Once upon a time in Balambu

Once upon a time in Balambu Ancient photos of Balambu Historical photos of Balambu.

23/09/2025
Beautiful Balambu Jheegu Balambu
07/04/2025

Beautiful Balambu
Jheegu Balambu

हाम्रो बलम्वुमा केहि संख्यामा लिच्छविकालीन अभिलेखहरू उपलब्ध छन् । जसमध्ये एउटा लिच्छवि अभिलेख बैथ: टोलको प्रणिधि पूर्ण म...
03/02/2025

हाम्रो बलम्वुमा केहि संख्यामा लिच्छविकालीन अभिलेखहरू उपलब्ध छन् । जसमध्ये एउटा लिच्छवि अभिलेख बैथ: टोलको प्रणिधि पूर्ण महाविहार परिसरमा रहेको छ । विहार निर्माणार्थ जग खन्ने बेला यो अभिलेख भेटिएको भनिन्छ । उक्त अभिलेखको तल्लो भाग मात्र भेटिएको थियो । माथिल्लो भाग नभएको कारण यस अभिलेखमा कुन विषय उल्लेख भएको छ थाहा हुँदैन तर तल्लो भागमा परेको विवरण अनुसार यो नरेन्द्रदेव (सन् ६६५) को अभिलेख भन्न सकिन्छ किनभने अभिलेखको अन्तमा ‘संवत् ९० वैशाख शुक्ल दशमी’ प्रष्ट रहेको छ । यसमा मानदेव सम्वत उल्लेख गरिएको छ ।

बलम्बु हिर्गा (हितिगा:) को अभिलेखयस अभिलेखलाई हितिगाःको खुट्किलाहरू मध्येको एउता खुट्किला बनाइएको छ । माथिबाट गन्दा पाचौ...
19/12/2024

बलम्बु हिर्गा (हितिगा:) को अभिलेख
यस अभिलेखलाई हितिगाःको खुट्किलाहरू मध्येको एउता खुट्किला बनाइएको छ । माथिबाट गन्दा पाचौ खुट्किलामा अभिलेख कुँदिएको शिला छ । सिढीँ बनाउन मिलेको ढुड्गो भएकोले अज्ञानतावस उहिले हितिगाःको जीर्णोद्धार गर्ने क्रममा यस शिलापत्रलाई सिढीँ बनाइएको हुनुपर्दछ । त्यस बेला शिलामा कुँदिएको अक्षरहरू नदेखिएको वा छोपिएको हुँनाले अभिलेख भनी थाहा नभई सिढीँ बनाउन प्रयोग गरिएको हुनसक्छ नत्र अक्षर भएको शिला त्यो पनि तेक्ने ठाउँमा कदापि राखिँदैन थियो । बलम्बुमा अक्षर नै नदेखिएका अभिलेखहरू पनि संरक्षण गरेको देख्न सकिन्छ ।

लाम्चो ढुङ्गाको माथिल्लो भागमा अभिलेख कुँदिएको छ । पूर्वलिच्छवीकालिन लिपि रहेको अभिलेखमा संस्कृत भाषाको प्रयोग गरिएको छ । अभिलेखको माथिल्लो भाग र दायाँपट्टिको केही अक्षरहरू छोपिएका छन् । वर्षौदखि पानीमुनि सुरक्षत रहेको हुँनाले कुँदिएका अक्षरहरू स्पष्ट छन् । यस अभिलेखमा उल्लेख भएको विवरण अरू अभिलेखहरूसँग मिलेको भेतिएको हुँदा केही अक्षरहरू नदेखिए तापनि यसमा परेको विवरण बुझ्न सजिलो भएको थियो । यसमा शक सम्वत ४८२ उल्लेख भएको छ । १ शक सम्वत भनेको इस्वी सम्वत ७८ (सन् ७८) हुन्छ अर्थात यसमा उल्लेख शक सम्वरलाई सन्‌मा परिवर्तन गर्दा सन् ५६० हुन्छ । अहिले सन् २०२४ चलिरहेको छ । यसबाट यो अभिलेख १४६४ (२०२४-५६०) वर्ष पुरानो हो भनी थाहा हुन्छ ।

