Films Santosh

Call Directions Website Contact the establishment

Films Santosh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Films Santosh, Arts and entertainment, Baneshwor, Kathmandu.

हाम्रो उद्देश्य सेलिब्रेटीहरूका बारेमा सरल र बोलिचालीको शैलीमा जानकारीमूलक कन्टेन्ट प्रस्तुत गर्नु मात्र हो। यदि कहिलेकाहीँ भूलवश कुनै गलत जानकारी सेयर हुन पुगेमा, कृपया हामीलाई सच्याउन सहयोग गर्नुहोला।

इमेल: [email protected]

चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढो’ नेपाल फर्किएका छन्। केही समयदेखि अमेरिकामा रहँदै आएका उनी नेपाल फर्किएपछि...
11/10/2026

चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढो’ नेपाल फर्किएका छन्। केही समयदेखि अमेरिकामा रहँदै आएका उनी नेपाल फर्किएपछि अहिले के गर्दैछन् भन्ने चासो उनका प्रशंसकहरूमा देखिन्छ।

कुनै समय नेपाली फिल्म क्षेत्रमा निकै व्यस्त रहेका माग्ने बुढो एकाएक अमेरिका गएपछि धेरैले उनको अनुपस्थितिलाई चासोका साथ हेरेका थिए। ‘छक्का पञ्जा’ शृङ्खलामार्फत दर्शकमाझ लोकप्रिय बनेका उनी अमेरिका पुगेपछि पनि सामाजिक सञ्जालमा भने सक्रिय रहे। उनले छोटा हास्य भिडियो फेसबुकमा सार्वजनिक गरिरहे, जसलाई दर्शकले रुचाएका थिए।

अमेरिकामा रहँदा उनले के काम गरे र त्यहाँको बसाइ कस्तो रह्यो भन्ने विषयमा सार्वजनिक रूपमा धेरै विवरण उपलब्ध छैनन्। यद्यपि, सामाजिक सञ्जालमा उनको सक्रियताले उनी दर्शकसँग निरन्तर जोडिइरहे।

नेपाल फर्किएपछि भने माग्ने बुढो अहिले फिल्मभन्दा पनि अन्य गतिविधिमा देखिएका छन्। पछिल्लो समय उनी आफ्नी जीवनसंगीको फिल्मको प्रचारप्रसारमा सक्रिय देखिएका छन्। तर, दीपकराज गिरी र दीपाश्री निरौलाको टिमसँग जोडिएको फिल्म ‘छ माया छपक्कै–२’ मा भने उनको नाम देखिएको छैन।

यसअघि ‘छ माया छपक्कै’ मा माग्ने बुढोको भूमिका दर्शकले निकै रुचाएका थिए। उनको हास्य अभिनयले फिल्मलाई थप मनोरञ्जक बनाएको थियो। त्यसैले पनि दोस्रो भागमा उनी देखिने अपेक्षा कतिपय दर्शकले गरेका हुन सक्छन्। तर, यसपटक फिल्मको सार्वजनिक क्रेडिटमा उनको नाम नदेखिएपछि उनी फिल्ममा किन जोडिएनन् भन्ने प्रश्न उठ्न सक्छ।

यसैबीच, करिब दुई साताअघि माग्ने बुढो काठमाडौंको शंखमुलमा आयोजित एउटा क्याफेको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। उनले क्याफेको रिबन काट्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त भिडियोमा ‘छ माया छपक्कै’ गीतसमेत प्रयोग गरिएको थियो।

नेपाल फर्किएपछि माग्ने बुढोको आगामी योजना के छ ? उनी फेरि फिल्ममा सक्रिय हुनेछन् कि अन्य व्यावसायिक गतिविधिमा पनि संलग्न हुनेछन् ? यसबारे भने स्पष्ट जानकारी सार्वजनिक भइसकेको छैन।

कुनै समय पर्दामा देखिनेबित्तिकै दर्शकलाई हँसाउन सफल माग्ने बुढोको आगामी यात्रा कस्तो हुनेछ, त्यो भने प्रतीक्षाकै विषय बनेको छ।

उनी अब बाँकी जीवन नेपालमै बिताउँछन् कि मौका मिलाएर फेरि अमेरिकातिरै बसाइँ सर्छन्, त्यो भने खुलेको छैन। कतिपयले अमेरिकी नागरिकता लिन आवश्यक प्रक्रिया पूरा गर्न र कागजात मिलाउन उनी लामो समय अमेरिकामा बसेको अनुमान गरेका थिए। तर, वास्तविकता के हो भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन। अब उनी जे गरून्, राम्रै गरून्। हामीले भन्न सक्ने पनि त्यति नै त हो!

