21st Century

21st Century all in one

बालेन सरकारका सबै निर्णय सही छ भन्न खोजिएको होइन तर हाम्री कामु श्रीमान् को यो निर्णय गलत थियो। बुढानिलकण्ठ मन्दिर छेउको...
10/05/2026

बालेन सरकारका सबै निर्णय सही छ भन्न खोजिएको होइन तर हाम्री कामु श्रीमान् को यो निर्णय गलत थियो। बुढानिलकण्ठ मन्दिर छेउको फुटपाथमा बिहान मर्निङ वाक हिडेकी महिला कारले ठक्कर दिँदा मृत्यु हुनु अनि कार चालक भाग्नु hit and run case थियो।तर सपना श्रीमान् ले जोगाउनु भयो। कारमा प्रत्यक्षदर्शीका अनुसार हिरोइन परमिता राणा पनि सवार थिइन्।उनको insta story ग्लानीले भरिएको थियो।

"एमालेको सांसद भएर त्यसको कार्यकाल सकिएलगत्तै एमालेको भागमा १० बर्षपछि प्र'धानन्यायाधीश बन्ने गरि रोलक्रम मिलाएर स'र्बोच्च अ'दालतमा छिरेकी सपना प्रधान मल्लले आज ध'म्किपुर्ण भाषामा सरकारलाइ रिस पोख्नुभएछ।
कठै !!
त्यहीँ माथि महिलालाई अन्याय भयो, वरियता मिचियो , परम्परा तोडियो भनेर पुर्व् प्रधानमन्त्री शुशिला कार्की सहित केही जेनजी नानीहरू, महिला अधिकारकर्मीहरु, र पार्टिगत स्वार्थ पुरा नभएर केहि द'लालहरूले बिलौना गरेको देख्दा केहि भन्न चाहन्छु।
तर कतिजनालाई 'बुढानिलकण्ठ पृथ्वी मल्ल केस' याद छ?
कसरी पहुँचको आधारमा न्या'यको धज्जी उडाईयो धेरैले सायद भुले पनि होलान् ।

सन् २०१९ बिहानको समय, एउटा कार तिव्र गतिमा अनियन्त्रित भएर अर्को साइडमा फुटपाथमा हँडिरहेकी एक महिला(३८ वर्षिय लिला देवकोटा)लाई ठ'क्कर दिन्छ।
त्यो कार चलाईरहेका थिए पृथ्वी मल्ल जो एक सम्पन्न र पहुँच भएका परिवारका छोरा थिए। त्यस कारमा ३ अन्य पहुँचवालाका छोराछोरीहरू थिए। शिवपुरीमा रातभर पार्टी गरेर, मदिरामा लठ्ठ उनिहरू, पृथ्वी मल्लले कार कुदाएर घर फर्किने क्रममा यो घटना भएको थियो।
चालक पृथ्वी मल्ल यति न'शामा थिए कि प्रत्यक्षदर्शीका अनुसार उनि सिधा उभिने हाल सम्म थएन। कार भित्र सबै र'क्सीका खाली बोटल र पुरा म'दिराको गन्ध आईरहेको थियो। पृथ्वी मल्ल र उनका साथिहरु घटनास्थल बाट फरार भए भने अस्पतालमा उपचारका क्रममा ति महिलाको मृ'त्यु भयो।

त्यसलगत्तै प्रहरीले प'क्राऊ गरेर सरकारी वकिल कार्यलयले १० वर्षको सजाय माग सहित मुद्दा दर्त्ता गर्यो । काठमाडौं जिल्ला आदालतले आदेश नआउञ्जेल थुनामा पठाएपछि हिरासत छल्न पृथ्वी मल्ललाई विभिन्न बहाना बनाएर तुरुन्तै बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको रिपोर्टमा उनी उच्च रक्तचाप, गम्भीर डि'प्रेसन र समायोजन विकार, दमको साथसाथै रक्तचाप र अक्सिजन संतृप्ति समस्याबाट पीडित रहेको देखाएको थियो। मल्लको बास पुर्णरूपले हस्पिटलमा नै भयो, जे'लमा मुस्किलले समय बिताए।
सन् २०२० मा काठमाडौं जिल्ला अ'दालतले यो मुद्दा 'सामान्य घटना' भएको ठहर गर्दै मल्ललाई ६ महिना कारागार र १००० रुपियाँको जरिवाना फैसला सुनायो।
यो फैसला बिरुद्धमा जिल्ला सरकारी अधिवक्ताले पाटन उच्च अ'दालतमा रिट हाले र पाटन उच्च अ'दालतले मल्ललाई निर्णायक फैसला नहुँदा सम्म जे'ल चलान गर्यो।