अभिलेखमा भएको विवरण अनुवाद
कल्याण होस् । मानगृह (दरबार) बाट बुवाको पाउको अनुग्रह पाएका गाथमा । आराम रहेका भट्टारक (गद्दीनशीन) महाराज श्रीगणदेवले शीराटीकातल… गाउँमा रहेका ब्राह्मणलगायत सबै गृहस्थीहरूलाई यथोचित कुशल मङ्गल सोधेर आज्ञा गर्नुभएको छ । उहिलेका राजाहरूले तिमिहरू कहाँ कुथेर तथा शौल्य यी दुई अधिकरण (अड्डाले) प्रवेश नपाउने गरी निगाहा गरिदिनुभएको रहेछ । सर्वदण्डनायक (पुलिस विभागका मुख्य अधिकारी) महाप्रतिहार (राजाका हजुरिया) भौमगुप्तले हाम्रा हजुरमा विन्ति चढाएका हुनाले अहिले हामीबाट पञ्चखतसंबन्धो मामिलाद्वारा लिङ्गवल र माप्चोक अधिकरणले पस्न नपाउने गरिएको छ । यसरी चारै अधिकरणले प्रवेश नपाउने गरी यो शिलापत्र निगाहा गरिदिइएको छ । तिमिहरू यो कुरा बुझेर पहिलेजस्तै हुकममा तामेल रही … निर्धक्कसंग सुखपूर्वक बस । पछि हुने हाम्रो कुलका राजाहरूले पनि नियमकानूनलाई ठूलो संझी आफ्ना मान्य जनले गरिदिएको निगाह ख्याल राखी यो आज्ञाको प्रतिपालन गर्नुपर्दछ ।
यहाँ दूतक बब्भ्रवर्मा ब्रह्मुङ छन् । वार्त प्रसादगुप्तले मुद्दामामिलासम्बन्धी काम गरिरहेको वेला ।
संवत् ४८२ श्रावन शुक्ल प्रतिपदाको दिन ।

Once upon a time in Balambu Jheegu Balambu "झीगु बलम्वु"jheegu Balambu Sagar Shrestha बलम्बु धा : खल : Jayaram Maharjan Lisha Nakarmichandragirinews.com Chandragiri Nagarpalika

Balambu in 1987 AD.A beautifully well-constructed stone paving road in the middle of the village.
15/09/2024

Balambu in 1987 AD.
A beautifully well-constructed stone paving road in the middle of the village.

बलम्बु लाछि टोल उहिले र अहिले (२०२४)Jheegu Balambu "झीगु बलम्वु"
04/09/2024

बलम्बु लाछि टोल उहिले र अहिले (२०२४)
Jheegu Balambu "झीगु बलम्वु"

मुक छेँ पुनर्निर्माण हुने कुरा सुनेँ, कस्तो बन्ला उत्सुकता ।भक्तपुरको एउटा द्यःछेँJheegu Balambu "झीगु बलम्वु" Jayaram M...
02/09/2024

मुक छेँ पुनर्निर्माण हुने कुरा सुनेँ, कस्तो बन्ला उत्सुकता ।
भक्तपुरको एउटा द्यःछेँ
Jheegu Balambu "झीगु बलम्वु"
Jayaram Maharjan
Er Purna Tandukar
Gagan Shrestha
Sunil Maharjan
Shyam K Shrestha
Sanjaya Maharjan

बलम्बुको पीगंमा रहेको अहिले अस्तित्वमा नरहेको एउटा फल्चा पृष्ठभूमिमाpc: Dharmendra MaharjanJheegu Balambu "झीगु बलम्वु"
14/08/2024

बलम्बुको पीगंमा रहेको अहिले अस्तित्वमा नरहेको एउटा फल्चा पृष्ठभूमिमा
pc: Dharmendra Maharjan
Jheegu Balambu "झीगु बलम्वु"

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Once upon a time in Balambu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share