Ranginparda

Directions Website Contact the establishment

Ranginparda Modeling Agency Verified

जेन्जि सहिद स्मृति सभामा किन देखाइयो चंगुलको टिजर ?चलचित्र चंगुलको टिजर सार्वजनिक भएको छ ।  नयाँ बानेश्वर स्थित बिरेन्द्...
22/09/2026

जेन्जि सहिद स्मृति सभामा किन देखाइयो चंगुलको टिजर ?

चलचित्र चंगुलको टिजर सार्वजनिक भएको छ । नयाँ बानेश्वर स्थित बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र अर्थात पुरानो संसद भवनमा आयोजित जेन्जी सहिद स्मृती सभामा चलचित्र चंगुलको टिजर सार्वजनिक गरिएको हो । गृहमन्त्रि सुधन गुरुङ , कानुन मन्त्रि सोबिता गौतम , भुमि ब्यवस्था तथा संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रि प्रतिभा रावल , पूर्वाधार बिकाश मन्त्री सुनिल लम्साल लगायतका मन्त्रिहरुको उपस्थिति रहेको उक्त भव्य कार्यक्रममा चलचित्रको टिजर सार्वजनिक हुँदा उपस्थित सबैले चलचित्रको प्रसंसा गरेको थिए ।
गत बर्ष भाद्र २३ गते भएको जेन्जी आन्दोलन र त्यस पछिको अवस्थालाइ चलचित्रमा देखाइएको छ । चलचित्र असोज १६ गते बाट प्रर्दशनमा आउदैछ । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ ।

काठमाडौं ।नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंक...
22/09/2026

काठमाडौं ।नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आयोजना गरी संघले स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका अवसरमा संघले भोटेकोशी बाढीपीडितको सहयोगार्थ बृहत् रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना गरेको थियो । चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा भएको रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका थिए । त्यस्तै, बाढीपीडितका लागि करिब चार लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिनुभयो । हर्के हल्दार टिमबाट एक लाख ३३ हजार ३३३ र कार्यसमिति सदस्य नवीन श्रेष्ठले एक लाख एक हजार सहित करिब चार लाख रुपैयाँबराबरको राहत रकम संकलन भएको जनाइएको छ ।

संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउनुका साथै अस्पतालमा हुने रगतको अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम चलचित्र विकास बोर्डको सहकार्य तथा मेट्रो ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । दागान अर्गानिक टीले विशेष सहयोग गरेको कार्यक्रममा चलचित्र अक्षरा टिम र ओम प्रिन्टको समेत सहयोग रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि प्रथम नेपाली अभिनेत्री तथा संघकी पूर्वसंरक्षक भुवन चन्दले संघका संस्थापक प्रथम अध्यक्ष शान्ति मास्केको तस्वीरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो । त्यसपछि उहाँले संघका वरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल ‘बैरागी’लाई रक्तथैली हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

प्रमुख अतिथि चन्दले स्थापना दिवसका अवसरमा आयोजित सामाजिक सेवामूलक कार्यक्रमले चलचित्र क्षेत्र र आम नागरिकबीचको सम्बन्ध थप मजबुत बनाएको बताउनुभयो । उहाँले कलाकारहरू मनोरञ्जन क्षेत्रमा मात्र सीमित नभई विपद्का समयमा समाजसँगै उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष शान्ति मास्के तथा कलाकार संघको स्थापना, उद्देश्य र नेपाली चलचित्र क्षेत्रमा संघले पुर्‍याउँदै आएको योगदानबारे वरिष्ठ कलाकार संघका सल्लाहाकार तथा पूर्व अध्यक्ष कृष्ण मल्लले प्रकाश पार्नुभएको थियो । संघका महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राख्दै कलाकारको हकहित, सामाजिक उत्तरदायित्व र चलचित्र क्षेत्रको विकासमा संघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गर्नुभयो ।

संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने सामूहिक पहल सराहनीय रहेको बताउनुभयो । पूर्वअध्यक्ष रविन्द्र खड्का, कृष्ण मल्ल र रमेश बुढाथोकी तथा संघका सल्लाहकार एवं चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डिसीलगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मानार्थ सदस्य डा. सुवास घिमिरे, डा. श्याम खड्का, द्वन्द्व निर्देशक उदय सिंह बोहरा तथा विशिष्ट चलचित्रकर्मी लय संग्रौला, राजु शाह, मुकुन्द आचार्य, उमेश खड्का, तारा शर्मा, रेजिना उप्रेती, रामकाजी घिमिरेलगायतको उपस्थिति थियो । रक्तदान गर्ने कलाकार तथा अन्य रक्तदातालाई संघका तर्फबाट प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन संघका सचिव गोपाल ढकाल ‘छन्दे’ले गर्नुभएको थियो भने संघकी उपाध्यक्ष पूजना स्त्रीले सहभागी, रक्तदाता, सहयोगी तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अध्यक्ष केसीले कलाकारको पेशागत अधिकारसँगै समाजप्रतिको दायित्वलाई पनि संघले प्राथमिकतामा राख्दै आएको बताउनुभयो । स्थापना दिवसलाई औपचारिक उत्सवमा मात्र सीमित नगरी सामाजिक, मानवीय तथा जनचेतनामूलक गतिविधिसँग जोड्दै लैजाने संघको नीति रहेको उहाँको भनाइ थियो ।

संघले आगामी दिनमा कलाकारको व्यावसायिक तथा सामाजिक भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

तस्बिर : सुरेन्द्र थापा

‘तिनीहरू: एलिफेन्ट्स् इन द फग’ को फ्रान्समा विशेष प्रदर्शनबाट नेपालका बाढीपीडितलाई सहयोगकाठमाडौं । नेपालबाट ओस्कार अवार्...
22/09/2026

‘तिनीहरू: एलिफेन्ट्स् इन द फग’ को फ्रान्समा विशेष प्रदर्शनबाट नेपालका बाढीपीडितलाई सहयोग

काठमाडौं । नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ भोटेकोशी बाढी पीडितका लागि सहयोग जुटान विश्वभर स्क्रिनिङ हुने भएको छ ।कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ विजेता चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले आफ्नो अन्तर्राष्ट्रिय यात्राका क्रममा नेपालप्रति ऐक्यबद्धता जनाउँदै फ्रान्समा विशेष च्यारिटी प्रदर्शन गर्ने भएको हो ।

‘एलिफेन्ट्स इन द फग’का निर्मातासमेत रहेका प्रचण्डमान श्रेष्ठ र मुख्य अभिनेत्री पुष्पा थिङ नुवाकोटका हुन् । बाढीले श्रेष्ठको घर समेत बाढीले क्षति पुर्‍याएको थियो ।अविनाश विक्रम शाह निर्देशित फिल्मको फ्रान्सेली रिलिज सेप्टेम्बर २३ बाट हुँदैछ । त्यसअघि सेप्टेम्बर १७ मा पेरिसस्थित यूजीसी लेस हाल्समा विशेष प्रिभ्यू स्क्रिनिङ आयोजना हुँदैछ । निर्देशक अविनाश स्वयं उपस्थित रहने उक्त प्रदर्शन अर्थात् ‘नेपालसँगको ऐक्यबद्धता’ अभियानअन्तर्गत आयोजना गर्न लागिएको हो ।

यस विशेष प्रदर्शनबाट फ्रान्सेली वितरकलाई प्राप्त हुने आम्दानी नेपालमा बाढी तथा प्राकृतिक विपदबाट प्रभावित व्यक्तिहरूको सहयोगका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदान गरिनेछ । फ्रान्सका लागि नेपालका राजदूतको पनि उक्त विशेष प्रदर्शनमा उपस्थित हुनुहुनेछ ।“हामी जहाँबाट सक्छौँ, त्यहीबाट एक जुट भएर सहयोग गर्ने अभियानमा छौँ,” निर्देशक अभिनास विक्रम शाहले भने, “पेरिसबाट पनि हामी सिनेमा स्क्रिनिङ गरेर भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्दैछौँ ।”

