18/06/2026
🏛️ काठमाडौँ महानगरपालिकाले शिक्षा, सुरक्षा र अन्तरनगर सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाएको छ।
🎓 स्वनिगः विश्वविद्यालय स्थापनाका लागि कानुनी तथा व्यवस्थापकीय प्रक्रिया प्रारम्भ गर्न बजेट विनियोजन गरिएको छ।
🏢 महानगर क्षेत्रभित्रका निजी तथा सार्वजनिक भौतिक संरचनाको बीमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।
🤝 साथै नगर–नगर साझेदारी कार्यक्रममार्फत अनुभव, ज्ञान र सहकार्यको आदानप्रदानलाई थप प्रभावकारी बनाइनेछ।
समृद्ध, सुरक्षित र ज्ञानमा आधारित महानगर निर्माणतर्फ काठमाडौँ महानगरपालिकाको अर्को महत्वपूर्ण कदम।