23/12/2024
सबैभन्दा पहिलेको इतिहास भनेको ब्रमाण्ड ब्रामाण्ड भित्र एउटा धर्ती थियो।त्यो धर्ती भित्र मानव,जनवार,पशुपंक्षी र बनस्पति थियो।एरिस्टोटलका अनुसार मान्छे राजनीतिक प्राणी हो।किनकि मान्छेसँग बिचार छ।पहिलाको राजनैतिक ध्येय भनेको बहिरको समस्या समधान सँगसँगै हरेक मान्छेभित्रको अन्तरनिहित क्षमतालाई बहिर निकाल्नु पनि छ।तर अहिलेको राजनैतिक उदेश्य भनेको बहिरको समस्या समधानमा मात्र सिमित छ।हुन त बहिरको समधान गर्ने राजनीति पनि राम्रो राजनीति हो।तर संसारमा खराब राजनीति हाबी भएकोछ।खराब राजनैतिक यस्तो अपबित्र छ।एउटै मात्र देश छ त्यो धर्ती छ एउटै मात्र जात छ त्यो मानव एउटै मात्र धर्म छ त्यो हो सत्य त्यो सत्य गीतामा पनि छ बाइबलमा पनि छ त्रिपिटकमा पनि छ कुरान, टाउटेचिङ र माक्र्सवाद भित्र पनि छ।तर अपबित्र राजनैतिक भएको कारण मानवलाइ विभिन्न जात ,वर्गमा बिभाजन गरेर,एउटै धर्ती लाई टुक्रा टुक्र बनाएर यो देश त्यो देश भनेर युद्ध गरिरहेको पाइन्छ ।हिन्दु ,मुस्लिम ,बुद्दिष्ट,इसाई सबै परम सत्य सम्म पुग्ने बाटो मात्र हो ।तर यो धर्म र त्यो धर्म भनेर युद्ध गरिरहेका छन्।मानवता खिइन्दैगइरहेको छ।अाजको खराब राजनीति मन्दिर चर्च धर्ममा पनि देखिन्छ ।भनिन्छ नी राजनीति युद्धको मैदानमा मात्र होइन बिबाह जस्तो पबित्र स्थलमापनि प्रगोग गर्न पछि पर्दैनन् त्यसैले त अोशोले कुकुर र नेतालाई मेरो अाश्राममा प्रवेश गर्न निशेध छ भनेको थिए।भनिन्छ मान्छे उठ्यो भने बुद्ध बन्छ तर खस्यो भने सैतान बन्छ।पशु कुकुर अनि बाघ बडो झगडा गर्छन् तर मार्ने पक्षमा जादैनन् तर मान्छे खस्यो भने पशु भन्दा तल झर्छ जसको कारण युद्ध हुन्छ ।जस्तै हिट्लरले जातिकै नाममा 60 लाख मान्छे मारिदिए।यी सबै युद्धमा मान्छेको अहंकारले काम गरेको हुन्छ।रावणको अहंकारले रावयण युद्ध भयो दुर्यधनको अहंकारले महाभारत हिटलरको अहंकारले दोस्रो विश्व युद्ध भएकोथियो।म भन्ने अहंकारले गर्दा मान्छे मान्छे बीचको देश देशको सम्बन्ध बिग्रेको हुन्छ ।सबैभन्दा धेरै अहंकारले भुमिका खेलेको पाइन्छ।त्यसैले भनिन्छ ।जब मान्छे को अहंकारले विश्राम लिन्छ तब मान्छे भित्रको इश्वरले superpower ले काम गर्न थाल्छ।अाज जात जातको बिभाजन देशको बिभाजन धर्म धर्मको बिभाजन ले युद्ध निम्त्याएको छ ।त्यसैले दार्शनिकहरु भन्छन् यदी संसार नै एउटै देश नहुने हो भने संसार नरहन सक्छ ।संसार एउटै देश हुनु पर्छ एउटै सरकार हुनुपर्छ अनि संघियता प्रणाली लागुहुनुपर्छ।प्लेटोका लामो अध्ययन अनुसार कि त नेता दार्शनिक हुनुपर्छ कि त दार्शनिक नेता हुनुपर्छ अनि मात्र सहि राजनीति हुन्छ ।अनि मात्र संसारको कल्याण हुन्छ ।