यसअघि पनि चलचित्र ‘एलिफेन्ट्स इन द फग’को टोलीले नेपालमा बाढीपीडितको सहयोगार्थ भदौ १७ गते काठमाडौंमा विशेष स्क्रिनिङ आयोजना गरेको थियो । उक्त प्रदर्शनबाट संकलित सम्पूर्ण रकम बाढीपीडितको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप कोषमा प्रदान गरिएको थियो ।

नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै फिल्मको फ्रान्सेली टोली र वितरकले यो विशेष प्रदर्शन आयोजना गर्न लागेको हो । नेपालमा फिल्म प्रदर्शन भइरहेकै क्रममा विदेशमा समेत फिल्ममार्फत नेपालका लागि सहयोग जुटाउने प्रयास गरिएको हो ।यो चलचित्र अहिले नेपालमा प्रदर्शन भइरहेको छ । दर्शक र समीक्षक दुबैबाट राम्रो प्रतिक्रिया पाएको छ ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।

चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माताआदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।

‘बा: एक योद्धा’ हेरेर दर्शकले भने– यस्तो बा भए छोराहरूले अन्याय सहनु पर्दैनकाठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ सुरुमा काठ...
22/09/2026

‘बा: एक योद्धा’ हेरेर दर्शकले भने– यस्तो बा भए छोराहरूले अन्याय सहनु पर्दैन

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ सुरुमा काठमाडौंभन्दा बाहिरका दर्शकमा पुगेको छ । प्रायः नेपाली सिनेमा काठमाडौंका दर्शकलाई सुरुमा देखाएर निर्माताले मोफसलका दर्शकमा पुर्‍याउँछन् ।

तर, ‘बाः एक योद्धा’ सुरुमा काठमाडौं बाहिर प्रिमियर भएको छ, त्यो पनि एक ठाउँमा होइन चार ठाउँमा । ‘बाः एक योद्धा’ नेपागञ्ज, दाङ, धरान र बुटवलका दर्शकमाझ प्रिमियर गरिसकिएको छ ।

चारवटा मुख्य सहरका दर्शकमाझ प्रिमियर गरेपछि बल्ल काठमाडौंमा यो चलचित्र प्रिमियर हुने भएको छ । असोज ६ गते ‘बाः एक योद्धा’ काठमाडौंमा प्रिमियर गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

मोफसलबाट उत्साहजनक प्रतिकृया पाएको निर्माणपक्ष अब काठमाडौंका दर्शकको प्रतिकृया लिन आतुर छ । “हामीले जसरी नेपागञ्ज, दाङ, धरान र बुटवलका दर्शकबाट सोचेभन्दा पनि राम्रो फिडब्याक पाएका छौँ, त्यस्तै प्रतिकृया काठमाडौंबाट पनि पाउने अपेक्षा गरेका छौँ,” निर्देशक हरि लम्साल भन्छन्, “हाम्रो सिनेमा जस्तो लागेको छ, त्यस्तै प्रतिकृया सामाजिक सञ्जालमा राखिदिन हुन आग्रह पनि गरेका छौँ ।”

प्रिमियरमा चलचित्र हेर्ने अधिकांशले तारिफ गरेको निर्माता वसन्त लम्सालले जानकारी दिए । “दिव्य देवको सिने करियरकै ट्रनिङ पोइन्ट बा: एक योद्धा बन्छ भनेर भन्नु भएको छ,” निर्माता लम्सालले भने, “सुहाना थापाको अहिलेसम्मको फरक र राम्रो चलचित्र भन्नु भएको छ ।”