#माग्नेबुढा #केदारघिमिरे #छमायाछपक्कै

दसैँमा नेपाली बक्स अफिसमा महाभिडन्त! एकातिर विराज–समीर भट्टको ‘१२ गाउँ–२’, अर्कोतिर दीपक–दीपाको ‘छ माया छपक्कै–५’। यी दु...
11/10/2026

दसैँमा नेपाली बक्स अफिसमा महाभिडन्त!

एकातिर विराज–समीर भट्टको ‘१२ गाउँ–२’, अर्कोतिर दीपक–दीपाको ‘छ माया छपक्कै–५’। यी दुईको प्रतिस्पर्धामा ‘आ बाट आमा–२’ को अवस्था के होला?

आज हामी एउटटा अनुमान गरौं – जुन फिल्मको पक्षमा १ हजार कमेन्ट आउँछ, त्यसले २० करोड कमायो !

ल, सुरु गरौँ! तपाईंको रोजाइ कुन फिल्म? कमेन्टमा नाम लेख्नुहोस्! 👇

The Celebrity Times

नेपालमा पछिल्लो समय रोनाधोनाले भरिएका फिल्म रिलिज भइरहेका बेला अभिनेत्री रेखा थापाले यसप्रति कडा टिप्पणी गरेकी छन्। ‘नेप...
11/10/2026

नेपालमा पछिल्लो समय रोनाधोनाले भरिएका फिल्म रिलिज भइरहेका बेला अभिनेत्री रेखा थापाले यसप्रति कडा टिप्पणी गरेकी छन्। ‘नेपाली फिल्म हेरेर रुवाउने मात्रै होइन, हँसाउने, रमाउने र जीवनप्रति प्रेरित गर्ने खालका पनि हुनुपर्छ,’ उनले भनिन्, ‘पछिल्लो समय पारिवारिक दुःख, गरिबी, आँसु, बिछोड र पीडालाई केन्द्रमा राखेर कथा भन्ने प्रवृत्ति बढेको देखिन्छ। म चाहिँ त्यस्तो गर्दिनँ है।’

दर्शकलाई भावुक बनाउने नाममा रोनाधोनालाई नै फिल्मको मुख्य शक्ति ठान्ने सोचप्रति रेखाले असन्तुष्टि जनाएकी छन्।

‘घरमा आफ्नै समस्या छन्, परिवारमा अनेक तनाव छन्, जीवनमा दुःख र संघर्ष छँदै छन्। दिनभरि अनेक कुरा सहेर बसेको मानिस फिल्म हेर्न हलमा पुग्दा त्यहाँ पनि दुई घण्टासम्म रुनैपर्ने हो र?’ हालै सेलिब्रेटी टाइम्सको केन्द्रीय कार्यालय कमलपोखरीमा आइपुगेकी रेखाले फिल्मलाई मनोरञ्जनका रूपमा प्रस्तुत गर्दा दर्शकमा थप ऊर्जा भर्ने, रमाउने र केही समय खुसी हुने अवसर मिल्ने बताइन्।

उनले भनिन्, ‘कम्तीमा फिल्म हेरेर निस्किँदा मन हलुका होस्, अनुहारमा मुस्कान आओस्, केही नयाँ सोच मिलोस् र जीवनसँग फेरि लड्ने ऊर्जा थपियोस्। फिल्मले रुवाउनै हुँदैन भन्ने होइन, तर हरेक कथाको गन्तव्य आँसु नै हुनुपर्छ भन्ने पनि त छैन।’

नेपाली फिल्मले अब दुःख र पीडाभन्दा बाहिर निस्केर हास्य, प्रेम, रोमाञ्च, आशा, साहस र प्रेरणाका कथामा पनि ध्यान दिन आवश्यक रहेको रेखाको तर्क छ।

संयोग के छ भने, रेखा थापाको निर्देशन तथा अभिनय रहेको फिल्म ‘३६ को आँकडा’ चाँडै प्रदर्शनमा आउँदै छ। अब दर्शकले उनको यो विचारलाई आफ्नै फिल्ममा कसरी अनुभूत गर्न पाउँछन्, त्यो भने प्रतीक्षाको विषय बनेको छ।

तपाईंहरू रेखा थापाको ‘३६ को आँकडा’ हेर्न कत्तिको प्रतीक्षामा हुनुहुन्छ ? कमेन्टमा आफ्नो विचार राख्नुहोस् है!