त्यसको ४ महिनापछि सर्वोच्चका न्यायधीश सपना प्रधान मल्ल र मनोज कुमारको बेन्चले काठमाडौँ जिल्ला अदालत र पाटन उच्च अदालतको फैसला उल्टयाउँदै पृथ्वी मल्ल लाई हिरासतमा राख्नु नपर्ने भन्दै रिहा गर्न र ५ लाख जरिवाना मात्र गर्ने निर्णय गर्यो। छुटेको केहि समय पछि पृथ्वी मल्ल अमेरिका उडे।

सपना प्रधान मल्लको बेन्चले गरेको त्यो निर्णय बिरूद्धमा रिट परे पनि दोषी पृथ्वी मल्ल अमेरिका भागि सकेका थिए ।
२०२३ मा पाटन उच्च अ'दालतले मल्ललाई ४ वर्ष कै'द सजाय र ४०००० जरिवाना तोक्यो। तर सम्भवत दोषी अमेरिकामा बसेर हाँसिरहेको छ।

सधैं महिलाको हक र हितमा काम गरे भन्ने सपना प्रधान मल्लले किन त्यो दिवंगत महिला र उनका ४ छोरा छोरीहरूलाई न्याय दिन सकिनन् ?

यस्तो न्या'यधिश जस्को कार्य सम्पादन सबैभन्दा कमजोर छ, जो पहिले देखि नै पार्टिगत राजनीतिसँग जोडिएकि थिईन्, जस्को आदेशको खण्डन स्वंय नेपाली जनता र पाटन उच्च अदालतले खारेज गर्दियो।
त्यसैको लागि यो सब किन ?

म त खुशी नै छु कि यस्तो मान्छेलाई बालेन सरकारले चिन्यो।
न्या'यलय सेटिंग बाट मुक्त भएको छ।
जय नेपाल 🇳🇵... "

" " यो शब्द चैं साभार

28/03/2026

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची छोटकरीमा
1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
10. सेवा प्रवाह सरल र छिटो बनाइने।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्‍याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. Betting एप बन्द गरिने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
89. कक्षा ५ सम्म परीक्षा हटाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

03/02/2026

भावि प्रधानमन्त्री B***n Shah झापा जिल्ला, स्थानीय सगं छलफल गर्दै!

केपी ओलीले धर्मप्रसाद ढकाललाई टुक्राटुक्रा पारेर हत्या गरेका थिए।को हुन केपी ओली??गरीब निम्न मध्यम वर्गीय परिवारमा बुबा ...
24/01/2026

केपी ओलीले धर्मप्रसाद ढकाललाई टुक्राटुक्रा पारेर हत्या गरेका थिए।
को हुन केपी ओली??

गरीब निम्न मध्यम वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमाया ओलीको सुपुत्रका रूपमा जन्मिएका प्रधानमन्त्री ओली बच्चा अवस्थादेखि नै अति नै घमण्डी, फटा, लुच्चो, छुच्छो, अलि दलिद्र स्वभावको र आफूले भनेको हुनैपर्ने र मान्नै पर्ने नमान्नेलाई जसरी हुन्छ फसाउने र सिध्याउने स्वभावका थिए।

पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ जन्मनुभएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुगेका थिए । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्किएका ओलीले बालक छँदा उनले हजुरआमालाई समेत थर्काउने र पिट्ने काम गर्थे !! उनीको पपढाइ त्यति राम्रो पनि थिएन र राम्रो गर्ने मौका पनि पायनन ।उनले गाउँमा आठ कक्षासम्म अध्ययन गरेका थिए। साथै उनीले ग्रामीण किसान परिवारमा गरिने सबै काम गरेका थिए

केपी ओलीको बाल्यकाल एकदम गरिबीले ग्रस्त र उनको बाल्यकाल ठिक ढंगले पालनपोषण भएको थिएन। केपी ओली रामनाथ दाहालको घरमा गोठालो हुनुहुन्थ्यो। र उहाँको शिक्षा पनि त्यही घरबाट सुरु भएको थियो। जब उहाँ रामनाथको घरमा गोठाला बस्दाको पीडा सत्ता बाहिर हुँदा लुकाएर राख्नुहुन्छ र सत्तामा आएपछि विपक्ष र कम्युनिस्टको नाम लिएर जनतालाई दमन गर्नुहुन्छ

