Visal_Kirati's Art

Visal_Kirati's Art Sewaro ,Sewa to all
Hellow this is Visal Kirati.This page is for Sharing my art of kirati and related with them.

You can also share your art by messaging me. ���

सेवारो/झोर्ले 🙏🙏🙏कण्ठा माला
24/08/2026

सेवारो/झोर्ले 🙏🙏🙏
कण्ठा माला

रणबहादुर शाहको त्यो कूटनीति, लिम्बूहरूलाई रिझाउन भोजपुरमा जग्गालिम्बूहरूको इतिहासको लहरो लामो छ। पहिलेका इतिहासकारले वि....
23/08/2026

रणबहादुर शाहको त्यो कूटनीति, लिम्बूहरूलाई रिझाउन भोजपुरमा जग्गा

लिम्बूहरूको इतिहासको लहरो लामो छ। पहिलेका इतिहासकारले वि.सं. १८३१ साउनमा गोरखाली राजा पृथ्वीनारायण शाहले लिम्बू अगुवाहरू सुन राय, कुम राय र जङ्ग रायलाई सेनकालीन अधिकारहरू थमौतीको लालमोहर गरिदिएपछि लिम्बुवानमा पूर्ण रूपले गोरखाली अधिनस्थ हुन पुगेको भन्ने उल्लेख गरेकोले त्यही मान्यता आजसम्म स्थापित पुगेको छ।

वास्तवमा यो लेखन पूर्ण छैन।

खोजीका क्रममा लिम्बूहरूको इतिहास खोतलिने नयाँ-नयाँ तथ्य प्राप्त छन्। ती प्रमाण हेर्दा लिम्बूहरूले गोरखाली आधिपत्य पूर्ण रूपमा स्वीकार गर्न धेरै समय लगाएको देखिन्छ। वि.सं. १८३१ र १८३७ तिर लिम्बूहरूको केही समूह, वि.सं. १८३९ तिर केही समूह र वि.सं. १८४३ तिर लिम्बूहरूको अलि ठूलो समूहले गोरखाली आधिपत्य स्वीकार गरेको ऐतिहासिक पत्रहरू पछिल्लो समय उपलब्ध भएका छन्। वि.सं. १८४८ मा त लिम्बूहरूले चैनपुरमा ठूलै विद्रोह गरेको प्रमाण भेटिएको छ। यी तथ्यलाई मसिनो ढङ्गले अध्ययन गरेर निष्कर्ष निकाल्नु जरुरी छ।

वि.सं. १८३१ को पृथ्वीनारायण शाहको लालमोहरअनुसार चौबीसका सुन राय, पान्थरका कुम राय र आठराईका जङ्ग राय गोरखालीसँग सम्झौता गर्ने लिम्बू अगुवाहरू देखिन्छन्।

वि.सं. १८३७ मा राजधानी काठमाडौँबाट नवनियुक्त देवान (मन्त्री) बन्धु राना असन्तुष्ट लिम्बूहरूलाई हात लिएर गोरखाली आधिपत्य स्वीकार गर्ने बनाउन पूर्वतिर लागेका थिए।

त्यो बेला उनले फेदाप, छथर, मेवाखोला, मैवाखोलाका लिम्बूहरूलाई सेनकालीन किपटिया अधिकारलाई निरन्तरता प्रदान गरेर उनीहरूलाई गोरखाली आधिपत्य स्वीकार गर्न राजी गराएका थिए।

इतिहासकार भगिराज इङ्नामले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ (२०७७:२८३)मा प्रकाशित गरेको खेवा लिम्बू सुब्बा वेमां रायको नाममा वि.सं. १८३७ वैशाख वदी ३० रोज ५ मा तत्कालीन राजा रणबहादुर शाहले जारी गरेको लालमोहरले छथरका खेवाहरू वि.सं. १८३७ मा मात्रै गोरखालीहरूसँग मिलेको स्पष्ट पार्छ।