The Celebrity Times

संसारकै चर्चित सुपरस्टार लियोनल मेस्सी यतिबेला फुर्सदको मुडमा देखिएका छन्। अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीबाट बिदा लि...
11/10/2026

संसारकै चर्चित सुपरस्टार लियोनल मेस्सी यतिबेला फुर्सदको मुडमा देखिएका छन्। अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीबाट बिदा लिएका मेस्सी आफ्ना बच्चाहरूसँग रमाउँदै, खेल्दै र उनीहरूलाई समय दिइरहेको भिडियोले धेरैको ध्यान खिचेको छ। मैदानमा विश्वभरका करोडौँ फुटबलप्रेमीलाई रोमाञ्चित बनाउने मेस्सी अहिले परिवारसँगको खुसीमा रमाइरहेका छन्।

अर्जेन्टिनाको राष्ट्रिय टोलीमा झन्डै २१ वर्ष बिताएका मेस्सीले देशका लागि अनेकौँ ऐतिहासिक उपलब्धि हासिल गरे। विश्वकपदेखि कोपा अमेरिकासम्मका उपाधि जितेर अर्जेन्टिनालाई गौरवान्वित बनाएका उनले राष्ट्रिय टोलीको यात्रामा पूर्णविराम लगाए पनि क्लब फुटबलबाट भने सन्यास लिएका छैनन्। त्यसैले मैदानमा उनको जादु अझै हेर्न पाइनेछ।

तर, आफ्ना बच्चाहरूसँग रमाउँदै गरेको मेस्सीको भिडियोले एउटा सुन्दर सन्देश दिएको छ—जीवन भनेको खेल, उपाधि र कीर्तिमान मात्रै होइन रहेछ! अबको समय परिवारलाई दिने, बच्चाबच्चीसँग खेल्ने, घुम्ने र जीवनका साना–साना खुसीमा रमाउने चाहना पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। संसार जितेका मेस्सीका लागि आफ्ना बच्चाहरूसँग बिताएका यी पलहरू नै जीवनका सबैभन्दा अमूल्य खुसी हुन सक्छन्। ❤️⚽

झन्डै चार दशकदेखि बलिउडमा राज गर्दै आएका सलमान खान अब युट्युबर पनि बनेका छन्। ठूलो पर्दामा एक्सन र रोमान्सबाट दर्शकको मन...
11/10/2026

झन्डै चार दशकदेखि बलिउडमा राज गर्दै आएका सलमान खान अब युट्युबर पनि बनेका छन्। ठूलो पर्दामा एक्सन र रोमान्सबाट दर्शकको मन जितेका ‘भाइजान’ले आफ्नै नाममा युट्युब च्यानल सुरु गरेपछि बलिउडमा नयाँ चर्चा सुरु भएको छ। प्रश्न के उठ्छ भने - ‘के सलमान अब फिल्मबाहिर पनि आफ्नो स्टारडम विस्तार गर्न चाहन्छन्, कि बदलिँदो फिल्म बजारसँगै आफूलाई नयाँ ढङ्गले प्रस्तुत गर्न खोज्दैछन्?

सलमानले ‘बिइङ सलमान खान’ नामबाट आफ्नो आधिकारिक युट्युब च्यानल सुरु गरेका हुन्। अक्टोबर ९ मा इन्स्टाग्राम स्टोरीमार्फत च्यानलको लिंक सार्वजनिक गर्दै उनले दर्शकलाई जोडिन आग्रह गरेका थिए। ‘सुरुदेखि सुरु गरौँ। मेरो आधिकारिक युट्युब च्यानल। एदेखि जेडसम्म सबै यहीँ पाइन्छ,’ भन्ने उनको सन्देशले नयाँ सुरुवातप्रतिको उत्सुकता देखाएको छ।

च्यानलका सुरुवाती भिडियोमा सलमानले आफ्नै व्यक्तित्व र अभिनय शैलीलाई हास्यपूर्ण ढङ्गले प्रस्तुत गरेका छन्। एउटा भिडियोमा उनी अभिनय प्रशिक्षक बनेका छन् भने अर्कोमा अभिनय सिक्न चाहने विद्यार्थीको भूमिकामा देखिन्छन्। पर्दामा वर्षौंदेखि दर्शकले देख्दै आएको उनको हाउभाउ, संवाद बोल्ने शैली र आत्मविश्वासलाई उनले आफैँमाथि व्यङ्ग्य गर्ने शैलीमा प्रस्तुत गरेका छन्।

तर, सलमानको युट्युब प्रवेशलाई मनोरञ्जनका रूपमा मात्र हेर्ने कि बदलिँदो मनोरञ्जन बजारमा कलाकारले अपनाउन थालेको नयाँ रणनीतिका रूपमा पनि बुझ्ने?

