Films Santosh

Films Santosh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Films Santosh, Arts and entertainment, Baneshwor, Kathmandu.
(1)

हाम्रो उद्देश्य सेलिब्रेटीहरूका बारेमा सरल र बोलिचालीको शैलीमा जानकारीमूलक कन्टेन्ट प्रस्तुत गर्नु मात्र हो। यदि कहिलेकाहीँ भूलवश कुनै गलत जानकारी सेयर हुन पुगेमा, कृपया हामीलाई सच्याउन सहयोग गर्नुहोला।

इमेल: [email protected]

अनमोल केसीको नयां फिल्मको छायांकन सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा हुने भएको छ। चलचित्रका निर्माता तथा अभि...
08/08/2026

अनमोल केसीको नयां फिल्मको छायांकन सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा हुने भएको छ। चलचित्रका निर्माता तथा अभिनेता सुनिल थापा र अभिनेत्री तथा निर्देशक झरना थापाले आगामी चलचित्र ‘ए मेरो हजुर ५’ को छायांकन अपिहिमाल, बडीमालिका, खप्तड, रामारोसन, धनगढी र महेन्द्रनगरलगायतका क्षेत्रमा गर्ने तयारी गरेको सार्वजनिक रुपमा धारणा सार्वजनिक गरिसकेका छन् ।

चलचित्रको छायांकनका क्रममा सुदूरपश्चिमको प्राकृतिक सौन्दर्यसँगै स्थानीय संस्कृति, जनजीवन र ग्रामीण परिवेशलाई समेत कथाको दृश्यमा समेटिने बताइएको छ। विशेषगरी अपिहिमाल क्षेत्रका आकर्षक प्राकृतिक तथा सांस्कृतिक पक्षलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने निर्माण पक्षको योजना छ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार चलचित्र निर्माण टोलीसँग भएको छलफलमा चलचित्रलाई पर्यटन प्रवद्र्धनको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्ने विषयमा कुराकानी भएको थियो। उनका अनुसार चलचित्रमार्फत अपिहिमालमा रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्न र यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अपिहिमाल गाउँपालिकाले यसअघि नै क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अभियान अघि बढाइसकेको छ। चलचित्रको छायांकनले उक्त अभियानलाई थप बल पुग्ने विश्वास स्थानीय तहको छ।

छायांकनका क्रममा अपिहिमालको प्राकृतिक सुन्दरता, स्थानीय संस्कृति, रहनसहन र ग्रामीण जीवनशैलीलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गर्ने योजना रहेको अध्यक्ष बोहराले बताए। उनका अनुसार चलचित्रले अपिहिमालको पर्यटन प्रवद्र्धनमा दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना छ।

चलचित्रको छायांकन सफल बनाउन स्थानीय समुदायको सहयोग आवश्यक हुने भन्दै निर्माण पक्षले स्थानीयवासीको साथ र समर्थनको अपेक्षा गरेको छ। चलचित्र र पर्यटनको संयोजनबाट सुदूरपश्चिमका ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई देश तथा विदेशमा चिनाउन सहयोग पुग्ने भन्दै स्थानीयवासी पनि उत्साहित देखिएका छन्।

नेपाली फिल्म उद्योगकी आकर्षक र प्रतिभाशाली अभिनेत्रीमध्ये शिल्पा पोखरेलको नाम अग्रपंक्तिमै आउँछ। सुन्दर मुस्कान, मनमोहक ...
08/08/2026

नेपाली फिल्म उद्योगकी आकर्षक र प्रतिभाशाली अभिनेत्रीमध्ये शिल्पा पोखरेलको नाम अग्रपंक्तिमै आउँछ। सुन्दर मुस्कान, मनमोहक व्यक्तित्व र मन छुने अभिनयका कारण उनले छोटो समयमै दर्शकमाझ छुट्टै पहिचान बनाएकी हुन् ।

