24/01/2026
सबै पार्टीका सबै उमेदवारको एउटै उदेश्य देखिन्छ देश बनाउने, तर कसरी ? स्पष्ट खाका अहिलेसम्म कसैले दिएका छैनन । त्यसैले भोट खसाल्नु अघि आउनुस हामी सबै मिलेर एउटा नयाँ संस्कृतिको बिकास गरौं ।
आआफ्नो क्षेत्रका उमेदवार सगं देश बनाउने योजना मागौं, त्यसको समयसीमा, बजेट, जिम्मेवार व्यक्ति/निकाय, स्पष्ट नापिने सूचकसहित ।
भोट माग्न आउने सगं भावनात्मक कथा होइन, कार्यान्वयनको ठोस नक्सा मागौं ।
देश बनाउने सपना ठूलो हो। तर सपना पूरा गर्ने बाटो स्पष्ट छैन भने त्यो सपना फेरि सदा झैं भाषणमै सीमित हुन्छ। अहिलेको चुनावले यही प्रश्नको स्पष्ट उत्तर खोज्नुपर्छ । यही स्पष्टतामै लोकतन्त्रको अर्थ र देशको भविष्य जोडिएको छ।