28/05/2026
सोर्सफोर्स लाएर, पैसा खुलाएर जागीर खान पल्केकाहरुले नै हो पदको दुरुपयोग गर्ने, नगरुन पनि त्यो ठाउँसम्म पुग्न कतीले आफ्नो खल्ती समेत रित्याएका हुन्छन, पदको मर्यादा राख्न इमान्दारिसाथ काम गरौँ, एक त क्षमताको कमी, अर्को आफुले निवेश गरेको धनराशी पुड्ताल हुनेबाटै बन्द हुने, के गरोस अनी, हरेक क्षेत्रमा यस्तै हवीगत भएसी देसको बारेमा कल्ले पो सोच्दो हो, सत्ता हाँक्ने नेता त्यस्तै व्यक्तीगत स्वार्थको बारेमा बाहेक अरु सोच्नै जान्दैनन, अनी कहाँ हुन्छ, यदि मेरिट लिस्टको आधारमा चयन गरिने हो भने गरिव निमुखा जनताका छोरा छोरीले पनि अवसर पाउँछन, भोकै नाङ्गै रहंदा सम्म पनि आफ्नो लक्ष नभुल्नेहरु नै परिवर्तनका संवाहक हुन,भ्रष्टचारकै कारण गरिवीको मारमा परेका हुन भन्ने कुरा बुझेका हुन्छन, म त्यो पदमा पुगेदेखी यस्तो गर्ने थिए, उस्तो गर्ने थिए भन्ने हुन्छ,यस्तोमा उचीत पोस्ट पाए आफ्नो ट्यालेन्ट देखाउन तीनलाइ कल्ले रोक्न सक्छ तर यी सबै कुरा तब मात्रै सम्भब हुन्छ जब नेता जनता दुवैले नैतीक हैसीयतको अनिवार्यतालाइ मनन गर्छन,नयाँ सरकारमा यी सबै गुण देखीन्छ, खाली "बोलेन बोलेन" मात्रै भन्नुको आशय के होला, बोलेर मात्रै हुने भए बोल्न कती सिपालु थिए पुराना नेताहरु !
( योग्यता अनुसारको पदपुर्तीमा लाग्ने हो भने देसप्रती उतरदायी पक्कै हुन्छन )