29/06/2024
अधिकांश ठाउँमा खेत बाँझा छन्। कृषिकर्म गर्नुपर्ने जनशक्ति विदेश पलायन भैरहेको छ। रोपाइमा गाइने गीत जान्नेहरु दिनानुदिन कम हुँदै गैरहेका छन्। सिकनुपर्ने युवा-युवतीहरुलाई चासो छैन। विगतमा गाइने गीतहरु हिजाआज लोपोन्मुख प्राय छन्। सरकारका अगुवाहरु हरेक वर्ष कृषकका खेतका गरामा पुगेकै छन्। मासु भात खाएकै छन्। र, हिलोमा खुट्टा राखेझैँ गरी फोटो खिचाइ रहेकै छन्।
जसैगरी पुराना स्थानीय जातका बालीहरू हराउँदै गए उसैगरी पुराना दिनमा गाइने र खेलिने खेल पनि लोप हुँदै गइरहेका छन्। आधुनिकताका नाममा देखापरेका बाह्य संस्कृतिका बाछिटाहरूले बिस्तारै सम्राज्य जमाउन थालेपछि पूर्खाका पालाका संस्कार, सभ्यता र संस्कृतिका पाटाहरू निरीहझैँ देखिन थालेका छन्। यो पीडा न कुनै दिवशमा भेष्ट वितरण गर्नेहरू बुझ्छन्, न त व्यानर तेर्साएर तस्बिर खिच्नेदेखि प्रगति प्रतिवेदन तयार पार्नेहरू नै बुझ्छन्। मात्र रमिता देखाइरहन्छन्। भन्नुहुन्छ हेमन्त बिबश दाइ । आफनो लेखमा
बास्तबिक्ता यस्तै हो । जेहोस यक दीनका लागी भएपनी माटोसंग स्पर्श गर्ने काल्पनीक किसान भन्दा बास्तबिक किसान जो मानो रोपी पाथीको लागी पर्खाइमा छन । उहालाइ शुभकामना ।