tarkeshowor woda 11

tarkeshowor woda 11 I wear my attitude like a crown.���

29/12/2025

Nicholos bhushal

29/12/2025

बालेन लाई हराउने धरानको सबै भन्दा ठुलो मान्छे हर्क साम्पाङ ??😯

काठमाडौंको माछापोखरी क्षेत्रमा अवैध मदिरा कारोबारविरुद्ध प्रहरीले ठूलो कारबाही गरेको छ। प्रहरी वृत्त बालाजुले विशेष सूचन...
29/12/2025

काठमाडौंको माछापोखरी क्षेत्रमा अवैध मदिरा कारोबारविरुद्ध प्रहरीले ठूलो कारबाही गरेको छ।

प्रहरी वृत्त बालाजुले विशेष सूचनाका आधारमा गरेको छापामारीका क्रममा अनुमति विना भण्डारण तथा ओसारपसार हुँदै आएको हजारौँ लिटर मदिरा बरामद गरेको जनाएको छ।

बरामद मदिरा विभिन्न स्थानमा वितरण गर्ने तयारीमा राखिएको अवस्थामा फेला परेको हो ।

प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ भने अवैध कारोबारको स्रोत, संलग्न समूह र सञ्जालबारे गहिरो अनुसन्धान अघि बढाइएको छ।

अवैध मदिराले समाजमा स्वास्थ्य र शान्ति–सुरक्षामा नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाही निरन्तर जारी रहने बालाजु प्रहरी वृत्तका D.S.P ज्ञान बहादुर बिस्ट ज्युको भनाइ छ

Our hope ❤️❤️❤️Balen Kulman Ghising Fans - कुलमान घिसिङ समर्थक
29/12/2025

Our hope ❤️❤️❤️Balen Kulman Ghising Fans - कुलमान घिसिङ समर्थक

बन्त्री बन्न रास्वपा छोडेकी सुमनाको हरिबिजोग, कुलमानको पाटीमा गईन😳 बन्त्री बन्न हतार हतार रास्वपा छोडेकी मन्त्री बन्न नप...
03/12/2025

बन्त्री बन्न रास्वपा छोडेकी सुमनाको हरिबिजोग, कुलमानको पाटीमा गईन😳 बन्त्री बन्न हतार हतार रास्वपा छोडेकी मन्त्री बन्न नपाएपछि हरिबिजोग अवस्थामा थिईन् । उनको राजनिति नै लगभग समाप्त भैसकेको छ । तिनै सुमना आज कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा पुगेकी छन् । उनी शुभकामना दिनका लागि मात्र सभामा पुगेकी हुन् कि दलकै सदस्यको रुपमा आउने हुन् खुलिसकेको छैन ।

03/12/2025

बा ८७ प ७५८९ नम्बरको बाईक हिजो बेलुकी जरंकु बाट चोरी,चोरहरुको बिगबिगी!
सम्पर्क नम्बर-9808653619

चितवन राइनोजका ब्याटर कुशल मल्ले छक्का प्र'हार गरेको बलले एनपीएलकी चियरलिडर्सको नाकमा लाग्दा घाइ'ते भएकी छिन्।  अन्तिम ओ...
03/12/2025

चितवन राइनोजका ब्याटर कुशल मल्ले छक्का प्र'हार गरेको बलले एनपीएलकी चियरलिडर्सको नाकमा लाग्दा घाइ'ते भएकी छिन्। अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले लगातार छक्का प्रहार गरेका थिए । चौथो बल बाउन्ड्री बाहिर चियर गरिरहेकी युवतीको नाकमा लाग्यो । उनको नाकबाट र'गत ब'ग्न थालेपछि स्ट्रेचरमा राखेर निकालिएको थियो । उनलाई अस्पताल लगिएको छ ।

“ट्राफिक नियमको पालना गरौँ, आफैँ पनि बचौँ, अरूलाई पनि बचाऔँ”तारकेश्वर नगरपालिकाभित्र हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने...
03/12/2025

“ट्राफिक नियमको पालना गरौँ, आफैँ पनि बचौँ, अरूलाई पनि बचाऔँ”

तारकेश्वर नगरपालिकाभित्र हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी प्रभाग नेपालटार काठमाडौं र अस्थायी ट्राफिक प्रहरी पोस्ट धर्मस्थलीको सहकार्यमा आज दिउँसो दुई-पाङ्ग्रे सवारी (मोटरसाइकल) चालकलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रमपछि चालकहरूलाई मौखिक रूपमा ट्राफिक नियम सम्बन्धी जानकारी गराउनुका साथै सचेतना अभिवृद्धिका लागि सुझाव सहितका नोटहरू वितरण गरिएको थियो। पिछिल्ला दिनमा बढ्दो दुर्घटनालाई मध्यनजर गर्दै यो जनचेतनामूलक कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरी प्रभाग नेपालटारका प्रमुख सुरेश कार्कीले ज्युले जानकारी दिनु भयको छ ।

भदौ २४ गतेको जेनजी आ'न्दोलनमा लु'टिएका करिब ६ सय सुरक्षाकर्मीका ह'तिया'र खोज्न नेपाली सेनासहित चारवटा सुरक्षा निकायले सं...
21/11/2025

भदौ २४ गतेको जेनजी आ'न्दोलनमा लु'टिएका करिब ६ सय सुरक्षाकर्मीका ह'तिया'र खोज्न नेपाली सेनासहित चारवटा सुरक्षा निकायले संयुक्त विशेष अप्रेसन सञ्चालन गर्ने निर्णय भएको छ।

केन्द्रीय सुरक्षा समितिले जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनेछ र त्यसअनुसार ह'तिया'र खोजी सुरु गरिनेछ। अहिलेसम्म करिब ६ सय ह'तिया'र फेला परेका छैनन्।

Address

Kathmandu

Telephone

+9779828007725

Website

Alerts

Be the first to know and let us send you an email when tarkeshowor woda 11 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to tarkeshowor woda 11:

Share

Category