पछिल्लो समय फिल्मको सफलता पहिलेको जस्तो सुनिश्चित छैन। ठूलो स्टारकास्ट, महँगो बजेट र प्रचारप्रसारले मात्रै फिल्म चल्ने अवस्था छैन। दर्शकको रुचि बदलिएको छ, प्रतिस्पर्धा बढेको छ र कलाकारको लोकप्रियता पनि फिल्मको व्यापारबाट मात्रै मापन हुन छाडेको छ। सलमानका फिल्मको व्यावसायिक प्रदर्शनलाई लिएर पनि विभिन्न समयमा बहस हुँदै आएको छ। यद्यपि, युट्युब सुरु गर्नुको कारण उनका फिल्म नचल्नु नै हो भन्ने निष्कर्ष निकाल्न मिल्दैन।

सलमानजस्ता स्थापित स्टारका लागि युट्युब दर्शकसँग प्रत्यक्ष जोडिने, आफ्नो व्यक्तित्वको अर्को पाटो देखाउने र फिल्मबाहिर पनि दर्शकको ध्यान कायम राख्ने माध्यम बन्न सक्छ। अब उनको च्यानलमा कस्ता सामग्री आउँछन् र उनले त्यसलाई कति निरन्तरता दिन्छन् भन्ने कुरा महत्त्वपूर्ण हुनेछ।

सलमान युट्युबमा आउने पहिलो बलिउड कलाकार भने होइनन्। आलिया भट्ट, वरुण धवन, प्रियंका चोपडा, कृति सेनन, फराह खान र शिल्पा शेट्टीजस्ता कलाकारले पनि डिजिटल माध्यमबाट दर्शकसँग सम्बन्ध विस्तार गरिरहेका छन्।

सलमानको च्यानल सुरु भएपछि सुरुवाती भिडियो र सदस्य सङ्ख्यालाई लिएर प्रशंसकबीच उत्सुकता देखिएको छ। तर उनको वास्तविक सफलता कति सब्सक्राइबर थपिए भन्नेमा मात्रै सीमित हुनेछैन। दर्शकले नियमित रूपमा उनका सामग्री हेर्छन् कि हेर्दैनन् र फिल्मबाहिरको उनको उपस्थितिले कति प्रभाव पार्छ भन्ने कुराले त्यसको दिशा निर्धारण गर्नेछ।

बौद्धिक अभिनेत्रीको छवि बनाएकी सुरक्षा पन्तलाई यतिबेला अभिनयको प्रशंसाभन्दा पनि फिल्म चलाउने दर्शकको साथ बढी आवश्यक देखि...
11/10/2026

बौद्धिक अभिनेत्रीको छवि बनाएकी सुरक्षा पन्तलाई यतिबेला अभिनयको प्रशंसाभन्दा पनि फिल्म चलाउने दर्शकको साथ बढी आवश्यक देखिएको छ। पछिल्लो फिल्म ‘चमेलीको पोइ’ले पनि हलमा दर्शक तान्न नसकेपछि उनका फ्यानहरू चिन्तित हुनु स्वाभाविकै हो। अब त उनका फ्यानहरूले नै एकपटक सबै हलमा सुरक्षाकै फिल्म लगाएर सबै दर्शकलाई हेर्न आग्रह गर्नुपर्ने माग राखेका छन् । तर, यो आग्रह कहां कोसंग पो गर्ने हो खै !

