29/07/2022
गुँलापर्व Gula parva
बौद्ध धर्मालम्बीको महत्वपूर्ण सांस्कृतिक पर्व ‘गुँलापर्व’ साउन शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छl यो पर्व नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महीना मनाइने गर्दछन्।
नेवाः नेवार समुदायले मनाउने गुँलापर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ । सथै मध्यपुर थिमिमा पनि न्याकुबाजा नामक अर्नाको सिंङको बाजा र चितबाजा नामक भेडाको सिंङको बाजा बजाइन्छ। यस्तै यो महिनामा इटुम्बहालमा पनि दिपंकर र केश्चान्द्र आजुलाई बिराजमान गराइन्छ। काठमाडौ उपत्यका बहिर दोलखामा भने यो पर्व हिलो जात्रा नाम गरि कृष्ण जन्म अष्ट्मी सम्म मनाइन्छ।
गुँलाबाजं खलः स्वयम्भू जाने चलन लिच्छविकालिन राजा हर्षदेवको शासनकाल ने.सं. २०४–२१८ बाट सुरु भएको अनुमान यहाँ एक महिनासम्म राजा हर्षदेवद्वारा रचना गरिएको दशवलास्तव स्रोत सांगितात्मक रुपमा चलाउँदै आएको कुराले पुष्टि हुन्छ।