Nepal Reacts

Nepal Reacts We try to give more entertainment.

19/01/2026
नाट्यसम्राट बालकृष्ण समको १४१ औं जन्मदिवशको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ-कामना ! 🌺🕉️
07/02/2023

नाट्यसम्राट बालकृष्ण समको
१४१ औं जन्मदिवशको उपलक्ष्यमा
हार्दिक मंगलमय शुभ-कामना ! 🌺🕉️

04/12/2021

िचार..

यो झुण्डलाई भन्छन् - "पढेलेखेका मूर्खहरू" : तपाईँ हामी जस्तै। 🙂

यसमा यिनीहरूको गल्ती होइन, आफ्नो ठाउँबाट राम्रै गर्न खोजेका हुन्। तर हाम्रो शासनप्रणाली र शिक्षानीति नै त्यस्तै छ: सबैले पढेकै हुनुपर्छ भन्ने नीति।

_____________________________________________

शिक्षा आवश्यक छ, ज्ञान आवश्यक छ:
तर सबैजना झोला बोकेर, dress लगाएर, school गएर Math, Science, Social, Nepali, English, Computer, Population, GK,... यस्ता विषय पढेर हातमा certificate नै लिनुपर्छ भन्ने छैन! आफ्नो जीवनोपयोगी ज्ञान लिने अरु पनि विधि हुन्छन्।

सबै काममा यी विषय चाहिन्छ भन्ने छैन- हामीले अनावश्यक नियम राखेर आवश्यकताको सिर्जना गरेका हौँ, र जनमानसमा किताब नपढी हुँदैन भनेर अनावश्यक भ्रम सिर्जना गरेका हौँ। अहिले समाज नै त्यही ढाँचाको भएको छ, कि जहाँ पनि पढेर पास गरेको कागजको खोस्टो देखाउनैपर्छ। आज यही शिक्षाको खेलमा दिनानुदिन लाखौँ प्रतिभाको हत्या हुँदै छ।

कोही महान् विचारकको भनाइ छ "I was born intelligent, but Education made me weak", जुन अहिलेको शिक्षाप्रणालीमा एकदम चरितार्थ हुन्छ। "Education System made me weak" भन्दाखेरि अझ राम्रो होला। यस्तो वातावरण सिर्जना गरिएको छ कि, इज्जत कमाउनको लागि पढ्नैपर्छ, certificate हुनैपर्छ, अङ्ग्रेजी जान्नैपर्छ, कोट-प्यान्ट लाउनैपर्छ....!

एउटा भाइलाई गाडीमा खलाँसी बन्नु छ। ऊ आफ्नो कार्यमा सक्षम छ, र निःपुण छ। उसलाई त्यो कार्यमा रुचि पनि छ, र सन्तुष्टि पनि छ। यदि ऊ शारीरिक रूपमा त्यो कार्यमा असक्षम छ भने पक्कैपनि उसलाई सक्षम हुने बेलासम्म रोक्नु र अन्य उपायबाट उसको आवश्यकता पूरा गरिदिनु आवश्यक छ। बौद्धिक असक्षमता हो भने, त्यही कार्यमा बौद्धिक वा सीपमूलक तालिमको व्यवस्था गरिदिन आवश्यक छ।

जब उसलाई जान मनै छैन, र आफ्नो कामको लागि उसलाई आवश्यक पनि छैन भने- जबर्जस्ती school पठाउने किन? सक्नुहुन्छ भने उसलाई त्यही कार्यमा न्यायोचित सेवा-सुविधा-पारिश्रमिकको व्यवस्था गरिदिनुस्, र उसको पेशालाई सम्मानको दृष्टिले हेर्न सारा समाजलाई प्रेरित गर्नुस् : आजकल पढेलेखेका अङ्ग्रेजी बोल्नेहरू यस्ता पेशालाइ घृणाको दृष्टिले हेर्छन्। सक्नुहुन्छ भने त्यसमा सुधार ल्याउनुस्।

