14/09/2026
मानवीय सहयोगप्रति हार्दिक प्रतिबद्धता,
Royal A-One Investment Pvt. Ltd. Group अन्तर्गत सञ्चालित Hotel A-One, A-One Palace, A-One Café, A-One Party Palace ,Hotel Namuna ,Triveni tandoori,Triveni foodland,Royal food cafe लगायतका करिब २१ वटा शाखा तथा ब्रान्डहरूको तर्फबाट भोटेकोसी बाढीपीडितहरूको राहत तथा सहयोगका लागि रु. ५,०५,५५५/- (पाँच लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) सहयोग गरिएको जानकारी गराउन चाहन्छौँ।
उक्त सहयोग रकम प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरी, आज माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ज्यूलाई हस्तान्तरण गरिएको छ।
यस मानवीय कार्यमा Royal A-One Investment Pvt. Ltd. Group तथा यसअन्तर्गत रहेका सम्पूर्ण शाखा, व्यवस्थापन, कर्मचारी एवं शुभेच्छुकहरूको महत्वपूर्ण योगदान रहेको छ। धन्यवाद सम्पुर्ण सहयोगी मनहरुमा ❤️🙏
यस समूहका अध्यक्ष श्री हरिबहादुर श्रेष्ठ (नवीन) ज्यूको नेतृत्वमा सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यो सानो प्रयासले भोटेकोसी बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको राहतमा केही सहयोग पुग्ने विश्वास लिएका छौँ।
बाढीपीडितहरूको दुःख र पीडाको यस कठिन घडीमा हामी सबै एकजुट भएर सहयोग र सहकार्य गर्नु नै हाम्रो मानवीय दायित्व हो।
Royal A-One Investment Pvt. Ltd. Group
Head Office Gaurighat Kathmandu
सम्पूर्ण A-One परिवार
हार्दिक श्रद्धा, सहयोग र ऐक्यबद्धता