प्रिमियरमा सिनेमा हेरेर निस्किएकी एक युवतीले भनिन्, “अहिले मेरो बा हुनुहुन्न । तर, यो सिनेमाको बाले जस्तै हामीलाई स्ट्रगल गरेर हुर्काउनु भएको हो । उहाँको सेन्डो सधैँ च्यातिएको हुन्थ्यो । तर, मलाई र मेरो ममीलाई कहिल्यै पुरानो लुगा लगाउन दिनु भएन । यो सिनेमा हेरेर मैले मेरो बालाई मिस गरेँ ।”

सिनेमा हेरेर निस्किएका एक युवकले भने, “बुवाले गरेको संघर्ष नबुझेका सन्तानले एक पटक यो मुभी त हेर्नैपर्छै, देखाउनै पर्छ ।”

“बुबाआमालाई सन्तानले कहिल्यै घात गर्नु हुँदैन भन्ने सन्देश सिनेमामा छ । बुवाले जसरी सिनेमाको सुरुदेखि अन्तिमसम्म दर्दनाक दुःख गर्छ, त्यो कथाले मेरो मन छोयो,” सिनेमा हेरिसकेकपछि एक महिलाले प्रतिक्रिया दिइन् ।

सिनेमामा बाबु र छोरीको कथा मन परेको दर्शकको प्रतिक्रिया दिइरहँदा युवतीहरूले भने, “हो यस्तै बुवा हुनुपर्छ । यस्तो बुवा भयो भने कुनै पनि छोरीले अन्याय भोग्नु पर्दैन ।”

अभिभावकीय जिम्मेवार पूरा गरेको सिनेमा भन्दै सबैले हेर्नुपर्ने सिनेमा भन्दै दर्शकले ‘बा: एक योद्धा हेर्न आग्रह गरेका छन् ।

अडियन्स प्रिमियरमा कलाकार दिव्यदेव, सुहानासँगै अनिल बुढाथोकी र सुप्रज्ञा शर्मा तथा निर्देश हरि लम्साल, निर्माता वसन्त लम्साललगायत उपस्थित थिए । बुधबार दाङमा ‘बा: एक योद्धा’को ग्रान्ड प्रिमियर हुँदै छ ।

असोज ९ गते रिलिज हुने ‘बाः एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथा हो ।

यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा: एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

मल्टिस्टार ‘द राइज अफ साम्राज्य’मा सुशीलको इन्ट्रीकाठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको बहुप्रत...
22/09/2026

मल्टिस्टार ‘द राइज अफ साम्राज्य’मा सुशीलको इन्ट्री

काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता सुशील श्रेष्ठ जोडिएका छन् । छायांकनको अन्तिम तयारीमा रहेको चलचित्रमा निर्देशक चौधरीले सुशीललाई महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेका हुन् ।

यसअघि नै चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ जस्ता कलाकार अनुबन्धित भइसकेका छन् । सुशिलको प्रवेशसँगै चलचित्रको कलाकारको लाइनअप थप बलियो बनेको छ । निर्माण पक्षका अनुसार चलचित्रमा अधिकांश कलाकारको भूमिका महत्वपूर्ण रहनेछ ।

निर्देशक सौरभ चौधरीले सुशीलले चलचित्रमा मुख्यमध्ये एक भूमिकामा अभिनय गर्ने जानकारी दिएका छन् । यसअघि फरक–फरक शैलीका चलचित्रमा काम गर्दै आएका सुशिलका लागि ‘द राइज अफ साम्राज्य’को भूमिका नयाँ चुनौती बन्ने अपेक्षा गरिएको छ ।

निर्माण टिमले चलचित्रको छायांकनका लागि ७० दिनको तालिका तयार पारेको छ । चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ । कथा र परिवेशअनुसार आवश्यक लोकेसन छनोटको काम पनि अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।