मोहरमा ‘तहासम्म मकुवानीका नुन षायाको थीयो ञाहासम्म धंजीयले भर्नु मर्नु पनी गर्‍यो सेवकको तहासम्म हो मकुवानी राजा पनि ई येस देस पनी हाम्रा अम्वल भई देसमा जजस राजाको हुकुं छ र्उस देसका सेवकले र्उ राजा कन मांने धर्म हो सोही जानी जीय धंको षातीरजामा पाया आर्उला भन्ने कुरा वींन्ती गरी पठायाछौं तसकुराकन हिजो गर्नु नगर्नु गरया छं धंजीयाको पीछा गरी वक्स्यौं षातीर जामा सीता आफ्ना भाई भै दस लीम्वु सुवा राई लीकन आव पीछा लीञु’ भन्ने परेको छ।

खेवाहरूकै नाममा जारी अर्को मोहरमा ‘वंधुरानाको वाटो गरी हीजो तीमीहरू पीछा पर्‍याथ्यौ हामीले पीछा लियकै छ’ (इङ्नाम, २०७७:१८१) भन्ने परेको छ। उनै बन्धु रानाले १८३७ असोज वदी ४ रोज १ मा एक कस्यपत्रमार्फत मञ्जित रायलाई सेन मकवानीको समयकै जस्तो अधिकारसहित महाफेदापको जिम्मा दिए (इङ्नाम, २०७७:५८८–८९)बाट बल्ल फेदाप थुमका लिम्बूहरूले गोरखाली आधिपत्य स्वीकार गरेको स्पष्ट हुन्छ। यो थुम तेह्रथुम जिल्लामा पर्छ।

यस्तै फागो, सेरेङ र लिवाङ थरका लिम्बूहरूले त अझ पछि मात्रै मन खोलेर गोरखाली आधिपत्य स्वीकार गरेका थिए। वि.सं. १९३९ साउन वदी ८ मा राजा रणबहादुर शाहले उनीहरूलाई पठाएको मोहरमा ‘तिमीहरूले खोलिकन बिन्ती नगर्दा आजसम्म ढिलो भएको हो. अब तिमीहरूको कुरा भारदारहरूबाट बिस्तार विन्ती गर्‍या सुन्यौँ हिजु हिन्दुपतिले बक्स्याको नगरा निशानमा मर्यादा जो हो हामीले बक्सन्छौ. मोहर देख्न चाडो हजूरमा आव’ (शिवकुमार श्रेष्ठ, ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’– २०५२:१३४) भन्ने परेबाट सेरेङ, लिवाङ तथा फागो लिम्बूहरू वि.सं. १८३१ साउनको सम्झौतामा संलग्न थिएनन् भन्ने स्पष्ट हुन्छ। नगरा निशान प्रदान गर्नु भनेको उनीहरूको पूर्ववर्ती अधिकार कायम गरिनु हो।

सेरेङ लिम्बूमाथि गोरखाली आँखा
लिम्बूहरूमा सेरेङ थरका लिम्बूहरूको एक समूह छ। उनीहरूको माङ्गेना यक (प्राचीन रजस्थल) म्हसेरेङ हो। यो इलाका हाल ताप्लेजुङको मेरिङदेन गाउँमा पर्छ। तत्कालीन राजाहरूले जारी गरेको लालमोहर तथा रुक्काहरूमा सेरेङ लिम्बूहरूको किपट अधिकारसहित आवाद गरेको इलाकालाई मेवाखोला भनी उल्लेख गरिएको छ। त्यसमा पनि सान्थाक्रा सेरेङ लिम्बूहरूको मूलगाउँ हो।

