Niru Shakya

Directions

Niru Shakya Personal Page

आजको राशिफलमेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो हुनेछ । आफन्त तथ...
01/10/2026

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो हुनेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ ।

खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि भई नाफा कमाउन सकिनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ ।

खाेजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । पुँजी बजारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
समय तथा कामको तालमेल नमिल्दा अरूभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ ।

बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । प्रेममा नजिक हुन सकिनेछ । व्यापारी, विद्यार्थी तथा सामाजिक काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सीमित स्रोत साधनको प्रयोग मार्फत असीमित आवश्यकता परिपूर्ति गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् ।

व्यापार तथा शेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ ।
माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यवसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईँको गतिलो उपस्थिति रहनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार ता शेयर बजारबाट नाफा कमाउन सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्त तथा दिदीबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तर पनि अध्ययन तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेको छ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । औद्योगिक क्षेत्र, ब्रोकर सम्बन्धी काम तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।

29/09/2026

बालेन सरकारले रवि, प्रचण्ड र ममाथि पनि सुराकी लगाएको छ, पक्राउ गरेमा ठराउदिनँ - अमरेशकुमार सिंह

28/09/2026

तपाईको दौड अरुसँग होइन आफैसँग हो ।

28/09/2026

प्रयास गरिरहनुस् ❤

28/09/2026

yours' Time

27/09/2026

बुबाआमाको त्याग संघर्ष आशिर्वाद

27/09/2026

वितेको समय कहिल्यै फर्कँदैन

27/09/2026

कहिल्यै नसोच्नुहोस् कि सबै कुरा सकियो

25/09/2026

यस्तो दिमाग

25/09/2026

यता यस्तो छ, त्यता कस्तो छ ?

#

Address

Kathmandu
Kathmandu
00000

Website

Alerts

Be the first to know and let us send you an email when Niru Shakya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share