Purbi Command online

Call Directions Website Contact the establishment

Purbi Command online all news

स्ववियुकी ‘इलेक्सन स्टार’ सरिताको कांग्रेसमा छलाङ २१ वर्षीया सरिता भट्ट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्विरोध न...
26/09/2026

स्ववियुकी ‘इलेक्सन स्टार’ सरिताको कांग्रेसमा छलाङ
२१ वर्षीया सरिता भट्ट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी छन्। कैलाली बहुमुखी क्याम्पसको २०८१ सालको स्ववियु निर्वाचनमा ‘म्यान अफ द इलेक्सन’ बनेकी सरिता बैतडीको मैलाली नगरपालिका–२ बाट क्षेत्रीय प्रतिनिधि हुँदै प्रदेश प्रतिनिधिमा पुगेकी हुन्। ३५ वर्षमुनिको समूहबाट निर्विरोध निर्वाचित सरिताले अब कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा प्रदेश सदस्यमा उम्मेदवारी दिने बताएकी छन्।

25/09/2026

नेपालका प्रधानमन्त्रीको अपमान भयो, म प्रधानमन्त्री भए अमेरिकाको राष्ट्रपति लिन आउने हैसियत बनाउँछु— हर्क साम्पाङ

25/09/2026

‘पेन्टागनको दानापानीबाट चल्नेहरू मुलुक बर्बादीतर्फ धकेल्दैछन्’: श्रम संस्कृति पार्टीका उपाध्यक्ष लोकनाथ चुडाल

25/09/2026

श्रम संस्कृति पार्टीका उपाध्यक्ष लोकनाथ चुडालको कडा टिप्पणीः ‘ख रा नी को रासबाट उठेका राँकेभूतले मुलुक बर्बाद गर्दैछन्’

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पार्टीले जितेका पालिकामा भ्रष्टाचार हुन नदिने...
25/09/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पार्टीले जितेका पालिकामा भ्रष्टाचार हुन नदिने दाबी गर्नुभएको छ। उहाँले भन्नुभयो, “श्रम संस्कृति पार्टीले जितेको पालिकामा भ्रष्टाचार नहुने म ग्यारेन्टी लिन्छु।”

जोखिम मोलेर सेफ्टी ट्याङ्कीभित्र पसेर अचेत अवस्थामा रहेका एक व्यक्तिको सकुशल उद्धार गरेका जिल्ला प्रहरी कार्यालय इलाममा ...
25/09/2026

जोखिम मोलेर सेफ्टी ट्याङ्कीभित्र पसेर अचेत अवस्थामा रहेका एक व्यक्तिको सकुशल उद्धार गरेका जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक दिवश रिमाल २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषित हुनुभएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक रिमाललाई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो। इलाम नगरपालिका–७, कुलधारा निवासी कुवेर प्रसाद शर्माको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही स्थानका ४७ वर्षीय रामसी डोम ट्याङ्कीभित्र अचेत अवस्थामा रहेको सूचना भदौ ५ गते प्राप्त भएपछि प्रहरी निरीक्षक रिमालको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। उद्धारका क्रममा प्रहरी निरीक्षक रिमालले आफ्नो ज्यानको जोखिम मोलेर सेफ्टी ट्याङ्कीभित्र प्रवेश गरी अचेत अवस्थामा रहेका डोमलाई सकुशल बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
कर्तव्य निर्वाहका क्रममा उच्च मनोबल, व्यावसायिकता र साहस प्रदर्शन गर्नुका साथै विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै अनुशासित र कर्तव्यनिष्ठ ढंगले जिम्मेवारी पूरा गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले रिमालको कार्यसम्पादनको उच्च मूल्याङ्कन गरेको जनाएको छ।
आम नागरिकको जीवनरक्षा तथा सुरक्षाका लागि जोखिमपूर्ण अवस्थामा समेत सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गरेको र प्रहरी संगठनको गरिमा एवं नागरिकप्रतिको विश्वास अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उहाँलाई भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।

श्रमिक समूहबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वजित भण्डारीको उम्मेदवारी नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ को महाधिवे...
25/09/2026