केही फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी शिल्पाले आफूलाई बहुमुखी कलाकारका रूपमा स्थापित गरिसकेकी छन्। रोमान्टिकदेखि भावनात्मक भूमिकासम्म उनले पात्रलाई जीवन्त रूपमा पर्दामा उतार्ने क्षमता राख्छिन्। यही कारण उनका अभिनयलाई दर्शकले सधैं रुचाउँदै आएका छन्।

शिल्पाको व्यक्तिगत जीवनबारे भने धेरै जानकारी सार्वजनिक छैन। उनी अहिले सिंगल छिन् वा कसैसँग प्रेम सम्बन्धमा छिन् भन्ने विषयमा उनले खुलाएर बोलेकी छैनन्। त्यसैले उनको सम्बन्धबारे भइरहेका चर्चा र अड्कलबाजीलाई पुष्टि गर्ने कुनै आधार छैन। पहिलेको कुरा त सायद धेरैलाई थाहै छ धेरै बोलिराख्न पनि हुन्न । भगवानले साथ दिएनन्, उनीहरु सँगै हुन सकेनन् ।

तर एउटा कुरा भने धेरैले स्वीकार्ने गर्छन्— शिल्पाजस्ती सुन्दर, प्रतिभाशाली र सरल स्वभावकी अभिनेत्रीको जीवनसाथी बन्ने व्यक्ति निश्चय नै भाग्यमानी हुनेछ। उनको आकर्षक व्यक्तित्वसँगै अभिनयप्रतिको समर्पणले उनलाई नेपाली मनोरञ्जन उद्योगकी प्रिय अभिनेत्री बनाएको छ। अझै मिहेनत गरिन् भने शिल्पाले धेरैलाई पछि पार्ने पक्का छ ।

आफ्नो करियरलाई निरन्तर अघि बढाइरहेकी शिल्पाबाट दर्शकले आगामी दिनमा अझ धेरै उत्कृष्ट अभिनय र सम्झनलायक पात्रहरूको अपेक्षा गरेका छन्। विहेको कुरा त उनको मुड र रुचीको कुरा हो– जोसँग गरेपनि अब चैं अलिकति वुझेर मात्रै गरुन् – शुभकामना ।

महानायक राजेश हमाललाई नेपाली दर्शकले अभिनयका लागि मात्रै होइन, उनको व्यक्तित्व, शालीनता र ज्ञानका लागि पनि उत्तिकै सम्मा...
08/08/2026

महानायक राजेश हमाललाई नेपाली दर्शकले अभिनयका लागि मात्रै होइन, उनको व्यक्तित्व, शालीनता र ज्ञानका लागि पनि उत्तिकै सम्मान गर्छन्। उत्कृष्ट वक्ता, अंग्रेजी भाषामा राम्रो दख्खल, विश्वका विभिन्न देशको भ्रमण र दशकौं लामो सफल अभिनय यात्रा— यी सबै कारणले उनलाई नेपाली फिल्म उद्योगको महानायक बनाएको हो।

तर, घरभित्रका राजेश हमाल भने अझ फरक छन्।

हामीले फेला पारेको एउटा तस्बिरमा हमाल श्रीमती मधु हमालसँगै घर वरिपरिको फुलबारीको झार गोड्दै सहयोग गरिरहेका देखिन्छन्। फुर्सदको समय परिवारसँग बिताउने, श्रीमतीलाई घरायसी काममा साथ दिने र आफूले सक्ने काममा हात हाल्न कहिल्यै पछि नपर्ने उनको स्वभाव यो दृश्यले पनि झल्काउँछ।

हुन त यो सामान्य काम जस्तो लाग्न सक्छ। तर यस्ता साना व्यवहारले ठूलो सन्देश दिन्छन्— बाहिर जतिसुकै सफल र ठूलो व्यक्ति भए पनि घरमा असल र जिम्मेवार जीवनसाथी बन्नु नै सबैभन्दा ठूलो कुरा हो।

प्रेम विवाह गरेका राजेश र मधु हमालले अहिलेसम्म सन्तान नहुने निर्णयबारे पनि विभिन्न अवसरमा खुलेर बोलेका छन्। यो उनीहरूको व्यक्तिगत र आपसी समझदारीमा आधारित निर्णय भएकाले त्यसलाई सम्मान गर्नु नै उचित हुन्छ।