गोरखालीहरूले माझकिरात हात लिन युद्ध गरिरहेकै बेला राजा पृथ्वीनारायण शाहले कालपुरि गोसाई नामका एक दूतमार्फत लिम्बूहरूलाई हात लिने प्रयास गरेका थिए। आङ्देम्बे थरका लिम्बू अगुवा पुनि रायलाई माघ सुदी ४ रोज ३ (वि.सं. १८२९) मा कान्तिपुर मुकामबाट लेखेको लालमोहर ‘जति लिंवु सिरिङ्ग्या छन् हात गरी हाम्रो पाव भन्या तेतावाट काज गर्‍याका दिन सुनका कंडा मोति हातिसर सिर्पाउ विशेष गरी र कट काज गर...’ भन्ने परेकोले त्यसबेला सेरेङ लिम्बूहरूको कति महत्त्व रहेछ भन्ने यसबाट पनि स्पष्ट हुन्छ।

यस्तै, विजयपुरको काज सकिसकेपछि धनकुटाको कुर्लेगढी हुँदै पाँचथरको इसिलिम्वा र च्याङथापुतिर बढ्दै गरेका गोरखाली सैन्यनायक अभिमानसिंह बस्न्यात, पारथ भण्डारी, कीर्तिसिंह खवास र बलि बानियाँको नाममा राजा पृथ्वीनारायण शाहले वदी ३० रोज ४ (वि.सं. १८३१)मा जारी गरेको लालमोहरमा ‘लिम्वु श्रृंग्या सुवा सुवाले मान्न आयाको सवै विस्तार विंति गरि पठायाछौ’ भन्ने परेको छ।

राजा पृथ्वीनारायण शाहका यी दुई लालमोहरमा ‘श्रृंग्या’ वा ‘सिरिङ्ग्या’ भनेका सेरेङ लिम्बूहरू हुन्।

तर, त्यसबेला आफू गोरखालीसँग मिल्न आउने भन्ने सेरेङ लिम्बूहरूले वचन दिएता पनि पछिल्ला पत्रहरू हेर्दा वि.सं. १८३१ मै उनीहरूले गोरखालीको आधिपत्य स्वीकार गरेको देखिँदैन। इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’को पूर्णाङ्क ५८ (चैत २०४०:३९–४०) मा त्यो बेला रणबहादुर शाहले विजयपुरमा रहेर गोरखाली प्रशासन चलाइरहेका सुब्बा जोगनारायण मल्ललाई लेखेको पत्रमा ‘...उप्रान्त लिंवु श्रृंग्याहरू मिल्न आउँदैछन् भन्ने कुरो तिमीले लेखेछौ। हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै गर्‍यो। हाम्रा पालामा पनि तन्ले २/४ बेर मिल्न आउँदै फट्टाउँदै गर्‍या जस्तो गरी बीरभद्र राई जस्तो आयथ्यो त्यस्तै गरी निख्रिकन आया पिछा लेऊ’ भन्ने परेबाट सेरेङ लिम्बूहरूको तत्कालीन अवस्थाबारे थाहा हुन्छ।

पन्त (२०४०:४१)ले प्रकाशित गरेको अर्को पत्रमा ‘सांभा र सिरिंले फेदावबाट पनि गुहार मागी पठायो। सुब्बा २/३ हामीतिर भयाका छन्। प्रजा भोट्यातिर छन् भनी लेखेछौ। योग्यै हो...’ भन्ने बेहोरा परेकोले कहिलेकाहीँ साँवा लिम्बूहरूसहित सेरेङ लिम्बूहरूले तिब्बतीहरूसँग लड्न गोरखालीसँग पनि सहयोग माग्ने गरेको थाहा हुन्छ।

यस्तै अर्को पत्रमा ‘...मकवानी साहेव पनि यहाँबाट भागेर मुगलानमा हांगामा गर्न लागि रहेछ पूर्वतिर पनि उत्तर भन्या लिंवु श्रृंग्या दषिन नी सरुप छदैछन्...’ (पन्त, २०४०:४३–४४) परेकोले सेरेङ लिम्बूहरूसँग गोरखालीहरू ढुक्क हुन नसेकेको देखिन्छ। यसमा दक्षिणतिर अर्थात् तत्कालीन इस्ट इन्डिया कम्पनीको भूभागमा पसेर पूर्व गोरखाली काजी स्वरुपसिंह कार्की सेन राज्य फर्काउने उद्योगमा लागेकाले उनीप्रति जसरी गोरखालीहरू सजग थिए, उसैगरी गोरखालीहरू उत्तरतिर रहेका सेरेङ लिम्बूहरूसँग अति नै सजग भएर बसेका थिए।

