Shanira Vision

Shanira Vision Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shanira Vision, Arts and entertainment, Kathmandu.

27/12/2023

एक रातमा ५० लाख यसरी सकियो
झापामा नसोचेको घ टना

27/12/2023

इन्डोनेसिया को छोरी मलेसियामा नेपाली सङ्ग प्रेम नेपालमा बिबाह सुँगुर अनि कुखुरा पालेर सासू पाल्दै ।

कुकर प्रहार गरी श्रीमतीको हत्याउदयपुर । घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० ...
18/10/2023

कुकर प्रहार गरी श्रीमतीको हत्या
उदयपुर । घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पिटरले विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । यसबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सकियो विमानको युग : गन्तव्यमा पुर्याउने अति तिव्र गतिको हाइपरलूपको सफल परीक्षणवाशिंगटन, डीसी, सीएनएन बिजनेस । कुनै समय म...
17/10/2023

सकियो विमानको युग : गन्तव्यमा पुर्याउने अति तिव्र गतिको हाइपरलूपको सफल परीक्षण

वाशिंगटन, डीसी, सीएनएन बिजनेस । कुनै समय मानिसले कल्पना गर्थे होला शास्त्रहरुमा लेखिए अनुसारका काल्पनिक (पुष्प) विमान भए, देवताहरु जस्तै केही समयमा नै एक ठाउँबाट अर्को ठाउँमा पुग्न सकिन्थ्यो होला । कल्पना गर्दै गर्दा विभिन्न प्रकारका गाडी, विमान, हेलिकोप्टरको आविस्कार भयो । अति तिव्र गतिका रेल बने । तर अहिलेको पुस्ताले कल्पनासमेत गर्न भ्याएको थिएन होला तिव्र गतिको बुलेट रेल वा उच्च गतिका इन्जिन भएका विमानकोपनि विकल्प आउने । तर अब यो कल्पना मात्र हैन । विमानको युग नै समाप्त पार्ने गरी अति तिब्र गतिको सवारी साधन हाइपरलूपको सफल परीक्षण भएको छ ।

काफ्ले आफ्नै घरमा मृत भेटिए, झापा । दमक नगरपालिका–३ बेलडागी शिविर सेक्टर एथ्रि हट नम्बर २१९ बस्ने ५५ वर्षीय कृष्ण काफ्ले...
17/10/2023

काफ्ले आफ्नै घरमा मृत भेटिए,
झापा । दमक नगरपालिका–३ बेलडागी शिविर सेक्टर एथ्रि हट नम्बर २१९ बस्ने ५५ वर्षीय कृष्ण काफ्ले आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

इजरायलबाट बन्धक बनाएकाको भिडियो पहिलोपटक सार्वजनिकगाजा । हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक ब...
17/10/2023

इजरायलबाट बन्धक बनाएकाको भिडियो पहिलोपटक सार्वजनिक

गाजा । हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेकाहरूको भिडियो सार्वजनिक गरेको छ। अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो।
हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ । भिडियोमा एउटी महिलाले आफ्नो नाम माया शेम भएको, आफू २१ वर्षको र इजरायलको शोहम सहरको बासिन्दा रहेको बताएकी छिन् । इजरायलको एउटा पार्टीबाट हमासले आफूलाई बन्धक बनाएको उनको भनाई छ । उनले भिडियोमा आफ्नो रिहाइको लागि अपिल गरेकी छन् ।
भिडियोमा हातमा चोट लागेको महिलाको उपचार भइरहेको फुटेज पनि समावेश छ। एक बयानका अनुसार इजरायली सेनाले मायालाई हमासले अपहरण गरेको र सेना उनको परिवारसँग सम्पर्कमा रहेको पुष्टि गरेको छ। सेनाले विज्ञप्तिमा भनेको छ, ‘यस समयमा हामी सबै बन्धकहरूलाई फिर्ता गर्नका लागि सबै गुप्तचर जानकारी र परिचालन उपायहरूमा काम गरिरहेका छौँ।

बीबीसीले सामान्यतया बन्धकहरूको फोटो वा भिडियोहरू प्रसारण गर्दैन, तर माया शेमको परिवारले फोटोहरू देखाउन सहमति जनाएका छन् ।

Todays Best Photo सुभ प्रभात यहाँ हरुको दिन सुखद रहोश ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
17/10/2023

Todays Best Photo सुभ प्रभात यहाँ हरुको दिन सुखद रहोश ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