त्यो कामको लागि चाहिने आधारभूत ज्ञान पाइसकेपछि, बाँकी कुरा उसले कामको दौरानमा आफैँ सिक्छ। स्कूलै किन जानुपऱ्यो? त्यही खलाँसी काम गर्न, उसले आफ्नो जीवनको १० वर्ष किन खेर फाल्ने? Pass भएन भने १० वर्षले पनि पुग्दैन, पढ्न मनै नभए पास हुँदा पनि हुँदैन। त्यो १० वर्षको अवधिमा त ऊ आफ्नो काममा expert भइसकेको हुन्छ, आवश्यक ज्ञान र सीप, उसँग दुबै हुन्छ, बाँकी अनावश्यक शिक्षाको बोझ उसलाई किन बोकाउने? उसलाई Newton's Law र Pascal's Law, फलानो Law, फलानो Theorem कथा, कविता, निबन्ध, Sin, cos, Tan,..‍. किन चाहियो?
नेपालमा पाइराखेको काम छोडेर, पढाएर, बेरोजगार बनाएर खाडीमुलुकमा पठाउनलाइ?
_____________________________________________

अनि, नेपालमा गाडीमा खलाँसी चाहिन्छ कि चाहिन्न? कि खलँसी बन्न पनि +2 मा Management लिएर GPA 3.8 ल्याउनुपर्ने नियम बनाउने हो?
सबैलाई जबर्जस्ती लात हानेर school मा कोचेपछि खलाँसी बन्ने चाहीँ को? यसै उसै जबर्जस्ती पढिसकेपछि कोही खलाँसी किन बन्छ? अर्कै काम खोज्छ नि!

हजारौँ सीपमूलक पेशा छन्, जसका लागि कुनै औपचारिक शिक्षाको आवश्यकता पर्दैन, स्कूल नगएरै पनि दक्षता हासिल गर्न सकिन्छ। दुर्भाग्य हो, शासनतन्त्रले सीप र प्रतिभालाई उचित स्थान र सम्मान दिन जानेको छैन : शिक्षा-शिक्षा-शिक्षा भनेर Macaulay शिक्षाप्रणाली जबर्जस्ती सबमा लादेर, व्यक्तिको प्रकृतिप्रदत्त प्रतिभाको दमन गरेको छ भने अर्कातिर पैसा र अमूल्य समय पनि नष्ट गरेको छ।

के का लागि? जनगणनामा literacy rate को percentage धेरै देखाउनको लागि?
पश्चिमाहरूले पहिल्यै तोकेर राखेकै छन्, देश विकास हुन literacy rate धेरै देखिनुपर्छ भनेर।
साक्षरता बढाउन नेपालमा के पढाइ हुन्छ? - जुन पाठ्यक्रम अङ्ग्रेजको ढाँचामा बनेको छ, जुन ढाँचाको उद्देश्य हो: कालान्तरमा नेपाललाई फेरि अङ्ग्रेजको गुलाम बनाउने।

पोष्ट पढेर त हाँसो लाग्ला, अहिलेको जमानामा आएर पनि के कुरा गरेको होला, दिमाग खराब भएछ भन्ने लाग्ला, फुर्सदमा सोचौँ, चित्त नबुझे हाहा रियाक्ट गरेर scroll गरेर अगाडि बढौँ....!
धन्यवाद।

यो गॉजाको गेडा हो। अचार त यो जति मीठो अरू के होला र! दिनदिनै खादा पनि मिठो लागिरहन्छ , अरू जस्तो वाक्क नलाग्ने अचार हो।त...
18/04/2021

यो गॉजाको गेडा हो। अचार त यो जति मीठो अरू के होला र! दिनदिनै खादा पनि मिठो लागिरहन्छ , अरू जस्तो वाक्क नलाग्ने अचार हो।
तर यो भन्दा राम्रो यसलाई पेलेर निकालेको तेलमा तरकारी पकाएर खानुस्, त्यसले स्वास्थ्यलाई धेरै लाभ गर्छ। रिफाईन्ड तेल खान बन्द गर्नुस् सकेसम्म। १ किलो गेडाबाट आधा लिटर तेल निस्कन्छ। धेरै रोगहरूबाट जोगिन्छ। यो तेलमा ओमेगा-३&६ फ्याट र अन्य मनग्गे पौष्टिक तत्वहरू धेरै हुन्छन् जुन ब्रेन र एजिगं समस्याको राम्रो खुराक हो। गेडामा नसा चैँ हुदैन।
साभारित सामग्री

 #गाईबारे: नथापाएको प्रसङ्ग(माल पाएर चाल नपाएका हामी)भैंसी , बाख्रा यी पशुको गोबरमा ६ ओटा तत्व हुन्छन ; गाईको गोबरमा सबै...
03/04/2021

#गाईबारे: नथापाएको प्रसङ्ग

(माल पाएर चाल नपाएका हामी)

