16/06/2026
भोली असार ३ गते बुधबारको दिन श्री रातो मच्छिन्द्रनाथ तथा श्री मिननाथको रथ तान्ने कार्यक्रम रहेको हुँदा तस्बिरमा उल्लेखित सम्पूर्ण वडा बासी, समिति, खलः तथा पुचःहरूलाई बाजागाजासहित सहभागी भई यस ऐतिहासिक तथा सांस्कृतिक पर्वलाई भव्य र सभ्य बनाउन हार्दिक अनुरोध गर्दछौं।
सम्बन्धित वडा अध्यक्षसँग समन्वय गरी दिउँसो २ बजेभित्र आफ्नो वडा कार्यालयमा उपस्थित भई जावलाखेल तर्फ प्रस्थान गर्नुहुन अनुरोध छ।
आउनुहोस्, हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा एकजुट बनौं।
नोटः विगतका वर्षहरूमा रथ तानेर राति फर्किने क्रममा अत्यधिक भीडभाडका कारण मोबाइल फोनको नेटवर्कमा समस्या आउने र समूह, व्यक्ति तथा गाडी चालकसँग समन्वय गर्न असहज हुने गरेको अनुभव छ।
त्यसैले सहभागी सम्पूर्ण महानुभावहरूलाई सकेसम्म समूहमा नै रहनुहुन, फर्किने समयमा सबै जना उपस्थित हुनुहुन्छ वा कोही छुट्नुभएको छैन भन्ने यकिन गरेर मात्र प्रस्थान गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
सुरक्षित यात्रा र सफल सहभागिताको शुभकामना।
धन्यवाद।
जय रातो मच्छिन्द्रनाथ! 🙏