Happydent Dot Com

Happydent Dot Com Happydent Dot Com Located conveniently at Sukedhara, we offer comprehensive dental care to keep your smile bright and healthy.
(2)

Our experienced team is dedicated to providing top-notch treatments in a comfortable, welcoming environment.

✨ Services: General Dentistry | Cosmetic Dentistry | Preventive Care
📞 Contact Us: 01-4374045
🌐 Book Online: happydentdental.com/appointment

Your smile, our passion!

11/08/2026

माउन्ट ब्रड पिकमा ज्यान गुमाउनुभएका शेर्पा आरोहीहरूको पार्थिव शरीर नेपाल ल्याइँदै 🕯️🙏
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावपूर्ण श्रद्धाञ्जली।

Flash News : लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सरकारले अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ ।
11/08/2026

Flash News : लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सरकारले अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ ।

विश्व विख्यात हिमाल आरोही निर्मल पुर्जा "निम्स दाई" हिमालको काखमा नै अस्ताए । हार्दिक श्रदाञ्जली ।
01/08/2026

विश्व विख्यात हिमाल आरोही निर्मल पुर्जा "निम्स दाई" हिमालको काखमा नै अस्ताए । हार्दिक श्रदाञ्जली ।

😂😂
01/08/2026

😂😂

01/08/2026
पाकिस्तानको दुर्गम हिमशृङ्खलामा आरोहणका क्रममा हिमपहिरोमा परेको आरोही टोलीको खबरले संसारभरका हिमालप्रेमी र नेपालीहरूको म...
01/08/2026

पाकिस्तानको दुर्गम हिमशृङ्खलामा आरोहणका क्रममा हिमपहिरोमा परेको आरोही टोलीको खबरले संसारभरका हिमालप्रेमी र नेपालीहरूको मन भारी बनाएको छ।
यस कठिन घडीमा सम्पूर्ण टोलीको सुरक्षित उद्धार होस् भन्ने कामना गर्दछौं। उनीहरूका परिवार, आफन्त र शुभेच्छुकहरू अहिले आशा र प्रतीक्षामा छन्। 🙏
प्रार्थना गरौँ

हुन त आफ्नो–आफ्नो विचार हो। ज्यान गुमाउने र हराउनेप्रति गहिरो सहानुभूति छ नै। तर कहिलेकाहीँ लाग्छ, यो केको दौड हो यो हिम...
31/07/2026

हुन त आफ्नो–आफ्नो विचार हो। ज्यान गुमाउने र हराउनेप्रति गहिरो सहानुभूति छ नै। तर कहिलेकाहीँ लाग्छ, यो केको दौड हो यो हिमाल चढ्ने? प्रकृतिमा भएका सबै कुरा खुट्टाले टेक्नै पर्छ र? कतिपय कुरा त टाढैबाट हेरेर, सम्मान गरेर छोडिदिँदा पनि हुँदैन र?

मेरो विचारमा नेपालले मात्र होइन, सबै देशले रेड जोनभन्दा माथिका अत्यन्त जोखिमपूर्ण हिमालहरूमा आरोहण बन्द गर्ने, वा पर्यटकलाई सुरक्षित क्षेत्रसम्म मात्र जाने अनुमति दिने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ। यसै पनि हिमालहरूमा फोहोर र लासको थुप्रो बढिरहेको यथार्थलाई पनि हामीले बेवास्ता गर्न मिल्दैन।

अन्ततः, मानिसले १०० पटक होइन, १००० पटक नै सगरमाथा टेके पनि इगो सन्तुष्ट हुने होइन। त्यसपछि पनि उसलाई १००१औँ पटक पुग्न मन लागिरहन्छ। त्यसैले कहिलेकाहीँ जित भनेको सबै ठाउँमा पुग्नु होइन, कहाँ रोकिने भन्ने बुद्धि हुनु पनि हो। for Nims dai and other climbers

प्रकृतिसँगको संघर्ष सधैं कठिन हुन्छ।सम्पर्कविहीन भएका सबै पर्वतारोहीहरूको सुरक्षित उद्धारको हार्दिक कामना। 🙏
31/07/2026

प्रकृतिसँगको संघर्ष सधैं कठिन हुन्छ।
सम्पर्कविहीन भएका सबै पर्वतारोहीहरूको सुरक्षित उद्धारको हार्दिक कामना। 🙏