भैंसी , बाख्रा यी पशुको गोबरमा ६ ओटा तत्व हुन्छन ; गाईको गोबरमा सबै १८ किसिमको तत्वहरु हुन्छन ।क्यान्सरको सेल नष्ट गर्न उपयोग गरिने तत्व हो"कुर्कुमिन"। कुर्कुमिन क्यान्सरको सेल नष्ट गर्न अत्याधिक उपयोगी हुन्छ । कुर्कुमिनको प्रधान श्रोत गाईको पिसाव हो , कुर्कुमिन कै लागि अमेरिकालगायत पश्चिमी देशहरुका औषधि कम्पनीहरुले भारतबाट वार्षिक अरबौंको गौमुत्र खरिद गर्छन् । पश्चिममा बुझ्ने मानिसहरुले जर्सी गाईको मासु र दूध खाँदैनन। बैज्ञानिक अनुसन्धानले पुष्टि भएको छ जर्सीको दूध र मासुले क्यान्सरको रोग निम्ताउछ, उनीहरुले आफ्नो जर्सीको मासु प्याक गरेर अफ्रिका, एशिया र अरबमा पठाउछन। यहाँको गाइको मासु तस्करी गरेर उता पुर्याउछन ।आफ्नो जर्सी गाइको दूधहरु पाउडर बनाएर अन्य देशमा पठाउछन आफू खाँदैनन । अहिले पश्चिममा हाम्रो गाईको मासुको ठूलो माग छ त्यहाँको जर्सी र होलस्टेन गाईको मासुमा समस्या आएपछि ।

जर्मनले नेपाल भारतको गाई लगेर १५ लाख पुर्याए....ब्राजिलले ५० लाख पुर्यायो हाम्रो लोकल गाई....युरोपले ब्राजिलबाट डेरी आयात गर्छन - आफ्नो डेरी बाहिर पठाउछन पाउडर बनाएर किनकि समस्या छ । सुँगुरको विर्य क्रस गरेर बनाएको हो जर्सी गाई । नेपाल त्यसै गरीब भएको होइन गुहु र गोबर छुट्टाउन नसकेर हो ... बुद्धि भए गाई गोरु खान पाउने माग होइन यहाँको गाई गोरु युरोप तस्करी हुन रोक्न पर्छ । यहाँको गोरुको विर्य तस्करी भएर युरोप अमेरिका पुग्छ भन्ने सायद धेरैलाइ थाहा छैन ? विर्य तस्करी हुन दिनुहुँदैन ।खुराफाति छट्टु खैरेहरु यहाँको गाई, गोरु विर्य ; तस्करी गरेर लान्छन र लाखौं बनाउछन यहाँ काट्न र खान पाउन पर्छ भनेर उचाल्छन अहिले ब्राजिलको मुख्य आयश्रोत यहाँबाट लगिएका गाईहरुको दूध , मुत्र र गोबर हुन ।

यहाँको स्थानीय गाईको दूधबाट बन्ने उत्पादनको ठूलो माग छ पश्चिममा-गाईको मुत्रको अन्तर्राष्ट्रियमूल्य प्रति लिटर ९ डलर छ - यसबाट कुर्कुमिन, जिन्क निकालिन्छ। हामी गाई काट्न पाउनुपर्छ भन्छौं। हामी खाडीमा गएर बेल्चा चलाउछौं - हामी गरीब भयौं किन कि तेल खानी छैन भन्छौं तर अन्तर्राष्ट्रियबजारमा गौमुत्रको बजार मूल्य पेट्रोलभन्दा १० गुना महंगो छ। अहिले पश्चिमका औषधि उद्योगहरुले गाईको पिसावबाट कुर्कुमिन झिकी ४० प्रकारको गम्भीर रोगको लागि औषधि बनाउछ र हामी महँगोमा ती औषधि किन्छौं।

गाइको गोबरबाट अत्याधिक मिथेन ग्याँस पैदा हुन्छ जुन LPG ग्यांस जस्तै सिलिन्डरमा भर्न सकिन्छ, पेट्रोलले चल्ने सवै सवारी मिथेन ग्याँसबाट चल्छ, प्रदुषण पनि हुँदैन ।नेचर नामक जर्नलमा प्रकाशित नतिजा अनुसार गाइको एन्टीबडिजबाट ४२ दिनमा एचआइभीको असर २० प्रतिशत कम गर्न सकिनेछ । परीक्षणका अनुसार ३ सय ८१ दिनमा यो एन्टिबडिजले ९६ प्रतिशतसम्म एचआइभीको असर कम गर्न सक्ने बताइएको छ। अहिले गाईको अदभूत एन्टिबडिज क्षमताको बारे व्यापक अनुसन्धान भैरहेको छ ।