गएको शुक्रबारदेखि प्रदर्शनमा आएको ‘चमेलीको पोइ’का शोहरू २ दिनमै धमाधम घटेको खबर सार्वजनिक भएको थियो। करिब ४० शोबाट सुरु भएको फिल्म दुई दिनमै देशभर जम्मा चार शोमा सीमित भएको विवरणले उक्त फिल्मको व्यापारिक अवस्था कस्तो छ भन्ने देखाउँछ।

पछिल्ला केही वर्ष अभिनेत्री सुरक्षा पन्तका लागि सुखद देखिएको छैन। यसअघि प्रदर्शनमा आएको ‘लाइफ ड्यामेज’ले पनि अपेक्षित व्यापार गर्न सकेन। अहिले ‘चमेलीको पोइ’को अवस्था पनि त असाध्यै कमजोर देखियो ।

लगातार फिल्म नचल्दा सुरक्षा पन्तको करिअरलाई लिएर चिन्ता गर्नेहरू पनि छन्। आखिर, एउटा राम्रो हिट फिल्मले कलाकारलाई लामो समयसम्म राहत दिन सक्छ।

तर, फिल्म चलाउन दर्शकले सहयोग गर्नुपर्ने हो कि फिल्म राम्रो बनाएर दर्शकलाई हलसम्म तान्नुपर्ने हो? योचाहिँ बहसको विषय हो। कलाकारलाई माया गर्नु एउटा कुरा हो, तर मन नपरेको फिल्म पनि समर्थनकै नाममा हेर्नैपर्छ भन्ने त हुँदैन।

सुरक्षाको अभिनय मन पराउने दर्शकले उनलाई हिट अभिनेत्रीका रूपमा देख्न चाहनु स्वाभाविक हो। तर, त्यसका लागि सबै हलमा उनकै फिल्म लगाएर सबैलाई जबर्जस्ती हेर्न पठाउनेभन्दा दर्शकलाई मन पर्ने फिल्म दिनु नै उत्तम उपाय होला!

तपाईंलाई चाहिँ के लाग्छ? सुरक्षा पन्तका फ्यानले भनेझैँ एकपटक सबै हलमा सुरक्षाकै फिल्म लगाएर सबैलाई हेर्न पठाउने कि उनले अब दर्शकको मन जित्ने फिल्म दिनुपर्ने हो?

कमेन्टमा भन्नुहोला है! 😟

The Celebrity Times

अभिनेता पल शाह केही वर्षअघि एउटा घटनामा मुछिए। उनीमाथि आरोप लागेपछि प्रहरीमा उजुरी पर्‍यो र उनी पक्राउ परे। त्यसपछि उनी ...
11/10/2026

अभिनेता पल शाह केही वर्षअघि एउटा घटनामा मुछिए। उनीमाथि आरोप लागेपछि प्रहरीमा उजुरी पर्‍यो र उनी पक्राउ परे। त्यसपछि उनी लामो समय कानुनी प्रक्रियामा रहे।

उनी करिब एक वर्ष जेलमा बसे। उक्त घटनाले उनको व्यक्तिगत जीवन र फिल्मी करियरमा ठूलो प्रभाव पार्‍यो। पलको करियर अब सकियो, उनी पूर्ण रूपमा समाप्त भए भन्ने सोच्नेहरू पनि हाम्रै वरिपरि छन् । अझ रोचक कुरा त, पलको आसपासमै रहेका कतिपय मानिसहरू पनि उनको करियर अब फेरि उठ्न सक्दैन भन्ने सोच्थे।

त्यतिबेला पलको वरिपरि रहेका मानिसहरू, उनीसँगको सम्बन्ध र कठिन समयमा कसले साथ दियो भन्ने विषयले विभिन्न चर्चा जन्माएको थियो। पलको कठिन समयलाई नजिकबाट नियालेका कतिपय व्यक्तिहरूको व्यवहारलाई लिएर अहिले पनि प्रश्न उठ्ने गरेका छन्। चर्चित व्यक्तिको सफलतामा नजिक देखिनेहरू अप्ठ्यारो परिस्थितिमा कति साथमा उभिन्छन् भन्ने कुरा यस घटनासँग जोडेर हेर्न सकिन्छ। कसले उनलाई जेल पठाउन खोज्यो वा कसले जानाजान दुःख दियो भन्ने विषयमा आम मानिसलाई धेरैथोरै जानकारी होला, तर पललाई भने वास्तविकता राम्ररी थाहा हुने नै भयो।