पन्तले प्रकाशित गरेका राजा रणबहादुर शाहका यी पत्रमध्ये अघिल्ला पत्रहरूको मिति खुले पनि सेरेङहरूको प्रसङ्ग परेका ती पत्रमा मिति खुल्दैनन्। अघिल्ला पत्रहरू १८३४ देखि १८३७ सम्ममा लेखिएका हुन्। त्यसबाट विचार गर्दा सेरेङ लिम्बूहरूको प्रसङ्ग परेको पत्र १८३७/३८ सालको हुन सक्छ।

१८३९ तिर मात्र सेरेङहरू गोरखालीहरूसँग मिलेको चाहिँ स्पष्ट छ।

इतिहासकार शिवकुमार श्रेष्ठले ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’ (२०५२:१३४)मा प्रकाशित गरेको वि.सं. १८३९ साउन वदी ७ मा लेखिएको राजा रणबहादुर शाहको लालमोहरमा सेरेङ रैनसिंह राय, फागो श्रीदेव राय, लिवाङ शुभदत्त राय र फेदापका आतहाङ रायलाई ‘हिजो खोलिकन बिन्ती नगर्दा आजसम्म ढिलो भएको हो...हिजु हिन्दुपतिले बक्स्याको नगरा निशानमा मर्यादा जो हो हामीले बक्सन्छौ मोहर देख्न चाडो हजूरमा आव’ भन्ने बेहोरा परेबाट वि.सं. १८३९ मा मात्रै सेरेङ, फागो, लिवाङ र फेदापका लिम्बूहरूले गोरखालीको अधिपत्य पूर्ण रूपमा स्वीकार गरे भन्ने बुझिन्छ। हालको राजनीतिक विभाजनअनुसार सेरेङहरूको मुख्य आवाद ताप्लेजुङको मेरिङदेन, लिवाङहरूको मिक्वाखोला र फागोहरूको मैवाखोला गाउँ पर्छन् भने तुम्बाहाम्फे, लिङ्लेखु, पयाङ्गु लगायत सातरे लिम्बूहरूको मुख्य आवादी भएका इलाका चाहिँ तेह्रथुमको फेदाप गाउँमा पर्छ।

यी चार थरी लिम्बूहरूले राजधानी पुगेर राजा रणबहादुर शाहबाट १८४० जेष्ठ सुदी १२ रोज १ मा खुँडा, बन्दुक र धनुकाँडजस्तो हातहतियारहरू पनि बुझे (श्रेष्ठ, २०५२:१३५) भने यी चार जना लिम्बू सुब्बाहरूसहित शामो चेम्जोङ र जयकर्ण वनेमलाई सिक्किमबाट हुने आक्रमणको प्रत्याक्रमणका लागि हात हतियार तथा खरखजनासहित तयार भएर रहन राजा रणबहादुर शाहले वि.सं. १८४१ माघमा लालमोहर पठाए (श्रेष्ठ, २०५२:१३५–३६)।

यसरी पूर्ण रूपमा यी लिम्बू समूह गोरखाली राज्यमा समाहित भएको इतिहास पाइन्छ।

लिम्बूलाई रिझाउन भोजपुरमा जग्गा
मूलतः लिम्बूहरूको आवादस्थल अरुण नदीदेखि पूर्व हो। तर माथि उल्लेख गरिएका सेरेङ, लिवाङ, फागो र फेदापे गरी चार लिम्बू समूहलाई रिझाउन काठमाडौँ बोलाउनुअघि नै खर्कको रूपमा प्रयोग गर्न भोजपुरको विशाल चरन क्षेत्र प्रदान गरिएको थियो। उनीहरूलाई राजा रणबहादुर शाहको नामबाट नगरा निशान लिन वि.सं. १८३९ साउन वदी ८ मा काठमाडौँ बोलावट भयो।

