18/08/2022
धराने जनता मात्रै नभएर सम्पुर्ण नेपाली जनता नै हर्क को जीतमा खुशी थिए ! देशभक्त नेपाली ,कर्म मा बिश्वास गर्ने भुइँमान्छे धरानको मेयर बन्यो भनेर ! समाचारको मेन हेडलाईन मै हर्क छाएको छन् , फेस्बुक , टुइटर , सामाजिक संजाल भर वाहावाइ छ् , यत्रतत्र सर्वत्र हर्क साम्पाङ्ग राई ! तर स्याल लाई दशा लाग्यो भने शहर तिर पस्छ रे ! भने झै भएको छ् अहिले !! जब उनले माओवादीका कमान्डर प्रचण्ड लाई भेटे त्यस दिनदेखि बाट उनको ब्यवहारमा साथै लेख्ने शैलीमा समेत परिवर्तन आएको छ् , न कतै त्यस् पश्चात् उनको मति भ्रष्ट त भएको हैन ? भन्ने आम नेपाली जनताहरुको मनमा भान पर्न थालेको छ ! आफू मेयर भएको हैसियतले कसैलाई सम्झाउनु बुझाउनु , तरिकाहरु सिकाउनु गलत हैन तर बारम्बार त्यही एउटैमात्र कुराको बिज रोपन गरेर कसैलाई ब्यक्तिगत रुपमा तल पार्ने काम गर्नु , उनले गरेको कार्यशैली प्रति बारम्बार प्रश्न उठाउनु निकै नै गलत र शर्मनाक कार्य हो, भुल हो !! धरातल र छेत्रफलको हिसाबले नै हेर्ने हो भने पनि काठमाडौं महानगरपालिका र धरान उप-महानगरपालिका मा आकाश-पातालको अन्तर पर्न जान्छ !!
सबैले हाइहाइ गरेर बनाइदिएको मेयर , आफू हाइलाइट मा आए भन्दैमा मनमौजी लेख्नु राम्रो होईन , यसले उनकै छबि गिराउने काम गर्दछ !! जनतालाई माथी उठाउन नि आउछ र छिनभरमै तल भुइँमा खसाल्न नि आउछ !! एउटा वहाँको शुभ चिन्तकको हिसाबले भनेको हु , बाकी वहाँ आफै जान्ने हुनुहुन्छ !! जय होस !! ✍️🙂👏