Theatre Centre For Children - TCC Nepal

Theatre Centre For Children - TCC Nepal TCC Nepal is devoted for Children, young people and parents with family theatre & others plays.

हाम्रा प्यारा नानीबाबुका प्यारा आमाबुबाहरु–अभिभावकहरु,🙏✍️ फेरि बालबालिकाका लागि थिएटर कार्यशाला लिएर आउँदा हामी खुशी छौं...
11/06/2026

हाम्रा प्यारा नानीबाबुका प्यारा आमाबुबाहरु–अभिभावकहरु,🙏
✍️ फेरि बालबालिकाका लागि थिएटर कार्यशाला लिएर आउँदा हामी खुशी छौं । किनकी हामी थिएटरमा पनि विशेषगरी बालबालिकाको लागि केही गर्न मन गर्छौं र केही गर्न पाउँदा खुशी हुन्छौं । त्यसैले थिएटर सेन्टर फर चिल्ड्रेन, थिएटर मल र आसितेज नेपालले गर्दै आएको लिटल थिएटर गराज लाई हामीले यसपटक गार्डेनको नाममा रुपान्तरण गरेका छौं ।
https://forms.gle/NsbTqz2agT51WtjX7
👉 वार्षिक रुपमा ११ औं कार्यशाला सम्पन्न गरिसकेपछि यसपटक हरेक सप्ताहान्तको कक्षा तथा कार्यशाला लिएका आएका छौं । यो विशेषतः नाटक र अभिनयको कार्यशाला हो । तर थिएटर आफैमा विविध कलाको समिश्रण भएकोले यसमा कलाका विभिन्न माध्यमको साक्षात्कार गरिन्छ ।
👉 कार्यशालामा अभिनय र अभिनयसँग सम्बन्धित स्टोरीटेलिङ, सिर्जनात्मक लेखन, पब्लिक स्पिकिङ, चित्रकला, नृत्यलगायत समाहित हुनेछन् ।
👉 साथै जीवन र जगतसँग नजिक हुनका लागि उमेर समूह अनुसार विभिन्न गतिविधिहरु समेटिनेछन् ।
👉 यस कार्यशालाले बालबालिकालाई पर्फेक्ट कलाकार बनाउने भन्दा पनि कला मार्फत उनीहरुको व्यक्तिगत र व्यक्तित्व विकासमा सघाउने उद्धेश्य राखेको छ ।
👉 थिएटरका विधिमार्फत बालबालिकाको आत्मविश्वास र मञ्चसँगको साक्षात्कारबाट सार्वजनिक साक्षात्कारका लागि पहल गरिनेछ ।
👉 यो कार्यशालाको कक्षा साताको एकपटक २ देखि २:३० घण्टाको हुनेछ । यो एक वर्षको अवधिको कार्यशाला हो । एक वर्षभित्र समग्रमा ५० वटा कक्षा कार्यशालाको पूर्ण अवधि हो ।
👉 कार्यशालामा ७ देखि १४ वर्षको बालबालिका सहभागी हुन सक्छन् ।
👉उमेर समूह अनुसार समूह विभाजन गरेर कार्यशालाका कक्षाहरु हुनेछन् ।
👉 लिटल थिएटर गार्डेन शनिबार वा आइतबार काठमाडौंको विभिन्न ५ स्थानमा सञ्चालन हुनेछ । (मण्डला थिएटर–बानेश्वर, थिएटर मल–कीर्तिपुरका साथै जावलाखेल, चावहिल र बूढानीलकण्ठमा हुनेछ ।)
👉 एकवर्षको अवधिमा कार्यशाला अन्तर्गत बालबालिकाको सक्रियता र क्षमता विकासका लागि थप विभिन्न नाट्य कार्यक्रमहरु, सिर्जनात्मक कार्यक्रमहरु, थिएटर ट्रेकिङ लगायत हुनेछन् ।
👉कार्यशालाको अन्तिममा प्रशिक्षित बालबालिकाहरु संलग्न भएको र अभिनित नाटकको निर्माण गरिनेछ ।
👉 कार्यशालाको अन्तिम दिन व्यवसासियक थिएटरमा ग्राण्ड शो हुनेछ।
👉 कार्यशालापछि बालबालिका र अभिभावकको रुचीअनुसार नाटक, फिल्म, म्यूजिक भिडियोलगायत सिर्जनाहरुमा सहभागीताको अवसर पनि पाउन सक्ने सुन्दर सम्भावनाहरु रहनेछन् ।
👉कार्यशालाको डायरी, पेन, परिचय पत्र, टिसर्ट उपलब्ध गराइनेछ ।
👉सुरुमा एकपटकको लागि रजिस्ट्रेसन शुल्क रु ५००/- कार्यशालाको मासिक शुल्क ३००० रुपैयाँ हुनेछ । (यो शुल्क १२ महिना नै भुक्तानी गर्नुपर्नेछ । विभिन्न चाडपर्वमा हुने विदाका समयको कक्षाहरु रिकभर हुनेगरी समग्रमा कार्यशाला ५० साताको नै हुनेछ ।)
👉तपाईंले आफ्नो सिट सुरक्षित गर्न यो गुगल फारम भर्नुभएपछि आयोजकले कन्फर्म गर्न फोन गर्नेछ ।