तर, त्यसको दुई महिनाअघि नै उनीहरूलाई भोजपुरको विशाल बाँझो जग्गा प्रदान गर्न रणबहादुर शाहले जारी गरेको रुक्का फेला परेको छ। वि.सं. १८३९ जेठ सुदी २ रोज ३ मा जारी गरिएको यस रुक्काको सक्कल ताप्लेजुङको साविकको चाँगे गाउँ (हालः आठराई त्रिवेणी)का टङ्क आङबुहाङसँग सुरक्षित छ। उनी त्यस क्षेत्रमा सुवांगी प्राप्त लिम्बूका सन्तति हुन्।

यो रुक्कामा जग्गा पाउने लिम्बू अगुवा सुब्बाको नाम उल्लेख छैन, तर थरगत रूपमा फागो, सेरेङ, लिवाङ र फेदापे लिम्बू भन्ने उल्लेख छ। उनीहरूले पाएको जग्गाको सिमानाबारे रुक्कामा ‘दावांसै पूर्व र्‍यांगसै पश्चिम फालिषोलासौ दषिनः षिकामाछासै उत्तर एति सांध सिंवांदाभित्रको बाँझो लेष...’ भन्ने उल्लेख छ।

वि.सं. १८३९ मा राजा रणबहादुर शाहले चार लिम्बू समूहलाई भोजपुरको खर्क उपभोग अधिकार दिएको रुक्का (स्रोत: टङ्क आङबुहाङ)
वि.सं. १८३९ मा राजा रणबहादुर शाहले चार लिम्बू समूहलाई भोजपुरको खर्क उपभोग अधिकार दिएको रुक्का (स्रोत: टङ्क आङबुहाङ)

यहाँ उल्लेख भएको उत्तरको फालीखोला भनेको कहाँ हो, यसले चाहिँ अलि अलमल गराउँछ। भोजपुरको साविकको देउराली गाउँमा फालीकोट नामको इलाका छ। त्यहाँ देउराली डाँडाबाट फालीकोट भएर उत्तरपूर्व अर्चलेछेउ हुँदै अरुण नदीमा मिसिने हर्कखोला नै रुक्कामा उत्तरी सीमाको रूपमा उल्लेख भएको फालीखोला हुन सक्छ। भोजपुर वा त्यस वरपर फालीखोला नामको कुनै छुट्टै खोला भने छैन। बरु फालीकोट छेउछाउ खकुवा, नखुवा र याङगुवा पनि बग्ने गर्छ। फालीकोट हालः षडानन्द नगरको वडा नम्बर ११ मा पर्छ। फालीकोट भोजपुरको उत्पादन र राजनीतिक रुपमा निक्कै प्रशिद्धि कमाएको इलाका हो।

यस्तै दक्षिणी सिमा खिकामाछा भनेको साविकको टक्सार हो, हालः यो ठाउँ भोजपुर नगरमा पर्छ। भोजपुरको विमानस्थल भएको ठाउँको पुरानो नाम खिकामाछा हो। पूर्वको सिमानाको रूपमा उल्लेख भएको र्‍याङ साविकको चरम्वी गाउँको एउटा इलाका हो, जो हालः अरुण गाउँको वडा नम्बर ४ मा पर्छ। यस्तै पश्चिम सिमाना दाँवा साविकको गुप्तेश्वर र सिद्धेश्वर गाउँको इलाका हो, हालः यो भोजपुर नगरको वडा नम्बर ३ र ४ मा पर्छ।