तपाईंलाई महानायक राजेश हमालको यो सरल र सहयोगी स्वभाव कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोस्।

The Celebrity Times

नेपाली फिल्म उद्योगका चर्चित अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठको प्रेम सम्बन्धबारे त अब ...
08/08/2026

नेपाली फिल्म उद्योगका चर्चित अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठको प्रेम सम्बन्धबारे त अब भनिराख्ने विषय रहेन। उनीहरूको सम्बन्ध निकै मजबुत बन्दै गएको छ। बीचमा एकपटक उनीहरूको सम्बन्धमा दरार आएको थियो। तर, सृष्टि पर–पर, सौगात वरपर सर्दै आएपछि एउटा ठाउँमा उनीहरू पुगेर पुनः सँगै यात्रा गर्ने निर्णय गरेका थिए।

उनीहरूको प्रेम सम्बन्धले कोरोना महामारीका बेला लागेको लकडाउनताका पहिलोपटक चर्चा पाएको थियो। त्यतिबेला सृष्टिले सामाजिक सञ्जालमा सौगातसँगका रोमान्टिक तस्बिरहरू लगातार सार्वजनिक गरेकी थिइन्। एक पोस्टमा सौगातले गालामा चुम्बन गरिरहेको तस्बिर राख्दै उनले ‘लभ लकडाउन’ लेखेकी थिइन्।

त्यसको केही दिनपछि उनले सौगातसँगको अर्को रोमान्टिक तस्बिर सार्वजनिक गर्दै रमाइलो शैलीमा कविता पनि लेखेकी थिइन्– ‘यू आर दि टम टु माई जेरी, लेट्स मेक दिस लाइफ मेरी... लकडाउन सकिएपछि जानुपर्छ ल, खान पुरी अनि जेरी।’ उक्त पोस्टमा अभिनेत्री मलिना जोशीले ‘कस्तो मिठो कविता’ भन्दै प्रतिक्रिया दिएकी थिइन् भने प्रियंका कार्की, पूजा शर्मा, पूर्व मिस नेपाल श्रृंखला खतिवडा, निकिता चण्डकलगायतले पनि उनीहरूको प्रेमप्रति खुसी व्यक्त गरेका थिए।

फिल्म ‘माइकल अधिकारी’बाट पहिलोपटक एकसाथ पर्दामा देखिएको यो जोडीले त्यसपछि धेरै फिल्ममा सहकार्य गर्‍यो। व्यावसायिक जीवनसँगै उनीहरूको व्यक्तिगत सम्बन्ध पनि समयसँगै अझ प्रगाढ बन्दै गएको छ।

यतिबेला भने फ्यानहरूको सबैभन्दा ठूलो चासो उनीहरूको विवाहलाई लिएर छ। दुवैले विवाह गर्ने इच्छा विभिन्न अवसरमा व्यक्त गरिसकेका भए पनि कहिले विवाह गर्ने भन्ने विषयमा अहिलेसम्म औपचारिक घोषणा गरेका त छैनन्। तर, उनीहरू दुवैजनाले गतिलो दिनको पर्खाइमा छन्।

उनीहरू निकट एक स्रोतका अनुसार सौगातले आफूले सम्झौता गरिसकेका फिल्महरूको काम धमाधम सकाएर त्यसपछि घरजम गर्ने योजना बनाएका छन्। अर्कोतर्फ, सृष्टिले भने आफू जुनसुकै बेला पनि विवाहका लागि तयार रहेको कुरा सौगातलाई बताइसकेको स्रोतको दाबी छ। अब यो स्रोत कत्तिको भरपर्दो हो, त्यो कुरा भविष्यमा थाहा होला।

अब उनीहरूको विवाहको घोषणा कहिले हुन्छ भन्ने प्रतीक्षामा अहिले हजारौं शुभचिन्तक र फ्यानहरू छन्। तपाईंलाई उनीहरूको बिहे कहिले होला जस्तो लाग्छ? कि हल्ला मात्रै गर्ने तर बिहे चाहिँ दुवैले अर्कैसँग गर्लान् जस्तो लागेको छ? आफ्नो मनको कुरा कमेन्टमा लेख्नुहोला है।

