र आगामी दिनमा बैठक नियन्त्रण गर्न सिकेर मात्र छलफल डाक्न चे'तावनी दिए।
‘त्यतिकै बेस्सरी कराएर हुन्छ ? मेयरसाबलाई कराएर हुन्छ ?,’ मेयर महर्जनले सांसद तामाङलाई प्रश्न गरेका थिए ।
सो प्रश्नको जवाफमा प्रतित्यूर दिँदै सांसद तामाङले भनिन्, ‘आउनु पर्यो नि ।’ पुन: मेयर महर्जनले जवाफ फर्काउँदै भने, ‘आउँदै हुनुहुन्छ त ।’
लगत्ततै ‘बञ्चरेडाँडका मान्छे होइन ?,’ तामाङले प्रश्न गरिन् ।
अहिलेसम्म स्थानीय सरकार आँखा चिम्लिएको आरोप उनले लगाएकी थिइन् । भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी दिँदै सांसद तामाङले बैठक नै छाडेर हिंडिन् ।