दूध दुई प्रकारको हुन्छ A1 दूध र A2 दूध, पश्चिमीहरुको होलस्टेन तथा जर्सी गाईको दूधलाई A1 दूध भनिन्छ, भारत -नेपालको स्थानीय गाईको दूधलाई A2 दूध भनिन्छ । बैज्ञानिक अनुसन्धान अनुसार A1 दूध मा क्यान्सर, जन्डिस , मधुमेह लगायत दर्जनौ रोग सिर्जना गर्छ । A2 दूध मा चाहिँ यसको विपरीत यी रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यहाँको गाईको मासुमा गम्भीर समस्या देखिएपछि र ती मासुले करोडौंलाई क्यान्सरले थला पारेपछि बाठा पश्चिमीहरु यहाँको लोकल गाईको मासुमा आकर्षित भएका छन। आफ्नो गाईको मासु अन्यत्र सप्लाइ गरेर यहाँको गाईको मासु लैजाने चालबाजीको हिस्सा हो INGO बाट संचालित यहाँको जातिवादीहरुको गाई खान पाउनुपर्ने माग। गाइको पिसाब जति पुरानो भयो त्यति शुद्ध हुँदै जान्छ, गाईको पिसावमा कहिल्य एक बैज्ञानिक अनुसन्धानले गौमुत्र र दूधमा सुनको मात्रा भएको प्रमाणित गरेको छ ।

भारतमा अंग्रेजहरुले हिन्दूको घर तथा मन्दिरमा गाईकोमासु फाल्ने र मुश्लिमको घर तथा मस्जिदमा सुँगुरको मासु फ्याँक्ने घटिया नीति लिएर हिन्दू-मुश्लिम बीच दंगा गराएर फाटो पारि २०० वर्ष भारतलाई लुटेर कंगाल बनाएको थियो। जातीय संवेदनशीलता ठम्याएर त्यसैमा अर्को जातिको उपयोग गरेर प्रहार गरि अस्तव्यस्त बनाउने र रजाई गर्ने पश्चिम़ाहरुको पारम्परिक नीति हो - नेपालमा गाईको वारेमा विवाद यसैको एउटा कडी हो।

#साँघुन्युज

माघे संक्रान्ति / मकर संक्रान्ति / घ्यु चाकु खाने दिन/उत्तरायण आरम्भ/मकर स्नान आरम्भ/तोल ल्होसार/राष्ट्रिय योग दिवसको सम...
14/01/2021

माघे संक्रान्ति / मकर संक्रान्ति / घ्यु चाकु खाने दिन/उत्तरायण आरम्भ/मकर स्नान आरम्भ/तोल ल्होसार/राष्ट्रिय योग दिवसको सम्पूर्ण नेपालीमा एकमुष्ट शुभकामना !!

हिँउदको वेलामा विहान पत्तो नपाईकनै काममा जाने वेला भईसक्छ, सिरक अत्यन्त प्यारो हुनेगर्दछ भने घामको महत्व ज्यादै हुन्छ । आजको दिन नेपालमा सार्वजनिक विदा हो , विहान उठ्न उत्ति हतारो नहुन सक्छ तर फेरि आज माघे सक्रान्तीको तैयारी पनि त गर्नु छ , कि कसो ? सर्वप्रथम त स्वदेश तथा विदेश तपाई जहाँ हुनुहुन्छ, माघे सक्रान्तीको पावन उपलक्ष्यमा धेरै धेरै शुभकामना ।

१२ वटा महिना, ४ वटा क्रतुहरु अनि १२ वटै मशान्त र १२ वटै सक्रान्तीहरु, विक्रम संवतका यी महत्वपूर्ण गणकहरु हुन् । वैशाखे सक्रन्तीवाट शुरु भएका वर्षका दिनहरु क्रमश विभिन्न मशान्त र सक्रान्तीहुँदै चैत मशान्तमा अन्त्य हुन्छ, वैशाखमा हामी मिती लेख्दा पुरानै वर्षको मिती दोहोर्याउने भुल धेरै गर्ने पनि गर्छौ, यो ७७ सालमा यो माघ महिनासम्म आईपुग्दा अब भने हामी कलमले हाजिर गर्दा या मिती लेख्दा ७७ लेख्न बानी परिसक्यौँ, हैन त ?