The Celebrity Times

बलिउड अभिनेत्री परिणीति चोपडा आफ्नो दिनको सुरुवात निकै शान्त र सकारात्मक तरिकाले गर्न रुचाउँछिन्। बिहानको समयलाई महत्वपू...
08/08/2026

बलिउड अभिनेत्री परिणीति चोपडा आफ्नो दिनको सुरुवात निकै शान्त र सकारात्मक तरिकाले गर्न रुचाउँछिन्। बिहानको समयलाई महत्वपूर्ण मान्ने उनी सकेसम्म चाँडै उठेर सूर्योदय हेर्ने गर्छिन्। उनको भनाइमा, बिहानको सुरुवातले दिनभरको मानसिक अवस्थामै प्रभाव पार्न सक्छ।

परिणीति सामान्यतया बिहान ५:३० बजेसम्म उठ्ने प्रयास गर्छिन्। आफू यात्रा गरिरहेको अवस्थामा समेत सूर्योदय छुटाउन नचाहने उनले बताएकी छन्। उनका लागि काम गर्ने दिन होस् वा बिदाको दिन, बिहानको सूर्योदय हेर्न पाउनु विशेष हुन्छ। सूर्योदय हेर्न नपाएको दिन आफूलाई केही अधुरो महसुस हुने उनको अनुभव छ।

बिहान उठेपछि गर्ने अर्को महत्वपूर्ण काम हो—ध्यान अर्थात् मेडिटेसन। परिणीतिले ध्यानलाई आफ्नो मर्निंग रुटिनको सबैभन्दा महत्वपूर्ण हिस्सा मानेकी छन्। उनका अनुसार दुई मिनेट मात्रै ध्यान गरे पनि त्यसले आफूलाई फरक महसुस गराउन सक्छ भने लामो समय ध्यान गर्दा अझ शान्त र सकारात्मक महसुस हुन्छ। उनले ध्यानले आफ्नो जीवनमा नै परिवर्तन ल्याएको अनुभवसमेत सुनाएकी छन्।

परिणीति बिहानको समयमा मोबाइल र सोसल मिडिया स्क्रोलिंग बाट टाढा रहने बानी विकास गर्न चाहन्छिन्। उनका अनुसार समाचारदेखि गीत, पुस्तक र फिल्मको समीक्षा पढ्नेसम्मका लागि मानिसहरू बिहानै सोसल मिडियामा पुग्ने गर्छन्। आफूमा पनि यस्तो बानी रहेको स्वीकार गर्दै उनले यसलाई कम गर्न चाहेको बताएकी छन्।

बरु उनी बिहान ताजा हावा लिने, घाम हेर्ने र संसार बिस्तारै जाग्दै गरेको महसुस गर्ने कुरालाई प्राथमिकता दिन्छिन्। यी साना गतिविधिले आफूलाई राम्रो मानसिक अवस्थामा राख्न सहयोग गर्ने उनको अनुभव छ।

बिहानको खानामा भने परिणीतिको कुनै कडा नियम छैन। कहिले दक्षिण भारतीय खाना, कहिले पोहा, एभोकाडो टोस्ट वा पराठा खाने गरेको उनले बताएकी छन्। कतिपय दिनमा बिहानको खाना नै नखाई सिधै दिउँसोको खाना खाने गरेको पनि उनको भनाइ छ। उनका लागि व्रेकफास्ट जुनसुकै समयमा खान सकिन्छ।

परिणीतिले आफ्नो छालाको हेरचाहका लागि पनि पर्याप्त आराम, राम्रो निद्रा र सकारात्मक सोचलाई महत्वपूर्ण मानेकी छन्। आफू तनावमा भएको दिन त्यसको असर छालामा समेत देखिने उनले बताएकी छन्।

