Kfx Online

Call Directions Contact the establishment

Kfx Online ✨ Stay Informed. Stay Updated. Kfx Online

14/09/2026

म भए सत्तामा पुगिहाल्थे -दुर्गा प्रसाई

उनीहरू केवल एउटा पुस्ता थिएनन्,उनीहरू देशको सुन्दर भविष्यको सपना बोकेका आवाज थिए। 🇳🇵हिजोसम्म भविष्यका सपना सजाउने ती आँख...
08/09/2026

उनीहरू केवल एउटा पुस्ता थिएनन्,
उनीहरू देशको सुन्दर भविष्यको सपना बोकेका आवाज थिए। 🇳🇵

हिजोसम्म भविष्यका सपना सजाउने ती आँखाहरू,
आज सधैंका लागि बन्द भएका छन्… 💔
कसैका छोरा, कसैका छोरी,
कसैको घरका प्रिय सदस्य थिए उनीहरू—
देशका लागि आफ्नो अमूल्य जीवन अर्पण गरेर
उनीहरू सधैंका लागि अमर बनेका छन्। 🕊️

Gen Z का अमर शहीदहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली।
तपाईंहरूको त्याग र बलिदान सधैं सम्मानका साथ सम्झिरहनेछौँ। ❤️‍🩹

तपाईंहरूले देखेको सपना हामी कहिल्यै मर्न दिनेछैनौँ।
त्यही सपनाको नेपाल बनाउँदै अघि बढ्नेछौँ। 🇳🇵

बाढी प्रभावित परिवारहरुका लागि निरन्तर राहत संकलन कार्यमा नायिका प्रियंका कार्की...
06/09/2026

बाढी प्रभावित परिवारहरुका लागि निरन्तर राहत संकलन कार्यमा नायिका प्रियंका कार्की...

04/09/2026

उद्धार भएको ब्यक्तिलाई सहजिकरण गरेर काठमाडौं पठाउदै गृहमन्त्री सुधन गुरुङ...

त्रीशुली 3 A Updateथप आवज सुनिए पछि उद्धार टोली सुरुंग प्रबेश गर्दै ।
04/09/2026

त्रीशुली 3 A Update
थप आवज सुनिए पछि उद्धार टोली सुरुंग प्रबेश गर्दै ।

त्रिशुली 3A एक जनाको सकुशल उद्धार गरिएको छ...
04/09/2026

त्रिशुली 3A एक जनाको सकुशल उद्धार गरिएको छ...

Trishuli 3A भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ...
04/09/2026

Trishuli 3A भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ ।

03/09/2026

कठिन मौसम र चुनौतीपूर्ण परिस्थितिका बीच पनि उद्धार कार्यमा निरन्तर खटिनुभएका नेपाली सेनाका सुरक्षाकर्मीहरू...


माटोमुनिबाट बालिका रोएको आवाज आएपछि APF टोलीले गर्‍यो उद्धार, अचेत अवस्थामा फेला  रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरे...
28/08/2026

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि APF टोलीले गर्‍यो उद्धार, अचेत अवस्थामा फेला

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (APF) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ।

शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो।

सीमा सुरक्षा चौकी (BOP) टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएको ६ जनाको टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो। उद्धारका क्रममा बालिका गम्भीर अवस्थामा रहेकी र अचेत अवस्थामा फेला परेको जनाइएको छ।

चौकीमा ल्याएपछि बालिकालाई न्यानो बनाएर राखिएको छ। उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको छ। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन नसकेको बताइएको छ।

माटोमुनिबाट आएको बालिकाको रोएको आवाज सुनेर समयमै उद्धार गर्न सफल हुनु ले उद्धार टोलीको सतर्कता र खोजी कार्यको महत्त्व झनै देखाएको छ।

बाढी–पहिरो प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

28/08/2026

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री गुरुङ आफैं फिल्डमा, मिनी स्काभेटरसहित सेना–सशस्त्र परिचालन

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैं फिल्डमा खटिनुभएको छ।

बाढीका कारण आयोजनाको सुरुङ प्रवेशद्वारमा माटो तथा ढुंगामाटो थुप्रिएपछि सुरुङभित्र रहेका कर्मचारी तथा अन्य व्यक्तिहरू बाहिर निस्कन नसकेको खबरपछि उद्धार कार्य तीव्र पारिएको हो। सुरुङमा हाइड्रो इन्जिनियरसहित ३५ जना फसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

उद्धारका क्रममा सुरुङको अवरोध हटाउन मिनी स्काभेटर आवश्यक परेको सूचना सार्वजनिक गरिएपछि आवश्यक उपकरणसहित उद्धार टोली परिचालन गरिएको छ। गृहमन्त्री गुरुङको नेतृत्वमा नेपाली सेना तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत घटनास्थलमा खटिएर सुरुङको बाटो खुलाउने र फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।

सुरुङभित्र फसेकाहरूको अवस्था थप जोखिमपूर्ण बन्न नदिन उद्धार टोलीले रातको समयमा समेत कामलाई निरन्तरता दिएको छ। सुरुङभित्र अक्सिजनको मात्रा घट्न सक्ने जोखिम रहेकाले उद्धारलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताइएको छ।

यसअघि पनि बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा मानिसहरू फसेका थिए। नेपाली सेनाले माथिल्लो त्रिशूली क्षेत्रको अर्को सुरुङबाट सयौं मानिसको उद्धार गरिसकेको जनाएको छ भने अझै केही व्यक्ति फसेको हुनसक्ने भन्दै खोज तथा उद्धार जारी राखिएको छ।

फसेकाहरूलाई सकुशल उद्धार गर्ने लक्ष्यसहित सुरक्षाकर्मी र प्राविधिक टोलीले जोखिमका बाबजुद उद्धार अभियानलाई तीव्रता दिएका छन्।

नोट :गृहमन्त्री संगै जानु भएको टोलिसंग इन्टरनेट नरहेको ।
-गृहमन्त्री ज्युको सचिबालय

Address

Koteshwor
Kathmandu
4600

Telephone

+9779822615027

Website

Alerts

Be the first to know and let us send you an email when Kfx Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Kfx Online:

Shortcuts

Share