शुभ - प्रभात 🌄श्री पाथिभरा माताले सबैको रक्षा गरुँन ! 🌺🌺🙏❤
16/10/2023

शुभ - प्रभात 🌄

श्री पाथिभरा माताले सबैको रक्षा गरुँन ! 🌺🌺🙏❤

ड्युटी गर्दागर्दै साउदीमै ढले कर्णबहादुरदोहा । झापाको बाह्रदशी गाउँपालिका–१ बस्ने कर्णबहादुर केरुंगा साउदी अरबमा काम गर्...
16/10/2023

ड्युटी गर्दागर्दै साउदीमै ढले कर्णबहादुर

दोहा । झापाको बाह्रदशी गाउँपालिका–१ बस्ने कर्णबहादुर केरुंगा साउदी अरबमा काम गर्दैगर्दा अचानक रिंगटा लागेर ढले । उनी साउदी अरब अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका थिए ।

एक दिन काम गर्दागर्दै अचानक रिंगटा लागेर ढलेपछि सहकर्मी साथीहरू तथा कम्पनीको मालिकले अलकासिमस्थित किंग फाहाद हस्पिटलमा उपचारका लागि उनलाई लगेका थिए । तर, उनको स्वास्थ्यमा सुधार आएन । उपचारकै क्रममा गत ३० सेप्टेम्बरमा अस्पतालको बेडमा कहिल्यै नफर्किने गरी अस्ताए उनी

नेपाली राजदूतावास रियादका द्वितीय सचिव टीकाराम उपाध्याय र अलकासिमस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबका पूर्वउपाध्यक्ष तथा नेपाली राजदूतावास रियादका अवैतानिक प्रतिनिधि भक्तवीर राईलगायतको अथक प्रयासपछि मृतकको पार्थिव शरीरलाई मंगलबार नेपाल पठाउन सफल भएको संघका क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।

15/10/2023

रातभरी मसानघाट मा एक्लै बसेर चुडेल सङ्ग कुरा गर्ने मान्छे भेटियो हेर्न जाने सबै बेहोश , jhapa news

अभियुक्त सञ्जय भण्डारीको बयान : म निर्दयी छु, कसैप्रति दयामाया जाग्दैनकाठमाडौँ ।  गत भदौ २९ गते तीनकुनेको गैरीगाउँमा भएक...
13/10/2023

अभियुक्त सञ्जय भण्डारीको बयान : म निर्दयी छु, कसैप्रति दयामाया जाग्दैन

काठमाडौँ । गत भदौ २९ गते तीनकुनेको गैरीगाउँमा भएको सामूहिक हत्यामा संलग्न भनिएका सिन्धुपाल्चोकका २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा क्रूरतापूर्वक ज्यान मारेको कसुरमा मुद्दा दर्ता भएको छ । जन्मजात बोल्न नसक्ने भण्डारीले आफूलाई ठक्कर दिएर मोटरसाइकल भागेको रिसमा धेरैपछि बदला लिन एक जनाको हत्या गर्न जाँदा अन्यले थाहा पाएर देख्नेजति सबैको हत्या गरेको बयान दिएका छन् ।
गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलभित्र ४ जनाको सामूहिक हत्या भएको थियो । घटनामा दोलखा घर भइ सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।
धारिलो हतियार प्रहार गरी ४ जनाको हत्या गरेको घटनामा संलग्न सञ्जय भण्डारीसँग दोभाषेको सहयोगमा प्रहरीले बयान लिएको थियो । बयानमा भण्डारीले आफू निर्दयी रहेको र कसैप्रति दयामाया नजाग्ने बताएका छन् ।
भण्डारीले आफ्नो बयानमा तीनकुनेबाहेक रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा पनि मान्छे मारेको सनसनीपूर्ण बयान दिएका छन् । यद्यपि त्यहाँ मान्छे मरेको वा मारिएको थियो कि थिएन भनेर प्रहरीले अनुसन्धान गरिरहे पनि कुनै सुराक पाउन सकेको छैन ।

12/10/2023

झापा जिल्लाको हल्दिबारिमा जन्मिएकी रास्ट्रीय कबड्डी खेलाडी अनुजा कुलुङ राइको हल्दिबारी स्थित घरमा जादा अनुजाकी आमा सङ्ग गरिएको कुराकानी । घना जङ्गलको छेवैमा चिट्टिक्क परेको घर ।
पूरा भिडियो

Address

Kathmandu
44605

Website

Alerts

Be the first to know and let us send you an email when Shanira Vision posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share