त्यसैले, बिहान उठ्नेबित्तिकै मोबाइल समात्ने बानी छ भने परिणीतिको रुटिंगबाट केही कुरा सिक्न सकिन्छ—चाँडै उठ्ने, सूर्योदय हेर्ने, केही समय प्रकृतिसँग बिताउने, ध्यान गर्ने र दिनको सुरुवात सोसल मिडियाबाट होइन, आफैंबाट गर्ने।

The Celebrity Times

वलिउड अभिनेत्री आलिया भट्टले राम्रो स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक रहेको बताएकी छन्। एक अन्तर्वार्ताका क्रममा उ...
07/08/2026

वलिउड अभिनेत्री आलिया भट्टले राम्रो स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक रहेको बताएकी छन्। एक अन्तर्वार्ताका क्रममा उनले आफू सकेसम्म ८–९ घण्टा सुत्ने प्रयास गर्ने र राम्रो निद्राले शरीर मात्र होइन, मानसिक स्वास्थ्य र दैनिक काममा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरेकी थिइन्।

आलियाका अनुसार व्यस्त जीवनशैलीका बीच पनि शरीरलाई आराम दिनु अत्यन्त आवश्यक छ। उनी सुत्नुअघि मोबाइलको प्रयोग कम गर्ने, शान्त वातावरण बनाउने र नियमित सुत्ने समय कायम राख्ने प्रयास गर्छिन्।

उनको यो भनाइ सामाजिक सञ्जालमा पनि चर्चा बटुलिरहेको छ। धेरैले व्यस्त जीवनमा पनि पर्याप्त निद्रालाई प्राथमिकता दिनुपर्ने सन्देशका रूपमा उनको अनुभवलाई लिएका छन्।

आलियालाई मन पराउनुहुन्छ भने उनले दिएको सुझाव मान्नुहोला है ?

नेपाली संगीत क्षेत्रका चर्चित गायक निशान भट्टराई पछिल्लो समय संगीत र स्टेज कार्यक्रमहरूमा पहिलेजस्तो सक्रिय देखिएका छैनन...
07/08/2026

नेपाली संगीत क्षेत्रका चर्चित गायक निशान भट्टराई पछिल्लो समय संगीत र स्टेज कार्यक्रमहरूमा पहिलेजस्तो सक्रिय देखिएका छैनन्। नेपाल आइडल सिजन–१ बाट देशभर लोकप्रिय बनेका उनी एक समय लगातार नयाँ गीत, लाइभ कन्सर्ट र सांगीतिक प्रस्तुतिका कारण चर्चामा रहन्थे। तर पछिल्ला महिनाहरूमा उनको सार्वजनिक उपस्थिति निकै कम भएको छ, जसले उनका प्रशंसकहरूलाई बारम्बार उनको कमब्याकको प्रतीक्षा गराइरहेको छ।

केही प्रशंसकले उनको व्यक्तिगत जीवनमा आएको उतारचढाव, विशेषगरी ऋचा न्यौपाने सँग सम्बन्धविच्छेदपछि उनी केही समय संगीतबाट टाढिएको हुन सक्ने अनुमान गर्ने गरेका छन्। ऋचा लगभग १ बर्षअघि अस्ट्रेलिया पुगेकी छन्, निशान कता के गर्दैछन् हामीले ठ्याक्कै जानकारी पाउन सकेका छैनौं । यद्यपि, यसबारे निशान स्वयंले सार्वजनिक रूपमा कुनै स्पष्ट धारणा व्यक्त गरेका छैनन्। व्यक्तिगत जीवनमा कठिन समय आउँदा त्यसको असर पेशागत यात्रामा पनि पर्नु स्वाभाविक मानिन्छ। तर उनका शुभेच्छुकहरू भने यति प्रतिभाशाली गायकले आफ्ना प्रशंसकहरूको मायालाई सम्मान गर्दै फेरि पूर्ण रूपमा संगीतमा फर्किनुपर्ने धारणा राख्छन्।