विस्तारै कानुनी झमेलाबाट मुक्त भएपछि पल बाहिरिए र फेरि आफ्नो फिल्मी करियरलाई गति दिए। चलचित्र र म्युजिक भिडियोमा सक्रिय हुँदै उनले दर्शकमाझ आफ्नो लोकप्रियता कायम राख्न सफल भए। अहिले पलको क्रेज पहिलेभन्दा झन् व्यापक भएको देखिन्छ। उनको कमब्याकसँगै पहिले टाढिएका र कठिन समयमा दुःख दिएका भनिएका कतिपय व्यक्ति तथा साथीभाइ फेरि उनीसँग सम्बन्ध सुधार्न खोजिरहेको जानकारी हामीले पाएका छौँ। तर, प्राप्त जानकारीअनुसार पल भने उनीहरूसँग फेरि सम्बन्ध जोड्ने त परको कुरा, बाटोमा समेत भेट्न नपरोस् भन्ने चाहन्छन्।

पल शाहको यो घटनाबाट सेलिब्रेटी मात्र होइन, आम मानिसले पनि महत्त्वपूर्ण पाठ सिक्न सक्छन्। सुरुवातमा असाध्यै नजिक हुने सबै व्यक्ति कठिन समयमा उत्तिकै भरोसायोग्य हुन्छन् भन्ने हुँदैन। परिस्थिति बिग्रिएपछि नजिकका भनिएका मानिसहरूको व्यवहार कति छिटो बदलिन सक्छ भन्ने कुरा पनि यस्ता घटनाले देखाउँछन्। त्यसैले आफ्नो व्यक्तिगत जीवनका कुरा सबैलाई सुनाउनुभन्दा विश्वासिला व्यक्तिसँग मात्र साझा गर्नु बुद्धिमानी हुन्छ। विशेषगरी सेलिब्रेटीहरूले आफ्नो व्यक्तिगत जीवन, योजना र संवेदनशील विषयमा अझ बढी सजग हुन आवश्यक छ। नजिकका एक–दुई जना विश्वासिला व्यक्ति वा व्यावसायिक व्यवस्थापकबाहेक सबैलाई आफ्नो जीवनका हरेक कुरा थाहा दिनैपर्छ भन्ने छैन।

आखिर, स्टारडम फर्किएपछि नजिकिन खोज्नेहरू धेरै भेटिएलान्, तर कठिन समयमा साथ दिनेहरू कति थिए भन्ने कुरा बिर्सनु हुँदैन।

तपाईं पल शाहको फ्यान हुनुहुन्छ भने आफ्नो स्टारलाई के सुझाव दिनुहुन्छ? विगतमा दुःख दिएका भनिएका ती पुराना व्यक्तिहरूसँग फेरि भेटघाट गरेर सम्बन्ध राम्रो बनाउनु ठीक कि अहिले जस्तै दूरी कायम राख्नु ठीक? आफ्नो विचार कमेन्टमा लेख्नुहोस् है!

#पलशाह

दिग्गज अभिनेता नाना पाटेकरका पाँचवटा फिल्म प्रदर्शनको तयारीमा छन्। हरर–कमेडी, जीवनी, अपराध थ्रिलर र रोमान्टिक कमेडीजस्ता...
10/10/2026

दिग्गज अभिनेता नाना पाटेकरका पाँचवटा फिल्म प्रदर्शनको तयारीमा छन्। हरर–कमेडी, जीवनी, अपराध थ्रिलर र रोमान्टिक कमेडीजस्ता फरक विधाका ‘शक्ति शालिनी’, ‘इथा’, ‘द कन्फेसन अफ मेरी’, ‘कुकु की कुण्डली’ र ‘वेदान्त’ मा दर्शकले उनको अभिनयका विविध पाटा हेर्न पाउनेछन्।

आदित्य सरपोतदारको निर्देशनमा बनेको ‘शक्ति शालिनी’ मा नाना तान्त्रिकको भूमिकामा देखिनेछन्। त्यस्तै, लक्ष्मण उतेकरको निर्देशनमा बनेको ‘इथा’ महाराष्ट्रकी चर्चित लावणी कलाकार विठाबाई नारायणगाउँकरको जीवनमा आधारित छ। श्रद्धा कपुर मुख्य भूमिकामा रहेको यस फिल्ममा नानाको पनि महत्त्वपूर्ण भूमिका छ। ‘शक्ति शालिनी’ डिसेम्बर २४ र ‘इथा’ डिसेम्बर ४, २०२६ मा प्रदर्शन हुने तालिका छ।

