G live vlogger

G live vlogger Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from G live vlogger, Gaming Video Creator, Kathmandu.

28/09/2024

यसरी बगायो नख्खु खोलाले ४ जनालाई
काठमाण्डौ नेपाल

28/09/2024

दु:खद खबर!!😥⛈️!!लगातारको अविरल वर्षाको कारण काभ्रे रोशी गाउँपालिका को नार्के मा रहेको बस्तीको घरहरु बगाएको छ बस्ती जोखिममा रहेको छ।सतर्क रहनुहोला।😥⛈️ रोशि खोलाको आसपासमा ठुलो धनजनको क्षति भएको छ।

⛈️ बीपी राजमार्ग अवरुद्ध रोशी ११ कालढुङ्गामा भ्याकुरे खोलामा आएको बाढीले हिम पाइप बगाएको वरपर अन्य दुई ठाँउको सडकमा क्षति भएकोले राजमार्ग हिजो देखि नै अबरुद्ध भएको छ ।

⛈️काभ्रेको पनौतीमा रहेको लड्केश्वर धाममा बाढी पसेको छ ।⛈️

⛈️बाढी र लेदोको कारण बेथानचोक गेल्लुङ बजार जोखिममा देखियको छ।

⛈️पनौती रोशीमा १२ खोलाको आसपासमा बाढी ,पहिरो र लेदोको कारण बस्ती त्रासमय देखियको छ बाटो अबरुद्ध छ।

⛈️अरनिको राजमार्ग बनेपा पुलबजार पुरै डुबानले आवतजावतमा अबरुद्ध देखियको छ।

⛈️धुलिखेल सडक खण्ड पहिरो गयकोले,हिलो,लेदोले यात्रा अबरुद्ध देखियको छ।

⛈️मन्डन देउपुर चाखोला खोलाले बाढी र लेदोको कारण खेतीयोग्य जमिन हरु ठुलो क्षेति पुरायको छ।र गेरुवामा पहिरो ले घर बगाएको छ।

⛈️पाँचखाल खोला आसपास पुरै डुबानमा छ।अरानिको सडक खण्ड ठाउँ ठाउमा पहिरो गयको छ।

⛈️काभ्रे,सिन्धुपाल्चोकमा सिमाना इन्द्रावती नदिमा पानीको उच्च वहाब देखियको छ,आसपास का खेतीयोग्य जमिनको डुबानले आसपासका बस्तीहरु जोखिमपुर्ण देखियको छ।

⛈️देशै भर जलमग्न छ,काठमाडौं बल्खु र अधिकाम्स ठाँउमा पुरै डुबान छ।

⛈️अविरल वर्षा र बाढी पहिरोका कारण देशै भर उच्च जोखिम अवस्था आएको छ। सबैलाइ सतर्क रहन र आफुले सक्ने मानवीय सहयोगका लागि अनुरोध गर्दछु।नागरिकको जिउ-धनको सुरक्षामा अत्यन्त जिम्मेवार भइ आफ्ना सम्पुर्ण निकायहरूलाई परिचालन गर्न गराउन सरकारको विनम्रता पुर्वक ध्यानाकर्षण गराउदछु।

⛈️नदि,खोला जोखिम ठाँउमा आसपास उच्च सतर्कता अपनाउनु होला।म आफैं पनि भक्तपुर र काभ्रेको सिमानामा अडकियको छु।
सबैलाइ सतर्क रहन पुनः अनुरोध गर्द्छु।

१. काठमाडौं - नागढुङ्गा - चितवन सडक : बन्द
२. काठमाडौं - धुलिखेल - सिन्धुली सडक : बन्द
३. मुग्लिङ - पोखरा सडक : बन्द
४. चितवन - बुटवल सडक : बन्द
५. धुलिखेल - खावा - दोलखा सडक : बन्द
६. बेनी - मुस्ताङ सडक : बन्द
७. कैलाली - बझाङ बाजुरा सडक : बन्द
८. झापा - ईलाम (मेची राजमार्ग) सडक : बन्द
९. काठमाडौं - हेटौंडा सडक : बन्द

काभ्रे रोशी गाउँपालिका को नार्केको यो कहालीलाग्दो दृश्य😥⛈️👇️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when G live vlogger posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share