यहीबीच आज शुक्रबार निशानले आफ्नो फेसबुकमा नेपाल आइडलमा सहभागी हुँदाको एउटा पुरानो स्टेज तस्वीर साझा गर्दै त्यसलाई ‘मेमोरी’ का रूपमा सम्झिएका छन्। करिब तीन महिनापछि उनले फेसबुकमा गरेको यो पोस्टले पनि धेरैको ध्यान तानेको छ।

पोस्ट सार्वजनिक हुनासाथ उनका प्रशंसकहरूको प्रतिक्रिया उल्लेखनीय देखिएको छ। कमेन्टमा धेरैले 'फेरि गीत लिएर आउनुहोस्', 'स्टेजमा तपाईंलाई धेरै मिस गरिरहेका छौं', 'नयाँ गीत कहिले आउँछ?', 'तपाईंको कमब्याकको प्रतीक्षा छौं', 'त्यो निशान भट्टराई आजकल किन यसरी गुमनाम ?' जस्ता सन्देश कमेन्ट लेखेका छन् । यी प्रतिक्रियाले निशानप्रति दर्शक र श्रोताको माया अझै उस्तै रहेको संकेत गर्छ।

नेपाली संगीत उद्योगमा लोकप्रियता कमाउनु जति कठिन हुन्छ, त्यो लोकप्रियतालाई वर्षौंसम्म कायम राख्नु त्यति नै चुनौतीपूर्ण हुन्छ। निशान भट्टराई त्यस्ता गायकमध्ये पर्छन्, जसको स्वर धेरै संगीतप्रेमीले रुचाउँछन्। त्यसैले पनि उनका प्रशंसक र शुभेच्छुकहरू उनी फेरि नयाँ गीत र नियमित स्टेज प्रस्तुतिसहित सशक्त रूपमा फर्किने दिनको प्रतीक्षामा छन्।

नेपाली फिल्म उद्योगकी लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटी पछिल्लो समय जिममा निकै सक्रिय देखिएकी छन्। उनी नियमित रूपमा कडा ...
07/08/2026

नेपाली फिल्म उद्योगकी लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटी पछिल्लो समय जिममा निकै सक्रिय देखिएकी छन्। उनी नियमित रूपमा कडा मेहनत गर्दै वर्कआउट गरिरहेको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमार्फत साझा गरिरहेकी छन्। उनको फिटनेस यात्रामा प्रशिक्षकले पनि लामो समयदेखि विशेष मेहनत गरिरहेको देखिन्छ। वर्षाको निरन्तर अनुशासन र समर्पणले उनी आफ्नो शारीरिक फिटनेसलाई नयाँ स्तरमा पुर्‍याउने प्रयासमा रहेको स्पष्ट देखाउँछ।

यस्तो मेहनत स्वस्थ जीवनशैलीका लागि मात्र हो कि कुनै नयाँ फिल्मको तयारी पनि भइरहेको छ भन्ने जिज्ञासा धेरैमा छ। कलाकारहरू प्रायः नयाँ पात्रको मागअनुसार आफ्नो शरीरमा परिवर्तन ल्याउने भएकाले वर्षाको यो फिटनेस अभियानले पनि नयाँ चलचित्रको संकेत दिइरहेको अनुमान गर्न सकिन्छ। अर्कोतर्फ, सामाजिक सञ्जालमा रमाइला टिप्पणीहरू पनि देखिन थालेका छन्—कतै यो मेहनत कसैसँग घुम्टो ओढेर नयाँ जीवन सुरु गर्ने तयारी त होइन?

यद्यपि, वर्षाले केही समयअघि दिएको एक अन्तर्वार्तामा विवाहबारे अब हतार नगरी धेरै सोचविचार गरेर मात्र निर्णय लिने बताएकी थिइन्। त्यसैले अहिले नै उनको फिटनेस यात्रालाई विवाहसँग जोडेर निष्कर्ष निकाल्नु उचित हुँदैन। आखिर यो सबै मेहनत स्वस्थ जीवनशैलीका लागि मात्रै हो, नयाँ फिल्मका लागि हो, वा भविष्यका कुनै विशेष योजनाको तयारी हो—यसको जवाफ भने समयसँगै वर्षा आफैंले दिनेछिन्।