लिम्बूहरूलाई रिझाउन भोजपुरको यति ठूलो क्षेत्रफलको बाँझो जग्गा उपभोगको लागि गरिदिएको रुक्काको बेहोरा यस्तो छ:
स्वस्तिश्री मन्महाराजाधिराज कस्य रुक्का—
आगेः फागु राईः सिरिंग राईः लेवांङ राईः फेदाप राई चारै थर राई शुवाकेः दावां सै पूर्व र्‍यांग सै पश्चिमः फालिषोला सौ दषिनः षिकामाछा सै? उत्तरः एति सांध सिंवांदाभित्रको वाँझो लेष जो छः सो छाप वहलि वक्स्यौं आफ्ना षातिरजामासग छाप जानि भोग्य गरः दावा धका कसैको नास्ति इति सम्वत् १८३९ ज्येष्ट शुदि २ रोज ३ मोकाम शुभम्–

लिम्बूहरूलाई प्रदान गरिएको यो क्षेत्रमा मान्द्रे, सुन्तले, हेलौँछा, प्याउली आदि लेक क्षेत्र पर्छन्। लिम्बूहरूका यी चार समूहलाई रिझाउन राज्यले जङ्गल र चरन क्षेत्र प्रयोगका लागि यो विशाल क्षेत्र दिएको देखिन्छ। माझकिरातमा पर्ने यो क्षेत्र उनीहरूले कहिलेसम्म उपभोग गरे, यसबारे स्पष्ट हुन थप अनुसन्धानको आवश्यकता छ।

यो रुक्काको सक्कल भने आङबुहाङ लिम्बूहरूसँग रहेको हुँदा उनीहरूलाई पनि यस क्षेत्र गर्न दिइएको थियो भन्ने देखिन्छ। रुक्का सुरक्षित राख्ने आङबुहाङ लिम्बूहरूको आवादी र किपटको सुवांगी भने आठराई क्षेत्रको चाँगेमा छ। यो परिवारसँग पुराना सेनकालीन महत्त्वपूर्ण मोहरका सक्कलहरू पनि सुरक्षित छन्।

यसमा एउटा विचार गर्नुपर्ने पक्ष देखिन्छ। वि.सं. १८३७ असोज वदी ४ रोज १ मा देवान बन्धु राना फेदाप थुमका लिम्बू सुब्बा मञ्जित रायको नाममा जारी गरिएको कस्यरुक्कामा ‘महाफेदाप’ को जिम्मा दिइएको उल्लेख छ। त्यहीँ अवधारणाअन्तरगत भोजपुरमा लिम्बूहरूलाई दिइएको जग्गा उपभोग गर्ने फेदाप राय भनी आठराई थुमका आङबुहाङ लिम्बू समूहलाई पनि समेटिएको थियो कि भन्ने लाग्छ। नभए कसरी उनीहरूको हातमा यति महत्त्वपूर्ण रुक्काको सक्कल पुग्न सक्छ? यसबारे स्पष्ट हुन थप अनुसन्धान गर्न सकिन्छ।

प्रकाशित: चैत ७, २०८२ शनिबार १३:३८ | March 21, 2026

23/08/2026
म त शेर्पा महिला सोचिराखेको थिए 😅😅😅तस्बिर एउटा समुदायको, किताब अर्को समुदायको
23/08/2026

म त शेर्पा महिला सोचिराखेको थिए 😅😅😅
तस्बिर एउटा समुदायको, किताब अर्को समुदायको

23/08/2026

कम्फे र लिङ्थेप याक्खा बाट लिम्बु भएको कि पहिलै देखि लिम्बु थिए?

23/08/2026

Taplejung Pathivara Limbu trail glimpse

Tapaiharuko ma k vaninxa ta?
23/08/2026

Tapaiharuko ma k vaninxa ta?

😅😅😅
22/08/2026

😅😅😅

22/08/2026

जनावर बस्ने जङ्गलमा ३ दिनसम्म हराएको बच्चा सकुसल भेटियो तर मान्छे बस्ने बस्तीमा ३ दिन हराएको बच्चीकाे लास मात्रै भेटियाे

22/08/2026

के नेपालमा फासीको सजाय हुनुपर्छ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Visal_Kirati's Art posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category