यो नेपाली चलचित्रकै ठूलो स्केलको एक्सन सिनेमा हुने निर्माण पक्षको दाबी छ ।

निर्देशक चौधरीले यसपटक आफूले यसअघि निर्माण गरेका चलचित्रभन्दा ठूलो क्यानभास र फरक स्तरको प्रस्तुति दिने योजना बनाएका छन् । निर्माण पक्षले चलचित्रलाई नेपाली चलचित्रमै ठूलो स्केलमा बन्न लागेको ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गरेको छ ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन् । साहित्यिक लेखनमा छुट्टै पहिचान बनाएका बुद्धिसागरको कथा तथा पटकथामा निर्माण हुने भएकाले चलचित्रको कथावस्तुलाई लिएर पनि चासो बढेको छ ।

चलचित्रमा निर्देशक सौरभ चौधरीले एक्सन, ड्रामा र कथानकलाई ठूलो स्केलमा प्रस्तुत गर्ने तयारी गरेका छन् । निर्माण पक्षले यसलाई नेपाली चलचित्रको एक्सन विधामा नयाँ स्तरको अनुभव दिने लक्ष्यसहित अघि बढाइएको जनाएको छ ।\

चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन् । विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन् ।

चलचित्रको छायांकन मानकृष्ण महर्जनले गर्नेछन् भने एक्सन निर्देशनको जिम्मेवारी श्री श्रेष्ठले सम्हाल्नेछन् । ठूलो स्केलको एक्सन ड्रामाका रूपमा निर्माण हुन लागेको चलचित्रमा एक्सन दृश्यलाई विशेष प्राथमिकता दिइने निर्माण पक्षले जनाएको छ ।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनर टौवा स्टुडियो रहेको छ । चलचित्रको वितरणको जिम्मेवारी डिसीएनले लिएको छ ।

कलाकारको बलियो लाइनअप, बुद्धिसागरको कथा–पटकथा, लामो छायांकन तालिका र ठूलो क्यानभासका कारण ‘द राइज अफ साम्राज्य’ नेपाली चलचित्र क्षेत्रमा चासोको विषय बनेको छ ।

‘टक्सिक’को कमाइमा लगातार गिरावट, भारतमा ५ सय करोड पुग्ला ?साउथ सुपरस्टार यश अभिनीत फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-...
31/08/2026

‘टक्सिक’को कमाइमा लगातार गिरावट, भारतमा ५ सय करोड पुग्ला ?

साउथ सुपरस्टार यश अभिनीत फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ एक साता पनि नबित्दै बक्स अफिसमा कमजोर देखिन थालेको छ । दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया नपाउँदा फिल्मको व्यापारमा भारी गिरावट आइरहेको छ । दोस्रो दिनमै फिल्मको कमाइमा ६२.८ प्रतिशत गिरावट आएको थियो । त्यसयता पनि फिल्मको कमाइ निरन्तर घटिरहेको छ ।

भारतमा १०१.१० करोडको धमाकेदार ओपनिङ गरेको फिल्मले दोस्रो दिन (बिहीबार) ३७ करोड ६५ लाख कमाइ गर्‍यो । तेस्रो दिन (शुक्रबार) २७ करोड २० लाखमा सीमित भएको फिल्मले चौथो दिन (शनिबार) २५ करोड १५ लाख कमाइ गरेको ट्रेड पोर्टल स्याकनिल्कले जनाएको छ । योसँगै भारतमा फिल्मको कमाइ २२८ करोड २५ लाख ग्रस (१९१ करोड १० लाख नेट) पुगेको छ ।

फिल्मको कमाइ हिन्दी भर्सनसँगै यशको क्षेत्र मानिने आन्ध्र प्रदेश, तेलंगाना, तमिलनाडु र केरलम (केरल)मा समेत लगातार घटिरहेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । हिन्दी, तेलुगु र कन्नडबाहेक अन्य भाषामा फिल्मको कमाइ लाखमा झरिसकेको छ । शुक्रबार र शनिबार मलयालम र तमिल भाषामा फिल्मले एक करोड पनि कमाउन सकेन ।