आज माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आआफ्नै विशेषता र सास्कृतीक महत्वका साथै मनाईने गरिन्छ । सनातन सस्कारमा तिलको विशेष महत्व छ, चाहे होमजाप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य, तिल अपरिहार्य छ । आजको दिन तिलको लड्डूका लागी प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ । अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात उत्तरी र दक्षिणी ध्रुवका वारेमा हामीले भुगोलमा पढेका छौ, सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थितीका आधारमा गणना र मापन गरिन्छ, आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता छ । यसकारण पनि आजको दिनलाई उत्तरायण पनि भनिन्छ, आजवाट उत्तरायण आरम्भ भयो ।

अनि घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु अनि च्यूराको लड्डु तैयार छन त ? के मा बनाउनुभयो ? सख्खर, या चिनीको पाग या महमा ? तरुल, सख्खरखण्ड, पिडालु उसिन्न बाँकी नै छ कि भ्याईयो ? अनि खिचडी नि ?

खिचडीसँग समबन्धीत एउटा उखान तराईतिर ज्यादै प्रचलीत छ, खिचडीके चार यार, दही पापड घी या अचार । मैथिल भाषाको यो उखानका अनुसार खिचडीका चार साथीहरु हुन्छन्, दही, पापड घ्यू अनि अचार , अनि तैयार छन् त यि कुराहरु कि अन्य कुराहरुसँग खिचडी तातोतातो खाने सोचमा हुनुहुन्छ ?
जाडो वेलाको यो न्यानो चाड माघे सक्रान्तीले दैलोमा ढकढक्यायो, ल है । विहान सवेरै नुहाईधुवाई गरेर, चोखो कपडा लगाएर अनि व्राह्मणलाई दान दक्षीणा दिएर अनि कतिपय घरमा त रुद्री या सत्यनारायणको पूजा लगाएरपनि मनाईन्छ । तिल र चाकु मिसाएको परिकार, तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो मिल्ने गर्दछ यसअर्थमा कतिधेरै वैज्ञानिक अनि अर्थपूर्ण सस्कार नेपाली जनजिवनमा रहेको छ भन्ने पुष्ठी हुन्छ । यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदीवाट राहत मिल्दछ ।

आउनुहोस यस दिनको धार्मीक र पौराणीक मान्यताका वारेमा चर्चा गरौ, महाभारतमा भिष्म पितामहलाई ईच्छा मृत्यूको वरदान थियो, रणभुमीमा अर्जुनका धनुवाणहरुले सर्वत्र छेडेका भिष्म पितामहले आजकै दिन मृत्यूको ईच्छा जाहेर गरेर विदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरु, नदिहरु अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भिड रहन्छ, नवलपरासीको देवघाट, सुनसरिको चतरा, कालीगन्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौ शंखमुलको वाग्मती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो रहन्छ । यसरी माघी नुहाईसकेपछी तिलको सुकेको वुट्यान वालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ ।

मधेशमा भने मैथिल र थारुसमुदायहरुले आज वडो सदभावका साथ आज यो चाड मनाउने गर्दछन्, थारु समुदायमा आजको दिन येले दुगं का रुपमा लगभग नयाँ वर्षका रुपमा मनाईन्छ, आजकै दिन किरात वशंले काठमाडौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किरात संवत शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ, अनन्ती नामक चामलको जाँड पश्चिमी थारु समुदायमा वहुत चर्चित छ । यसैगरि छोरीचेलीहरु माईत आउने र फर्कदाखेरि निसराउ अर्थात उपहारहरु दिएर पठाउने चलन छ ।

नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् , आज काठमाडौ उपत्यका नजिकैको पनौतिमा एतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ । यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरुको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरु सङ्क्रान्ति अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरुले धनुषकाँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरुले काठको फ्ल्याकमा अंगारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तितेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरु चैं साँझमा जम्मा भई घरघरमा गई ुबासी आन्द्रा पाई कि नपाईु भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटाहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरु रमाउँदै अर्को घर जान्छन् ।