ओली कम्युनिजमबाट उत्प्रेत थिए सामन्तलाई सिध्याउने र सर्वहारा वर्गलाई माथि उठाउने उनको त्यो कुरा मनमा गडेको थियो। र उनलाई कम्युनिस्ट भनेको के हो भनेर ज्ञान चाहिँ थिएन।
केपी ओली वि.सं. २०२८ सालमा त्मेची–कोशी प्रान्तीय कमिटीले झापा व्रिदोहको नेतृत्व गर्‍यो। त्यसको मूल उद्धेश्य धनि र सामन्तवादका विरुद्ध निर्णायक संघर्ष गर्नु थियो। सामन्तवादका विरुद्धको संघर्षमा तत्काल कम्युनिस्टहरुले सामन्त र जमिन्दारहरुमाथि भौतिक र राजनीतिक कार्वाही गरेका थिए। तर, त्यसमध्येका एक नेता केपी शर्मा ओलीको उदण्ड, घमंडी रगुंडा स्वाभावका कारण विद्रोह व्यक्तिहत्यामा केन्द्रित भएको थियो।

उनलाई मन नपर्ने र रिसिबीकै आधारमा
२०२९ सालमा झापाका धर्मप्रसाद ढकाललाई सुतिरहेको अवस्थामा ३५ पटक खकुरी प्रहार गरेर टुक्रा टुक्रा पारी हत्या गरिएको थियो, त्यसको प्रमुख योजनाकार नै केपी शर्मा ओली थिय। जतिबेला उनी २२ वर्षका युवा थिए। निदाएका ढकाललाई ओली नेतृत्वको टीमले खुकुरीले छप्काएर हत्या गरेको थियो। झापा विद्रोहका क्रममा ओलीले सामन्तवादका विरुद्ध राजनीतिक संघर्ष गर्ने, प्रचारात्मक कार्य गर्ने, जनतालाई संगठित गर्ने काम मात्र गरेनन्, अरु अनुमान र आफ़ुलाई मन नपर्ने रीसिबी भरमा सोझा किसान निहत्था नागरिकहरुको हत्या गर्ने र पार्टीको नाममा पैसा उठायर खाने ग़थे। जसमध्ये एक गरिब किसान धर्मप्रसाद ढकाल पनि एक थिए।

पछी ओली ज्यान मुद्धा लाग्ने डरले उनी मोहनचन्द्र अधिकारीसँग भागेर भारतका विभिन्न शहर धुम्न र काम खोज्न गए। काम खोजें, भनेजस्तो काम पाएनन, फर्केर पश्चिम नेपालको बारा जिल्लाको कुनै गाउँमा मोहनचन्द्र अधिकारीसँगै आए।

हत्यारा केपी ओली नेपाल आएको प्रशाासनले थाहा पायो। त्संयोगवश एउटा गाउँबाट अर्को गाउँ जाने क्रममा मोहनचन्द्र अधिकारी समातिए, तेस पछी खड्ग ओली पनि गिरफ्तारीमा परे। त्यसपछि उनले ज्यान मुद्दामा १४ वर्ष जेलमा बिताए। अहिले भंछन म देश र जनताको लागी १४ वर्ष जेल बसेको! बास्तबिक उनी धर्म प्रसाद ढकाल हत्या गरेर जेल बसेका थिय।

२२ वर्षकै उमेरमा जेल परेका कारण ओलीलाई औपचारिक शिक्षा लिने अवसर जुरेन।ओलीमा मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र, समाजवादी दृष्टिकोणको कुनै ज्ञान नहुनु र पूर्वीय साहित्यको ज्ञान हुनुमा त्यही नै मुख्य कारण थियो।