दिनप्रतिदिन फिल्मको कमाइमा आएको गिरावट हेर्दा भारतमा अब बढीमा डेढ सय करोडको व्यापार हुने देखिन्छ । त्यो हुँदा फिल्मको व्यापार ४ सय करोड हाराहारी पुग्नेछ । फिल्मको लागत नै भारु ५ सय करोड रहेकाले हलको व्यापारबाट निर्मातालाई ठूलो घाटा देखिन्छ । यद्यपि, प्रदर्शनअघि नै ओटीटी र टिभी राइट्सबाट निर्माताको हातमा २३५ करोड परिसकेको छ ।

सन् २०१३ मा प्रदर्शन भएको ‘लायर्स डाइस’बाट निर्देशन विधामा राष्ट्रिय अवार्ड जितेकी गीतू मोहनदासको निर्देशनमा बनेको यस फिल्ममा यशसहित नयनतारा, कियारा आडवाणी, तारा सुतारिया, हुमा कुरैशी र रुक्मिणी वसन्तको मुख्य भूमिका रहेको छ । फिल्ममा यश दोहोरो भूमिकामा छन् । यो फिल्मका लागि उनले करिब चार वर्ष समय दिएका थिए ।

रसुवा बाढीको असर : ‘बा: एक योद्धा’को पनि प्रदर्शन स्थगितगत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देशमा निम...
31/08/2026

रसुवा बाढीको असर : ‘बा: एक योद्धा’को पनि प्रदर्शन स्थगित

गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देशमा निम्त्याएको महाविपत्तिलाई मध्यनजर गर्दै एकपछि अर्को फिल्मले प्रदर्शन मिति स्थगित गरिरहेका छन् । यसैक्रममा अर्को फिल्म ‘बा: एक योद्धा’ पनि पूर्वघोषित मितिमा नआउने भएको छ । यो फिल्म कृष्ण जन्माष्टमीको अवसर पारेर यही भदौ १९ गते रिलिज हुने तयारीमा थियो ।

सोमबार निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेन्मेन्टको तर्फबाट वसन्त लम्सालले एक विज्ञप्ति जारी गर्दै देश विषम परिस्थितिसँग जुधिरहेको अवस्थामा फिल्म प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले प्रदर्शन मिति स्थगित गरिएको जनाएका छन् । उनका अनुसार अब फिल्म क्रिसमस डेको छेको पारेर मंसिर २४ गते बिहीबारबाट प्रदर्शनमा आउनेछ ।

निर्माता लम्सालले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको पनि जानकारी दिएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्र नै शोकमा डुबेको यस विषम परिस्थितिमा एकजुट भई राहत र उद्धार कार्यमा आ-आफ्नो तर्फबाट सहयोग गर्न हामी देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध समेत गर्दछौँ ।’

संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, शवी थापा, अनिल बुढाथोकी, माओत्से गुरुङ, अन्जन ढकाललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले सन्तानका लागि बुबाले गर्ने त्याग र संघर्षको कथा प्रस्तुत गरेको छ ।

‘पार्वती’को पहिलो दिनको कमाइ अर्थमन्त्रीलाई हस्तान्तरण, थप ५ प्रतिशत दिने घोषणाभदौ १२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पार्...
31/08/2026

‘पार्वती’को पहिलो दिनको कमाइ अर्थमन्त्रीलाई हस्तान्तरण, थप ५ प्रतिशत दिने घोषणा

भदौ १२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ पूर्वघोषणाअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ । सोमबार फिल्मकी निर्देशक तथा अभिनेत्री नीता ढुंगानाले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ११ लाख ३ हजार २७० रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