मिठो खाने अनि सबैको भलो चिताउने यस पर्व माघीको सबैलाई शुभकामना, सख्खरजस्तै गुलिया अनि लड्डुजस्तै मिठा पलहरु यस वर्षभरि कायम हुन्, सबैको जय होस् ।

उत्तरायण आरम्भ
वर्षदिनमा दुईपटक सुर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ति दुई परिवर्तनलाई ूउत्तरायण र दक्षिणायनू भनेर बुझिन्छ। ६ (६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सुर्य कर्कट राशी देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।

उत्तरायणको अवधिमा सुर्यको परिक्रमा मार्ग बिस्तारै उत्तरतर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। शास्त्रको अनुसार उत्तरायणलाई सकारात्मकता तथा दक्षिणायनलाई नकारात्मकताको प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरुको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरुको एक रात।

पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरुले मोक्ष प्राप्त गर्छन भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरुले पुनर्जन्म लिनु पर्छ, यसैकारण पनि सुर्यको यी दुई स्थितिलाई मानिसहरुको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ।

उत्तरायणको बेला दिनहरु लामो र रातहरु छोटो हुने गर्दछन् । उत्तरायणमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिन्छ। सबैको भलो होस्।

मकर स्नान आरम्भ
कृष्णगण्डकी र त्रिशुली नदिको संगम देवघाटको वेणीमा विधिपूर्वक बाँसको लिगों गाडेर मकर स्नानको औपचारीक शुरुवात भएको छ । माघेसंक्रान्तिको अघिल्लो दिन यसरी दोभानमा बाँसको लिगाें गाडेपछि मकर स्नानको औपचारीक् आरम्भ हुन्छ । आजको दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गर्ने हुँदा यस दिनलाई मकर सक्रान्ति र आजवाट शुरु हुने स्नानलाई मकर स्नान भनिन्छ ।

तोल ल्होसार

३ वटा ल्होसारहरु मध्य यो प्राचिनतम ल्होसार हो । तोल ल्होसार नै अन्य ल्होसारहरुको उद्गम मानिन्छ र तोल ल्होसारको आफ्नै दर्शन र महत्व भएको पाइन्छ । तोलको अर्थ हो समय या समयको चक्र र चलायमानता ।

त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ मनाउने गर्दछन । विशेषगरी सोनाम ल्होसार जसरी नै मनाइने यो पर्वको दिन मात्र फरक हुने गर्दछ ।

यो पर्व घर आगन लिपपोत गरी चोखो पारिन्छ र आँफु पनि नुहाएर पुजा गरिन्छ । अनि लामा पुरोहित वाट वा घरको मुलीबाट पुजापाठ गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस भनि कामना गरिन्छ । अनि मान्यजनबाट आर्शिवाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि गरिन्छ ।

लोसार दुईवटा शब्द ‘लो’ ‘सार’ मिलेर बनेको छ जस्को अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ । ल्होसारलाइ लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ । विशेषगरी हिमाली क्षेत्रको समुदायले मनाउने चाडपर्व हो ।
हिमाली भेगमा यस वर्ष मौसमले साथ दियोस्, घामले साथ दियोस् अनि बादलहरुले साथ दिउन् । हिमालका हिँउ होस् अनि हिँउमा सबैको खुशी रहोस्

जय देश ।। हर हर महादेव ।।

पहिलो कुरा गरौं न्युज च्यानल को...Zee news र WION दुई प्लार्फम बाट अन्तरवार्ता लिएको छ, एउटा अङ्ग्रेजीमा अर्को हिन्दीमा....
12/01/2021

पहिलो कुरा गरौं न्युज च्यानल को...
Zee news र WION दुई प्लार्फम बाट अन्तरवार्ता लिएको छ, एउटा अङ्ग्रेजीमा अर्को हिन्दीमा...

मैले WION को युट्युब च्यानल मा हेरेको थिएँ..
WION (Gravitas) को युट्युब च्यानल फलो गरेको १ वर्ष हुनलाग्यो। अन्तराष्ट्रिय राजनीति र चीन, टर्की र मुस्लिम वर्ल्डको बिरुद्ध धेरै बोल्ने गर्छ।
यी तीनै टेलिभिजन च्यानल हुन जहाँ कुनैबेला प्रधानमन्त्री ओली र चिनियाँ राजदूत याङ छि को बारेमा कुनै व्यक्तिगत अनैतिक सम्बन्ध छ जस्तो किसिम बाट चित्रण गरी समाचार सम्प्रेषण गरेका थिए।
( तल तस्बिरमा प्रधानमन्त्री अगाडि एउटा सामान्य पत्रकार को ठाटले स्तर देखाइसक्यो।)