अहिले पनि ओलीमा कम्युनिस्ट सिद्धान्त र पार्टीप्रति कुनै मोह देखिँँदैन। न उनी मार्क्सवादी दृष्टिकोण राख्दछन्, न जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तप्रति नै उनको लगाव छ। आफ्नै पार्टीको नेता माधवकुमार (2009-2011)प्रधानमन्त्री हुँदा पद बाट राजीनामा नदिए सडक र सदनै बन्द गर्ने धम्की दिएका थिए। बन्द हडतालको नाममा सयौं गाडीमा आगो लागेको थियो भने २०५१ सालमा वीर हस्पिटल अगाडिका सडकका बारहरू सबै भाँच्न लगाएका थिए। यो उदण्ड मसाउने काम केपी ओलीको नेतृत्वमा भएको थियो। केपी ओली भन्दै हिँड्छन् मलाई मदन भण्डारी मार्नको लागि सुपारी दिएको थियो तर मैले मार्न मानिन।

केपी ओली एक पुत्र र पुत्रीविहीन नेता हुन् न उनलाई पार्टी, कुनै नेताको माया छ न कार्यकर्ता नै, न त जनताको माया नै उनलाई यति मात्र माया छ कि मर्ने बेलासम्म उनको प्रधानमन्त्रीको कुर्सी आर्यघाट सम्म जाओस्।

नाम : खड्ग प्रसाद ओली उर्फ केपी ओली (बाँ )
जन्म: २००८ फागुन ११ गते

१: पेशा : पहिले रामनाथ दाहालको घरमा काम गर्ने (गोठालो)नोकर,
२: अहिले : राजनीति,
३: राजनीतिज्ञ सुरू: धर्म प्रसाद ढकालको हत्या हत्या गरेपछि १४ वर्ष जेल सजाय
४: सोच: सागर घाट सम्म राजनीति गर्ने
५: पेशा : राजनीतिज्ञ को नाम बाट भ्रष्टाचारी, ठग, टुक्का आफ्नालाई जोगाउने अरुलाई दबाउने

६: शैक्षिक योग्यता : कक्षा ८ सम्म,
७: सवारी : ६ करोड बराबरको टोयटा फर्चुनर, ल्यान्ड क्रुजर,
८: पहिरन: घडी ३ कड़ोर पर्ने, चस्मा ४५ लाख
९: जुत्ता : जोडिको ३५ लाख रुपैँया पर्ने जुत्ता! Louis Vuitton

१०: फोन: iphone १६ pro max
११: निवास: ४० करोड पर्ने बंगाला,
१२: पिउने पानी : प्रति लिटर ५ हजार,
१३: कोट : ६० हजार प्रति पिस, ( विदेशी ब्रान्ड)
१४: नुहाउने साबुन: प्रति पिस १०'००० ( विदेशी गोल्डेन साइन साबुन
१५: उपचार : सिंगापुर, अमेरिका र भारतका महङ्गा हस्पिटल,
१६: उपचार खर्च : लगभग ५० करोड राज्यको ढुकुटिबाट,
१७: संगत- ठेकेदार, मीनबहादुर व्यापारी, गुण्डा र भ्रष्टाचारी संग,
१८: सम्पती: २५ अर्ब, इंडिया,डुबाई र युरोपको बैंकमा
र कम्बोडियामा ३२ अर्ब लगानी (स्विट्जरल्यान्डको बैंकमा २२ अर्ब जम्मा)

यस्ता भ्रष्टाचारीलाई झोलेहरूले ताली ठोक्छन्।

तर उहाँले राजनीति चाहिँ सम्वृद्व नेपाल सुखी नेपाली हुदैँ समाजवाद ल्याउन गर्नुहुन्छ रे 😂
हे दैव लाज लाई पनि लाज लाग्ने बेला 🤣🤣🤪🤪🥶🥶🥵🥵😤😤🤬🤬

21/01/2026

के तपाईं आर्को गोली खाने अथवा भ्रष्टाचारि पाल्ने व्यक्ति बन्न चाहनुहुन्न भने आफ्नो बिबेक पुराएर घन्टी चुनाव चिन्ह मा भोट हाल्नुस र बहुमत सहित राष्ट्र निर्माणमा सहयोग गर्नुस!

20/01/2026

काङ्ग्रेस,‌एमाले, र माओवादी का झेलेहरू खवरदार!!!

20/01/2026

सारा नेपालीले‌ हेर्नैपर्ने भिडियो
***nshah

19/01/2026

***nshah

19/01/2026

हेर्नुहोस् प्रधानमन्त्री उम्मेदवार बालेन्द ( B***n Shah ) को भाषण
***nshah

19/01/2026


Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when 21st Century posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share