फिल्मले पहिलो दिन (शुक्रबार) २५ लाख ९३ हजार रुपैयाँ ग्रस व्यापार गरेको थियो । त्यसबाट हलको सेयर, ट्याक्स र वितरकको कमिसन कटाएर निर्माताले पाउने सम्पूर्ण रकम कोषमा सहयोग गरिएको हो । फिल्म प्रदर्शनको अघिल्लो दिन नीताले पत्रकार सम्मेलनमार्फत पहिलो दिनको कमाइ रसुवा बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेकी थिइन् ।

अर्थमन्त्रीलाई फिल्मको पहिलो दिनको कमाइ हस्तान्तरण गर्दै नीताले भनेकी छन्, ​‘सिनेमा हलसम्म आएर तपाईंहरूले दिनुभएको अगाध माया र विश्वास बिना यो पवित्र कदम सम्भव थिएन । यो सहयोग हामीले मात्र होइन, ‘पार्वती’लाई माया गर्ने तपाईं सम्पूर्ण दर्शकहरूले गर्नुभएको हो । यसका लागि हामी हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।’

उक्त सहयोगसँगै नीताले बाढीपीडितका लागि अर्को प्रतिबद्धता पनि जनाएकी छन् । उनले भनेकी छन्, ‘दुःखमा परेका दिदीबहिनी तथा दाजुभाइहरूको आँसु पुछ्ने दायित्व हामी सबैको हो । त्यसैले फिल्म ‘पार्वती’ले देश तथा विदेशको सम्पूर्ण प्रदर्शन अवधिभर गर्ने कुल ग्रस आम्दानीबाट थप ५ प्रतिशत रकम बाढीपीडितको राहतका लागि सहयोग गर्ने घोषणा गर्दछौँ ।’

नीताले फिल्म प्रदर्शनअघि नै व्यक्तिगततर्फबाट प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरिसकेकी छन् । फिल्मका मुख्य कलाकार अशोक दर्जीले पनि आफ्नो पारिश्रमिकबाट २५ हजार रुपैयाँ कोषमा जम्मा गरेका छन् । फिल्मको पहिलो दिनको कमाइ समेत रसुवा बाढीपीडितका लागि सहयोग गरेपछि निर्माताको मानवीय कार्यको प्रशंसा भइरहेको छ ।

दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मले आइतबारसम्म एक करोड हाराहारी व्यापार गरिसकेको छ । ‘गौँथली’पछि नेपाली फिल्मले गरेको यो दोस्रो ठूलो कमाइ हो । तर, आइतबारबाट फिल्मको व्यापारमा गिरावट आएको देखिन्छ । यद्यपि, ‘वर्ड अफ माउथ’ले आगामी दिनमा व्यापार बढ्नेमा निर्माण पक्ष आशावादी छ । फिल्मले दिदीभाइको सम्बन्धको कथा पेस गरेको छ ।

प्रियंकाको पहलमा बाढीपीडितका लागि ठूलो मात्रा उठ्यो जिन्सी सहयोगभदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी ब...
31/08/2026

प्रियंकाको पहलमा बाढीपीडितका लागि ठूलो मात्रा उठ्यो जिन्सी सहयोग

भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवादेखि धादिङ−नुवाकोटसम्म ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण हजारौँ नेपाली घरबारविहीन भएको अवस्थामा कलाकारहरूले आर्थिकदेखि आवश्यक विभिन्न सामग्री सहयोग गरिरहेका छन् । अभिनेत्री प्रियंका कार्कीले पनि आफ्नो पहलमा ठूलो मात्रामा जिन्सी सहयोग जुटाएकी छन् ।

उनले आइतबार सामाजिक सञ्जालमा सामान ‘प्याकिङ’ गरिरहेको तस्वीर तथा भिडियो पोस्ट गर्दै अब प्राप्त सामग्रीलाई प्रभावित क्षेत्रसम्म पुर्‍याउने बताएकी छन् । उनले लेखेकी छन्, ‘अब प्राप्त भएका सबै सामग्रीलाई आवश्यकताअनुसार राम्रोसँग ‘सोर्ट आउट’ गरेर, विशेषगरी अहिलेसम्म राहत पुग्न नसकेका प्रभावित क्षेत्रसम्म पुर्‍याउने हाम्रो प्रयास रहनेछ ।’