अन्तर्वार्ता सुरु हुनु अगाडी कार्यक्रम सञ्चालक पल्की शर्मा ले भन्छिन्, नेपालको प्रधानमन्त्रीले ३० मिनेट को समय दिएका थिए, तर हामीले १०० मिनेट सम्म अन्तरवार्ता लियौं...
( एउटा अन्तर्राष्ट्रिय खासगरी भारतीय विवादास्पद सञ्चार माध्यमलाई प्रधानमन्त्री जस्तो व्यक्तिको महत्वपूर्ण समय अनावश्यक रूपमा खर्चिनु ले नै सबै स्पष्ट पार्दछ।)
ओलीले हाम्रो संस्कृति बारे के के बोले, ओलीले यो गुरुत्वाकर्षण को बारे गरेको चर्चा सही हो, अझै भन्दा भस्करचार्य भन्दा पहिला नै चाणक्य को २५०० वर्ष पुरानो सूर्य सिद्धान्त भन्ने किताबमा गुरुत्वाकर्षण बल को बारेमा देखाइएको छ, पछि अधुरो सूर्य सिद्धान्त लाई भस्करचार्य ले किताब पूरा गरेर सिद्धान्त शिरोमणि भन्ने किताब प्रकाशन गरेका हुन्।
तर, ओलीलाई राम मन्दिर बारे सोधिएको प्रश्नको सिद्ध उत्तर नदिएर अन्तिममा यहाँ सिद्धान्त ल्याएर जोड़ें, जुन प्रश्न देखि बाहिरको कुरा थियो भने नेपाल सँग सरोकार नभएको विषय हो। भस्करचार्य भारतको तत्कालीन उज्जैन बाट थिए।

कार्यक्रम लाई हेर्दा र पल्की शर्मा र सुदिप चौधरी ले ओलीलाई चीनतर्फ ढल्केको जस्तो देखाउन खोजेको देखिन्छ।
जहाँ ओलीले सशक्त रूपमा ओलीले भारत संग नडराई बोलेको जस्तो देखाउन खोजिएको छ। ओलिको एउटा हतियार यही हो, बोल्न जे नै बोल्छन यो उनको विलक्षण प्रतिभा हो। यही प्रतिभाको आधारमा २०१५ को नाकाबन्दीमा ओलीलाई २,४ भाषण र १०,१२ वटा चुट्किला को आडमा भारत विरोधी देखाएर नेपालीको सेन्टिमेन्ट भोट बटुल्ने काम गराइयो, अहिले त्यसलाई अर्को लेभल म देखाउन खोजिँदै छ। ( यद्यपि मेरो विचारमा चुनाव हुँदैन।)
आखिर त्यो त, चुनाव पछि स्पष्ट भयो कि, नाकाबन्दी लगाउने प्रमुख पात्र उपेन्द्र यादव सँग मिलेर सरकार मात्र बनाएन, जनकपुरमा भारतीय सेनाको बुट बजार्ने काम पनि गर्यो।
ओलीलाई भारतले महाकाली सन्धि, २०१५ को नाकाबन्दी पछि प्रयोग गरिसक्यो। एमसीसी को पक्षधर पनि ओली हो। एमसीसी भारतीय र अमेरिकी रणनीति हो, त्यसैले एमसीसी जबर्जस्ती पास गरेर जानुपर्छ भन्ने ओली कसरी भारत बिरोधी हुन्छ??

कठै, एउटा अन्तरवार्ता को आधारमा एउटा व्यक्ति (राष्ट्रघाती) लाई देवत्वकरण गर्न अलिकति चेतनास्तर उच्च मानिएका युवाबाट नै हुन्छ भने सोझा साझा आम नागरिकले के बुझ्छन् भन्ने कुरो गारो छ।
( हामीले देख्दा भारत देख्छौं तर भारतमा पनि त्यस्ता धेरै शक्ति छन् जसले नेपालको आन्तरिक राजनीतिमा आफ्नै दाउ खोज्छन्। जस्तै RAW, RSS, BJP, CONGRESS I)
त्यसैले जहिले पनि कुरोको गाम्भिर्यतालाई बुझ्ने प्रयास गरौं, हरेक कुरालाई critically सोचौ।
देशमा सामान्य खेल भइरहेको छैन, अन्तराष्ट्रिय शक्तिकेन्द्र को सामरिक किल्ला बनिसकेको छ देश। देशलाई यसरी विदेशीका प्यादा बाट मुक्त नगरी स्वाधीनता र समृद्धि असम्भव छ।
जय देश🇳🇵
#राष्ट्र_पहिलो🙏🏼🇳🇵