सिताराम कट्टेल धुर्मुस आँखा भरि आँशु पार्दै भन्दैछन्ः ५ वर्षदेखि पीडा बोकेर बाँच्न गाह्रो भयो ! सकिन्छ भने न्याय दिनुस्,...
10/07/2026

सिताराम कट्टेल धुर्मुस आँखा भरि आँशु पार्दै भन्दैछन्ः ५ वर्षदेखि पीडा बोकेर बाँच्न गाह्रो भयो ! सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस !
✍️ अरुलाई हँसाउने मान्छे रोइरहेको कस्तो नसुहाउॅंने !? हुन त नरोहुन पनि किन वर्षौंको कलाकारिता छाडेर समाजका लागि काम गर्न हिँडेका धुर्मुससँग यतिबेला के छ ?!
– रंगशाला बनाउँदा लिएको उधारो सामाग्रीको साढे १८ करोड ऋण छ ।
– उधारो सामाग्री दिने २४ आपूर्तिकर्ताहरुले दायर गरेको मु’द्दा छ ।
– मजदुरलाई ज्याला दिन लिइएको तीन सहकारीको १ करोड ५० लाख रुपैयाँ ऋण ।
– सहकारी सञ्चालकहरुले अनवरत दिइरहने ट’र्चर छ ।
– वर्षौको मेहनतले सिर्जना भएको करियर अर्धमृत अवस्थामा छ ।
– ताली शुन्य– जताततै गालीको वर्षा छ ।
– ‘रंगशाला बनाउँदा धुर्मुसेले पैसा खायो’ भन्ने अप्रमाणित आरोप ।
अनि रंगशाला बनाउँदा आइपरेको आर्थिक दायित्व मिलाउन सिंहदबार–मन्त्रालय–नगरपालिका र नेता कहाँ धाउँदा धाउँदा फाटेका केही जोर जुत्ता छ ।

हुन त धुर्मुस पनि सहि थिएनन् ।
कलाकारिताबाट नाम, दाम कमाएकै थिए, हौसिनु पर्ने जरुरी थिएन । हेर्नुस त आज ‘मेरी बास्सै’मा सँगै काम गरेका माग्ने बुढा देश विदेशमा रमाइरहँदा धुर्मुस आँशु झार्दै भौतारिरहेका छन् ।

हो उनि उचालिनु गलत थियो तर नउचालिउन पनि कसरी !? उचाल्ने को को थिए ?! कस्ता कस्ता थिए ?! कसले मात्र उचालेनन् ?! के के आश्वासन दिएननन् ?! कहाँसम्म उचाले ?! अनि कहाँ लगेर थचारे ?! एउटा गतिलो किताब बन्छ ।

तर, उनको नियतमा ख’रावी थिएन । आज पनि उनले बनाएको संरचना त्यहि छ । उठेको रकम र भएको खर्चमा कुनै गडबडी पनि देखिएन । भरतपुर महानगरपालिकाले बनाउँने दायित्व पनि लिइ सकेको छ । रंगशाला आवश्यकता पनि छ । अब भरतपुर महानगरपालिकाले केन्द्रले दिएको पैसा धुर्मुसलाई किन दिएन ?! यो अचम्म छ । त्यो पैसा धुर्मुसले गोजीमा हाल्ने नि होईन । मान्छे यहि कारणले गलित, थकित र निकै पिडादायी अवस्थामा छन् । महानगरलाई उसले खोजेको सबै रिपोर्ट पुगेकै थियो । के अब धुर्मुस मरेपछिको पोस’मार्टम रिपोर्ट कुरेको हो ?!

यहाँ एकथरि मागेर पनि समाज सेवा हुन्छ र भन्ने छन् । देश लु’टेर खान ठिक कि मागेर समाज सेवा गर्न ?! मान्छे म’रेपछि कठै भन्ने बानि छ, त्यसकै लागि भएपनि खेद्न पर्छ भने जसरी लागि रहेका छन् । तर, लु’टेर खानेहरुका बारेमा प्रश्न गर्ने हिम्मत किन छैन ?!

Address

Sukedhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Happydent Dot Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Happydent Dot Com:

Shortcuts

Share