01/09/2025
किर्तिपुरमा बसेर पढ्दै आएका एकजना विद्यार्थीको परीक्षा नजिक आइसकेको थियो । तर उनले पढेका थिएनन् । फेल भइन्छ भनेर परीक्षा दिन अल्छी मानेका उनले परीक्षा सार्ने उपाय सोचे । उनले आफ्नो परीक्षा केन्द्र सहित अरु स्कुलमा बम भएको हल्ला फैलाउने अनि त्यो हल्ला फैलिएपछि खैलाबैला हुन्छ र परीक्षा रोकिन्छ भनेर सोचे । त्यतिकैमा १०० मा फोन गरेर ३ ओटा स्कुलमा बम राखेको र ४ बजे पड्किने भन्दै जानकारी गराए । तर प्रहरी पुगेर हेर्दा केहि भेटिएन । अन्तिममा प्रहरीले उनलाई पक्राउ गर्यो ।