एक भिडियोमा उनले लत्ताकपडा पर्याप्त मात्रामा उपलब्ध भएको जानकारी दिँदै अब खाद्यान्न र बत्ती सहयोग गरिदिन आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘अब लुगा नपठाइदिनुहोला । बरु खाद्यान्न सहयोग गर्न सक्नुहुनेछ । अहिले रसुवा र नुवाकोटामा सोलार बत्तीहरू एकदमै आवश्यक रहेको खबर आएको छ । यी सामग्री सहयोग गरिदिनुभयो भने पीडितलाई ठूलो राहत हुनेछ ।’

प्राप्त जानकारी अनुसार प्रियंकाले तीन दिनमा करिब तीन ट्रक जिन्सी सामग्री संकलन गरिसकेकी छन् । उनी उक्त सामग्री लिएर सोमबार त्रिशूलीभन्दा माथिको गाउँमा जाने तयारीमा थिइन् । तर, पानी परेर बाटो बिग्रिएपछि उनी काठमाडौंमै रोकिएकी छन् । मंगलबारसम्म त्यस क्षेत्रमा जाने अवस्था नभए सबै सामग्री काठमाडौंमा आर्मीलाई प्रदान गर्ने उनको योजना छ ।

बाढीपीडितका लागि वर्षाले गरिन् तीन लाख सहयोगभदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधन र भौतिक क्षति भ...
31/08/2026

बाढीपीडितका लागि वर्षाले गरिन् तीन लाख सहयोग

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधन र भौतिक क्षति भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले राहत, उद्दार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गरिरहेका छन् । नेपाली फिल्म क्षेत्रबाट पनि सहयोग जुट्ने क्रम जारी छ । ‘महजोडी’देखि दीपकराज गिरी, दीपाश्री निरौला, विराज भट्ट, अनमोल केसीलगायतले आर्थिक सहयोग गरिसकेका छन् ।

यसैबीच, अभिनेत्री वर्षा सिवाकोटीले बाढीपीडितको पुनर्वासका लागि आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख रुपैयाँ सहयोग गरेकी छन् । यो नेपाली कलाकारहरूबाट प्राप्त व्यक्तिगततर्फको दोस्रो ठूलो सहयोग हो । यसअघि अभिनेता तथा टिकटकर पारस बम ठकुरी (कुल ब्वाय)ले पाँच लाख रुपैयाँ सहयोग गरेका थिए ।

प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको जानकारी दिँदै वर्षाले फेसबुकमा लेखेकी छन्, ‘यो रकमले उहाँहरूको पीडा त मेटाउन सक्दैन, तर कठिन समयमा उनीहरूलाई थोरै भए पनि राहत र आशा दिन सकोस् भन्ने मेरो आफ्नो प्रयास हो ।’ उनले बाढीपीडित परिवारलाई फेरि आफ्नो खुट्टामा उभिन सक्ने बनाउन सबैले आफ्नोतर्फबाट सकेको सहयोग गर्न आग्रह गरेकी छन् ।

बाढीपीडितका लागि कलाकारहरूले आर्थिकसँगै खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका सामग्री पनि सहयोग गरिरहेका छन् । अभिनेत्री सन्ध्या केसीले नयाँ कपडाहरू बाढी प्रभावित क्षेत्रमा पठाएको भिडियो सामाजिक सञ्जालमा सेअर गरेकी छन् । त्यस्तै, अभिनेत्री प्रियंका कार्की आइतबार लत्ताकपडासहित आवश्यक सामग्री लिएर नुवाकोट पुगेकी छन् ।

Address

AnamNagar
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Ranginparda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Ranginparda:

Shortcuts

Share