अपराध नाटक ‘द कन्फेसन अफ मेरी’ मा नानाले क्याथोलिक पादरीको भूमिका निर्वाह गरेका छन्। सन् १९६६ को केरलाको चर्चित हत्याकाण्डबाट प्रेरित यो फिल्ममा आदिल हुसेन र आशिष विद्यार्थी पनि छन्। अर्कोतर्फ, रोमान्टिक कमेडी ‘कुकु की कुण्डली’ मा उनी भुवन बाम र वामिका गब्बीसँग देखिनेछन्। कुण्डली मिलाउने विषयबाट सुरु हुने पारिवारिक जटिलता फिल्मको मुख्य कथा हो।

नानाको अर्को प्रतीक्षित फिल्म ‘वेदान्त’ मा विक्रान्त मेसी, सन्दीपा धर र मुकेश तिवारी पनि देखिनेछन्। फरक कथावस्तु र विधाका यी पाँच फिल्मले नानालाई नयाँ भूमिकामा प्रस्तुत गर्नेछन्। लामो समयदेखि आफ्नो सशक्त अभिनयमार्फत दर्शकको मन जित्दै आएका नानाका लागि पनि यी फिल्म अभिनयका विविधता देखाउने अवसर बन्नेछन् ।

निधन हुनुअघि एक अन्तर्वार्तामा उनले ७५ वर्षको उमेरसम्म आइपुग्दा आफूले सकेजति समाज र देशका लागि केही गर्ने इच्छा व्यक्त गरेका थिए। जे होस्, उनले जीवनको अन्तिम समयसम्म पनि अभिनयलाई नै निरन्तरता दिए र आफ्नो कर्ममा सक्रिय रहे ।

#नानापाटेकर The Celebrity Times

नेपाली चलचित्रका तीन चर्चित अभिनेता शिव श्रेष्ठ, राजेश हमाल र भुवन केसीले कुनै समय धेरै चलचित्रमा सँगै काम गरेका थिए। ने...
10/10/2026

नेपाली चलचित्रका तीन चर्चित अभिनेता शिव श्रेष्ठ, राजेश हमाल र भुवन केसीले कुनै समय धेरै चलचित्रमा सँगै काम गरेका थिए। नेपाली चलचित्रको इतिहासमा आफ्नो छुट्टै पहिचान बनाएका यी तीन अभिनेतालाई फेरि एकसाथ पर्दामा हेर्ने चाहना धेरै दर्शकको छ। तर, पछिल्ला लगभग १ दशकयता उनीहरूलाई एकसाथ पर्दामा देख्न पाइएको छैन।

९० को दशकमा यी अभिनेताका चलचित्र हेरेर हुर्किएको पुस्तादेखि अहिलेका नयाँ पुस्ताका दर्शकसम्म उनीहरूलाई चिन्छन्। तीनै जनाको आ–आफ्नै स्टारडम, अभिनय शैली र दर्शकमाझ फरक पहिचान छ। त्यसैले पनि उनीहरूलाई एउटै चलचित्रमा देख्न पाए त्यो नेपाली चलचित्र क्षेत्रकै लागि विशेष अवसर बन्न सक्छ। एकपटक पुरानो याद ताजा गराउने गरी यी तीन लिजेण्डलाई एकसाथ प्रस्तुत गर्ने चलचित्र निर्माण भए दर्शकले मन पराउने सम्भावना पनि उत्तिकै छ। तर, यस्तो चलचित्र निर्माण गर्ने आँट कुन निर्माताले गर्छन्, त्यो भने हेर्न बाँकी छ।

तर, नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरू यी तीन लिजेण्डलाई फेरि एकसाथ पर्दामा हेर्न असाध्यै उत्सुक रहेको पाइएको छ । उनीहरूको सहकार्यमा एउटा राम्रो कथा र बलियो भूमिकासहितको चलचित्र निर्माण भए त्यसले पुराना दर्शकको सम्झना ताजा गराउने मात्र होइन, नयाँ पुस्तालाई पनि नेपाली चलचित्रका यी दिग्गज कलाकारको सामूहिक उपस्थिति अनुभव गर्ने अवसर दिनेछ।

तर, शिव श्रेष्ठ, राजेश हमाल र भुवन केसीलाई फेरि एकसाथ पर्दामा देख्ने दर्शकको चाहना कहिले पूरा होला? यो प्रश्नको जवाफ समयले नै दिनेछ। नेपाली चलचित्रकर्मीले दर्शकको यो चाहनालाई गम्भीरतापूर्वक लिँदै कुनै उपयुक्त परियोजनामा तीनै जनाको सहकार्य गराउने पहल गरे नेपाली चलचित्रका लागि एउटा यादगार क्षण बन्न सक्छ।