श्रमिक समूहबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वजित भण्डारीको उम्मेदवारी
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि पदमा उर्लाबारी–४ का सर्वजित भण्डारीले श्रमिक समूहबाट उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि श्रमिक अधिकार, सामाजिक सेवा र समुदायसँग जोडिएर काम गर्दै आउनुभएका भण्डारीले पार्टीको १५ औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी अघि सार्नुभएको हो।
भण्डारी २०५४ सालदेखि ट्रेड युनियन क्षेत्रमा आबद्ध भएर श्रमिकका हकहित र अधिकारका विषयमा सक्रिय रहँदै आउनुभएको छ। श्रमिकका समस्या, पेशागत सुरक्षा तथा सामाजिक सरोकारका विषयमा निरन्तर काम गरेको अनुभवलाई उहाँले आफ्नो उम्मेदवारीको प्रमुख आधारका रूपमा अघि सार्नुभएको छ।
सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारीले ग्लोबल युवा क्लबको संयोजकका रूपमा पाँच वर्ष काम गरिसक्नुभएको छ। त्यस्तै, हलुका सवारी चालक समूहको दुर्घटना संयोजकका रूपमा १२ वर्ष जिम्मेवारी सम्हाल्दै चालक तथा श्रमिक समुदायसँग नजिक रहेर काम गर्नुभएको अनुभव उहाँसँग छ। लामो समयदेखि विभिन्न सामाजिक तथा श्रमिक अभियानमा सक्रिय रहँदा समुदायका विभिन्न वर्ग र समूहसँग सहकार्य गर्दै आउनुभएका भण्डारीलाई सहकर्मी तथा स्थानीयस्तरमा मिलनसार र सहयोगी व्यक्तिका रूपमा चिनिन्छ। सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले श्रमिक समुदायको आवाज पार्टीको संगठनात्मक संरचनामा थप प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएमा श्रमिक वर्गका मुद्दालाई पार्टीभित्र थप प्राथमिकताका साथ उठाउने, श्रमिकको सम्मान र अधिकारका विषयमा आवाज बुलन्द बनाउने तथा सामाजिक उत्तरदायित्वलाई राजनीतिक अभियानसँग जोडेर अघि बढाउने उहाँको धारणा छ। लामो समयको ट्रेड युनियन अनुभव, सामाजिक क्षेत्रमा गरेको योगदान र विभिन्न जिम्मेवारीमा रहेर हासिल गरेको अनुभवका कारण भण्डारीको उम्मेदवारीलाई मोरङ क्षेत्र नं. १ को श्रमिक समूहमा चासोका साथ हेरिएको छ।

25/09/2026

प्रधानमन्त्री बालेन साहले संयुक्त राष्ट्र संघको ८१ औं महासभालाई सम्बोधन बारे यसो भने श्रम संस्कृति पार्टीका नेता कोशी प्रदेश अध्यक्ष प्रताप राईले !

25/09/2026

एमाले जिल्ला सदस्य छोडेर श्रम संस्कृति पार्टी रोजेका सुरेन्द्र शेर्माले के भन्नुभयो ?

मोरङ–१ बाट प्रदेश प्रतिनिधिमा कुमार खड्काको उम्मेदवारी, पेशागततर्फबाट मैदानमाउर्लाबारी–२ का कुमार खड्काले नेपाली कांग्रे...
25/09/2026

मोरङ–१ बाट प्रदेश प्रतिनिधिमा कुमार खड्काको उम्मेदवारी, पेशागततर्फबाट मैदानमा
उर्लाबारी–२ का कुमार खड्काले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रदेश प्रतिनिधि पदमा पेशागततर्फ उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय खड्का सञ्चार क्लब नेपाल उर्लाबारीका पूर्वअध्यक्षसमेत हुनुहुन्छ। पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका खड्काले संगठन निर्माण, पेशागत हकहित र सामाजिक सरोकारका विषयमा निरन्तर भूमिका निर्वाह गर्दै आउनुभएको छ।

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779804333388

Alerts

Be the first to know and let us send you an email when Purbi Command online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Purbi Command online:

Shortcuts

Share