The Celebrity Times

अभिनेत्री तथा सन् २००५ की मिस इन्टरनेशनल नेपाल निशा अधिकारीले दुई दशकअघिको जापान यात्रा सम्झिँदै भावुक बनेकी छन्। उनले स...
07/08/2026

अभिनेत्री तथा सन् २००५ की मिस इन्टरनेशनल नेपाल निशा अधिकारीले दुई दशकअघिको जापान यात्रा सम्झिँदै भावुक बनेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पुरानो तस्वीर सार्वजनिक गर्दै त्यसबेलाको अनुभव सेयर गरेकी हुन्।

निशाले सन् २००५ मा मिस इन्टरनेशनल नेपालका रूपमा जापानमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाएकी थिइन्। उनले जापान पुगेको पहिलो क्षण अझै पनि ताजै रहेको उल्लेख गर्दै त्यतिबेला आफूलाई ‘जापान त भविष्यमा बाँचिरहेको देश जस्तो लाग्यो’ भन्ने अनुभूति भएको बताएकी छन्।

उनका अनुसार जापानको प्रविधि, कार्यसम्पादनको दक्षता, संस्कृति र साना–साना कुरामा समेत दिइने ध्यानले आफूलाई निकै प्रभावित बनाएको थियो। दुई दशकभन्दा बढी समय बितिसक्दा पनि त्यो अनुभूति उस्तै ताजै रहेको उनले उल्लेख गरेकी छन्।

त्यस अवसरमा नेपालका परम्परागत पोशाकमा अन्तर्राष्ट्रिय मञ्चमा उभिन पाउनु आफ्नो जीवनकै गर्विलो क्षणमध्ये एक भएको उल्लेख गर्दै उनले नेपालको पहिचान, संस्कृति र आत्मालाई विश्वसामु प्रस्तुत गर्न पाएको अवसर सधैं स्मरणीय रहने बताएकी छन्।

उनको यो स्मरणात्मक पोस्टलाई प्रशंसकहरूले पनि निकै रुचाएका छन्। निशाले आफू निकट भविष्यमै फेरि जापान भ्रमण गर्ने चाहना पनि व्यक्त गरेकी छन्। धेरैले उनलाई फेरि जापान भ्रमणको शुभकामना दिँदै नेपालप्रतिको उनको गर्व र समर्पणको प्रशंसा गरेका छन्।

The Celebrity Times

कुशुम श्रेष्ठ युट्युब र फेसबुकमा नियमित रूपमा कन्टेन्ट बनाउने कन्टेन्ट क्रिएटर हुन्। उनी कहिलेकाहीँ पोडकास्ट पनि सञ्चालन...
07/08/2026

कुशुम श्रेष्ठ युट्युब र फेसबुकमा नियमित रूपमा कन्टेन्ट बनाउने कन्टेन्ट क्रिएटर हुन्। उनी कहिलेकाहीँ पोडकास्ट पनि सञ्चालन गर्ने गर्छिन्। यद्यपि, उनको व्यक्तिगत जीवन वा विस्तृत परिचयबारे धेरै जानकारी सार्वजनिक रूपमा उपलब्ध छैन।

पछिल्लो समय भने कुशुम श्रेष्ठलाई बलिउड फिल्म ‘सैयारा’ की नायिका अनित पड्डासँग दाँज्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। ‘सैयारा’ रिलिज भएको समयमा धेरैले उनलाई उक्त फिल्मकी नायिका सम्झेर म्यासेज, फोन र टेक्स्टसमेत गरेको अनुभव उनले आफैं एक अन्तर्वार्तामा सुनाएकी छन्।

अब तपाईंलाई के लाग्छ ? कुशुम श्रेष्ठ साँच्चै ‘सैयारा’की नायिकाजस्तै देखिन्छिन् कि देखिँदैनन् ? आफ्नो विचार कमेन्ट बक्समा अवश्य लेख्नुहोस्। 👇

The Celebrity Times

Address

Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Films Santosh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Films Santosh:

Shortcuts

Share