यसअघिका कार्यशालाका तस्वीरहरु र गतिविधि हेर्न यहाँ क्लिक गर्नुहोस

⛳️ आयोजक संस्थाहरु बारे
थिएटर सेन्टर फल चिल्ड्रेन (टिसीसी नेपाल) नेपालमा बाल रङ्गमञ्च स्थापित र प्रवद्र्धन गर्न कटिवद्ध अग्रणी संस्था हो । यो बाल रङ्गमञ्चको अन्तर्राष्ट्रिय छाता संस्था ‘आसितेज–इन्टरनेशनल, एशोसिएसन अफ थिएटर फर चिल्ड्रेन एण्ड योङ पिपल’मा आवद्ध संस्था हो । आसितेजको नेपाल सेन्टर ‘आसितेज नेपाल’सँग सहकार्य गर्दै विगत लामो समयदेखि बालबालिकाका लागि नाटकहरु सिर्जना गर्ने, मञ्चन गर्ने तथा बालबालिकालाई पनि नाटक र रङ्गमञ्चमा सहभागी गराउने कार्यहरु गर्दै आएको छ । वि.सं.२०७१ म स्थापित थिएटर मल नाटकघरको जननी संस्था पनि टिसीसी नेपाल हो । नियमित नाटक मञ्चन गर्ने काठमाडौंको छैटौं संस्थाका रुपमा थिएटर मलले त्यसयता दर्जनौं नाटकहरु मञ्चन गरिसकेको छ । त्यसमा थुप्रै नाटकहरु बालबालिका लक्षित थिए भने केही अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलमा सहभागी भइसकेको छ । साथै आफैले पनि अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलको सह आयोजना गरिसकेको छ । आगामी वर्ष नेपाल अन्तर्राष्ट्रिय बालनाट्य महोत्सव आयोजनाको तयारीमा छ । थिएटर सेन्टर फर चिल्ड्रेनले निर्माण गरेको बालनाटक गुलियो स्याउः अ स्विट एप्पल हालसालै मंगोलियाको विभिन्न सहरमा मञ्चन भ्रमण गरेको थियो ।

⛳️ कार्यशालाको प्रमुख मेन्टरबारे
KERDAR SHRESTHA | यस कार्यशालाको अवधारणा तय गर्ने युवा रङ्गकर्मी केदार श्रेष्ठको टिम कार्यशालाको मेन्टर रुपमा रहनुहुनेछ । उहाँ बालसाहित्य सर्जक, स्टोरीटेलर तथा चलचित्रकर्मी पनि हुनुहुन्छ । नेपाली रङ्गमञ्चमा करिब दुई दशकको यात्रा गरिसक्नुभएको उहाँ अवधारणगत र अभ्यासगत दुवै रुपमा नेपालमा बालबालिकाका लागि रङ्गमञ्च स्थापित गर्न लागिपर्ने अग्रणी रङ्गकर्मी हुनुहुन्छ ।