के तपाईंहरू पनि शिव श्रेष्ठ, राजेश हमाल र भुवन केसीजस्ता तीनै लिजेण्ड अभिनेतालाई एकसाथ पर्दामा देख्न चाहनुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्टमा राख्नुहोला है! ❤️👇

नेपाली फिल्म क्षेत्रमा अहिले अभिनेता समीर भट्टको चर्चा चुलिएको छ। फिल्म ‘१२ गाउँ’ प्रदर्शनमा आएपछि एकाएक चर्चामा आएका सम...
10/10/2026

नेपाली फिल्म क्षेत्रमा अहिले अभिनेता समीर भट्टको चर्चा चुलिएको छ। फिल्म ‘१२ गाउँ’ प्रदर्शनमा आएपछि एकाएक चर्चामा आएका समीरले छोटो समयमै दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाएका छन्। उनको लोकप्रियताले नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि स्टारडम कायम राख्दै आएका अनमोल केसी, प्रदीप खड्कालगायतका अभिनेतासँगै नयाँ पुस्ताका स्टारहरूको प्रतिस्पर्धाबारे पनि बहस सुरु गराएको छ।

समीरले अहिलेसम्म ‘१२ गाउँ’ र ‘बलिदान’ मा अभिनय गरिसकेका छन् भने उनको तेस्रो फिल्म ‘१२ गाउँ २’ प्रदर्शनमा आउन बाँकी छ। उनको आगामी फिल्मले कस्तो सफलता हासिल गर्छ भन्ने हेर्न बाँकी नै छ। तर, छोटो समयमै उनले जुन किसिमको चर्चा र दर्शकको ध्यान आकर्षित गरेका छन्, त्यसलाई सामान्य रूपमा लिन सकिँदैन।

रोचक पक्ष त के छ भने, समीरलाई आफ्नो फिल्ममा अभिनय गराउने लक्ष्यसहित अहिले विभिन्न निर्माता तथा निर्देशकले स्क्रिप्ट तयार गरिरहेको चर्चा छ। कतिपयले समीरलाई नै पहिलो प्राथमिकतामा राखेर कथा लेखिरहेका छन् भने केहीले समीर उपलब्ध नभएको अवस्थामा अर्को कलाकारलाई विकल्पका रूपमा सोच्ने गरेको बुझिन्छ। त्यस्तै, समीरलाई कुनै न कुनै परियोजनामा काम गराउने उद्देश्यले भविष्यका लागि कथा तयार गरिरहेका फिल्मकर्मी पनि छन्।

यी सबै योजनाबारे समीर स्वयंलाई कति जानकारी छ भन्ने स्पष्ट छैन। तर, फिल्म क्षेत्रमा कुनै अभिनेतालाई केन्द्रमा राखेर कथा लेखिनु र उनलाई आफ्नो परियोजनामा जोड्न फिल्मकर्मीहरू इच्छुक हुनु उनको बढ्दो माग र लोकप्रियताको संकेत हो।

फिल्म क्षेत्रमा एउटा फिल्म हिट हुनु र लामो समयसम्म स्टारडम कायम राख्नु फरक कुरा हुन्। समीरको वास्तविक व्यावसायिक क्षमता र स्टारडमको निरन्तरता भने उनका आगामी फिल्मको प्रदर्शनले अझ स्पष्ट पार्नेछ। कुन स्क्रिप्ट उनलाई मन पर्छ, कुन फिल्मको बजेट र निर्माण योजना मिल्छ अनि उनले कुन परियोजनालाई प्राथमिकता दिन्छन् भन्ने कुरा अलग विषय हुन्।

तर, यति छोटो समयमै समीरलाई केन्द्रमा राखेर फिल्मका कथा तयार हुन थाल्नुले एउटा संकेत के गर्छ भने - नेपाली फिल्म क्षेत्रमा समीर भट्टलाई लिएर निर्माताहरूले सम्भावना देख्न थालेका छन्। उनी साँच्चिकै लामो दौडका घोडा बन्न सक्छन् कि सक्दैनन् भन्ने निर्णय समय र उनका आगामी फिल्मले गर्नेछन्।

Address

Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Films Santosh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Films Santosh:

Shortcuts

Share