 :January 1 मा नयाँ वर्ष होइन, र जनवरी पहिलो महिना पनि होइन। Numa Pompilius जस्ता Roman शासकहरूले सबै हेरफेर गरेका थिए, ...
01/01/2021

:

January 1 मा नयाँ वर्ष होइन, र जनवरी पहिलो महिना पनि होइन। Numa Pompilius जस्ता Roman शासकहरूले सबै हेरफेर गरेका थिए, अङ्ग्रेजी महिनाको order नै गलत छ आज।

अङ्ग्रेजी नयाँ वर्ष March महिनामा पर्छ। इतिहास हेरौँ।
March पहिलो महिना हो,
April दोश्रो महिना हो,.....
यसरी नै,
SEPTember सातौँ महिना,
OCTober आठौँ महिना,
NOVember नवौँ महिना,
DECember दशौँ महिना हो।
January एघारौँ महिना, र February सालको अन्तिम महिना हो।

सामान्य अङ्ग्रेजी बुझ्ने बच्चा बच्चालाई थाहा छ,
Sept/Hept, Oct भनेको, 7 र 8 को prefix हुन्।
Nov/ Non = 9 को, र Dec = 10 को prefix हुन्।

Heptagon, Octopus, Octet, Nonagon, Decimal, Decimetre,... यसरी नै संस्कृत शब्दबाट बनेका हुन्। सम्भवतः ईशापूर्व पहिलो शताब्दीभन्दा पहिले सबै महिनाका नाम संस्कृतमा आधारित थिए। पछि विभिन्न राजाहरू र स्थानीय रोमन देवताहरूको नामबाट January, August, March, आदि नाम परिवर्तन गरिएको हुन सक्छ।

January मा के आधारले New Year र खुसियाली बनाउने? के "New" हुन्छ यो पुसको कठ्याङ्ग्रिँदो चिसोमा? हरियाली टाढिएको बेला,
प्रकृति उजाडिएको बेला,
आँगनमा फूलहरू फुल्न छोडेको बेला,
फूलमा माहुरीहरू डुल्न छोडेको बेला,
आकाशमा पंक्षीहरू उड्न छोडेको बेला,
कामको जाँगर हराएको बेला,
चौतर्फी सन्नाटा छाएको बेला,
के को New Year हो बीचमा आएर?

मूर्खता हो यो। अङ्ग्रेजहरूले चिसोमा रक्सी धोक्ने बहाना हो।

March बाट वसन्त-ऋतु लाग्छ: ऋतुहरूको राजा हो वसन्तऋतु। प्रकृतिले नयाँ रङ्ग फेर्छिन्, चारतिर हरियाली छाउन थाल्छ। न धेरै जाडो, न धेरै गर्मी, चारतिर खुसी छाउँछ। त्यो हो New Year.
कुरै नबुझि, सोचविचार नगरी बेला न कुबेला बुरुक् - बुरुक् उफ्रिन बन्द गरौँ!

गीता जयन्ती अर्थात मोक्षदा एकादशी  एंव तुलसी पुजनको पवित्र दिवसमा सम्पूर्ण नेपालीहरूका साथै विश्वका सम्पूर्ण सनातनीहरूला...
25/12/2020

गीता जयन्ती अर्थात मोक्षदा एकादशी एंव तुलसी पुजनको पवित्र दिवसमा सम्पूर्ण नेपालीहरूका साथै विश्वका सम्पूर्ण सनातनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
आजैकै दिवसमा परमेश्वर श्री कृष्णले अर्जुनलाई गीता ज्ञान दिनुभएको थियोे । जुन गीता ज्ञान मानवतालाई उचित मार्ग देखाउँनुका साथै सम्पूर्ण प्राणीहरूको मोक्षको परिचय दिदँछ अनि यसै ज्ञानबाट मोक्ष प्राप्त गर्न सकिने भएकाले मोक्षदा एकादशी पनि भनिने गरिन्छ ।

जय देश ।।
हर हर महादेव।।जय श्री कृष्ण ।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Reacts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share