२०६६ सालमा शैली थिएटरले सुरु गरेको राष्ट्रिय बालनाटक महोत्सवको मुख्य परिकल्पनाकारमध्ये एक हुनुहुन्छ । उहाँ उक्त महोत्सवको सुरुवाती चार संस्करणको संयोजक समेत हुनुहुन्छ। रङ्गमञ्च र साहित्यको अग्रसरताका लागि मोती पुरस्कारबाट पुरस्कृत उहाँ नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५ देखि संयोजक छन् ।

बालसाहित्यका ६ पुस्तक प्रकाशित उहाँ बालसाहित्य पुरस्कारहरुबाट पुरस्कृत हुनुहुन्छ । उहाँको निर्देशनको बालचलचित्र ‘जुनुको जुत्ता’ ले २५ भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । त्यस्तै उहाँ २०२३ को अस्करका लागि नेपालबाट सबमिट भएको राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त चलचित्र ‘ऐना झ्यालको पुतली’का कास्टिङ निर्देशक र अभिनय प्रशिक्षक पनि हुनुहुन्छ । साथै चलचित्रहरु गाउँ आएको बाटो, पूर्णबहादुरको सारङ्गी लगायतको पनि कास्टिङ निर्देशक हुन् ।

ढुकढुकी ७२ मेगाहर्ज, करेसा कन्सर्ट, मान भर्सेस मति, उपियाँको निबन्ध लगायत नाटकका लेखक तथा निर्देशक उहाँको बालनाटक 'गुलियो स्याउः अ स्विट एप्पल'को विश्व प्रिमियर हालसालै मंगोलियामा भएको थियो । नेपाल, भारत, जर्मनी, डेनमार्क र दक्षिण कोरियाका कार्यशाला तथा रेसिडेन्सी प्रोगामबाट रङ्गमञ्चमा प्रशिक्षित उहाँ औपचारिक रुपमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर हुनुहुन्छ ।

संस्थागत रुपमा थिएटर मल नाटकघर तथा थिएटर सेन्टर फर चिल्ड्रेनका संस्थापक तथा कला निर्देशक उहाँ रङ्गमञ्चको विश्व संगठन इन्टरनेशनल थिएटर इन्सिटच्युट–आइटिआइका नेपालका अध्यक्ष समेत हुनुहुन्छ ।साथै नेपाल बालसाहित्य समाजका आजीवन सदस्य, बालबाङमय तथा अनुसन्धान केन्द्रका पूर्वसचिव तथा आजीवन सदस्य हुनुहुन्छ ।

साथै 'ओस्कर कलेज अफ फिल्म स्टडिज'का अभिनय अध्यापन तथा प्रशिक्षणको अनुभवी उहाँ नेपाल खुल्ला विश्व विद्यालय र काठमाडौं विश्वविद्यालयमा 'डकुमेन्ट्री स्टडिज', 'पर्फमिङ आर्ट्स', 'थिएटर इन एजुकेसन TiE'को अध्यापन/प्रशिक्षणमा पनि सक्रिय हुनुहुन्छ । साथै धेरै विद्यालयमा नाटक तथा सिर्जनात्मक अभिव्यक्तिका शिक्षक, प्रशिक्षकका रुपमा पनि सक्रिय हुनुहुन्छ ।
https://www.google.com/search?q=केदार+श्रेष्ठ
https://www.google.com/search?q=Kedar+Shrestha
https://www.facebook.com/kedarstha/

ELINA NAKARMI | लिटल थिएटर गार्डेनका एक मेन्टरका साथै प्रवन्ध निर्देशकको रुपमा इलिना नकर्मी हुनुहुन्छ । मनोविज्ञानमा स्नातकोत्तर इलिना नकर्मीले सन् २००७ देखि सक्रिय रूपमा बालबालिकासँग काम गरिरहनुभएको छ । उहाँ बालबालिका र युवाहरूको व्यक्तित्व विकास, नेतृत्व र प्रतिभा विकासका कार्यमा अनुभवी हुनुहुन्छ

उहाँले ललितपुर महानगरपालिकाका लागि सामुदायिक स्वयंसेविका र बाल क्लबका लागि जीवनपयोगी सीप सहजकर्ताको रूपमा आफ्नो यात्रा सुरु गर्नुभएको थियो । लियो जिल्ला सचिव हुँदै उहाँ Service Beyond The Horizon Achiever's अवार्डबाट सम्मानित हुनुभएको थियो । उहाँले युनेस्को सम्मेलन अन्तर्राष्ट्रिय युवा मञ्च, सिल्क रोड, चीनमा सिर्जनशीलता र सम्पदामा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

उहाँसँग ब्रिटिस स्कुलका विद्यार्थीलाई सीप, व्यक्तित्व विकासको तालिम तथा क्याम्प सञ्चालन गर्ने उहाँको जापानको चिवा विश्वविद्यालयको इन्टरनेसनल कल्चरल एक्सचेन्ज प्रोगाम अन्तर्गत जापानमा बालबालिकासँग काम गरेको अनुभव पनि छ । थिएटर सेन्टर फर चिल्ड्रेन र थिएटर मलका संस्थापक महासचिव उहाँ आसितेज नेपालको कोषाध्यक्ष हुनुहन्छ ।

समूह व्यवस्थापक तथा कलाकारका रुपमा हालै उहाँले थिएटर सेन्टर फर चिल्ड्रेनको मंगोलिया नाट्य भ्रमणको नेतृत्व गर्नुभएको थियो । अहिले उहाँ मण्डला थिएटरको निर्देशकहरुको कार्यशालाका लागि छनौट हुनुभएको छ ।

लिटल थिएटर गार्डेनमा प्रशिक्षकका रुपमा रहनुहुने सम्पूर्ण सदस्यहरु रङ्गमञ्च र बालबालिकाका क्षेत्रमा अनुभवीहरु हुनुहुन्छ ।

⛳️ Contact:
Email: [email protected]
Web. theatremallnepal.com/TCC
Ph. and WhatsApp No. 9803949580
Optional Number of Mentor: Kedar Shrestha 9841595956, Elina Nakarmi 9841811819
इच्छुक अभिभावकले तलको फारम भरेर सबमिट गर्नुहोला ।
https://forms.gle/NsbTqz2agT51WtjX7

Starting soon...
09/06/2026

Starting soon...

थिएटर सेन्टर फर चिल्ड्रेनका संस्थापक तथा कला निर्देशक केदार श्रेष्ठ Kedar Shrestha ले अनलाइनखबरसँगको वार्तामा बालबालिका ...
18/05/2026

थिएटर सेन्टर फर चिल्ड्रेनका संस्थापक तथा कला निर्देशक केदार श्रेष्ठ Kedar Shrestha ले अनलाइनखबरसँगको वार्तामा बालबालिका र बालसाहित्यका सन्दर्भमा पनि उत्तकै आफ्ना कुरा राख्नुभएको छ ।

वार्ता लिंक, www.onlinekhabar.com/2026/05/1930858


A journey of Metcha Book series -Picnic to Mangolia ✨️🎈A grandpa, eyes sparkling like a child,held a book like a little ...
29/04/2026

A journey of Metcha Book series -Picnic to Mangolia ✨️🎈

A grandpa, eyes sparkling like a child,
held a book like a little doorway to wonder.

Because stories…
they’re in all of us;
soft, magical, and forever curious.

With Metcha Stories,
we carried tiny worlds across borders,
to the beautiful towns of Bulgan Province
sharing smiles through Wanderlust Theatre Festst Theatre Fest,
Assitej Nepal Theatre Centre For Children - TCC Nepal

We couldn’t give one to everyone…
but oh, the joy in those few faces,
it felt like giving a universe. ✨📖
Thanks to the author Mil Sakai & Sakai Ehon Shuichiro
Elina Charming Kedar Shrestha Diperson Jung Rana
supported by https://metchabooks.org/

23/04/2026

Address

Kathmandu
44660

Alerts

Be the first to know and let us send you an email when Theatre Centre For Children - TCC Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Theatre Centre For Children - TCC Nepal:

Share