Madhu

Madhu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Madhu, Art, Kathmandu.

Permanently closed.
26/09/2025

फाल्गुन २१ गतेलाई तोकिएको निर्वाचन पुराना दलहरुका लागि हो। Gen-Z का लागि हैन! सपनाबाट यथार्थमा आउन पहिला बिउँझीन पर्नी हुन्छ।।

22/09/2025

हिजो भ्रष्टाचारीहरुको शासनलाई पटक-पटक विश्वास गरेका नागरिकहरु आज NGO वाला शासनलाई पनि समर्थन गर्न कुनै पछुतो मान्दैनन र भोलि INGO वाला फण्डा पनि सहश्र स्वीकार गर्नेछन्। आगे प्रभुको मर्जी बाहेक अरु केही भन्न सकिदैन।

कारण,
शासन विधि बिधानको र शासक निष्ठावान नहुदाको परिणाम!!

सर्वप्रथम देश दोस्रो स्थानमा नागरिक,     देश र नागरिक सुरक्षीत रहे मात्रै संविधानको औचित्य रहन्छ।  लगभग ५२% को हाराहारी ...
19/09/2025

सर्वप्रथम देश दोस्रो स्थानमा नागरिक,
देश र नागरिक सुरक्षीत रहे मात्रै संविधानको औचित्य रहन्छ। लगभग ५२% को हाराहारी देश र नागरिकहरुलाई काम नलाग्नी कुराहरुले भरिपुर्ण यस संविधान दिवसको शुभकामना च्याखेदाउ खेल्नेहरु सबैलाई।।

18/09/2025

Gen-G आन्दोलन पछि जो-जो महोदयहरु नेतृत्वमा हुनुहुन्छ, तपाईहरुले आन्दोलनको मर्म बिपरित गतिविधि गर्दै हुनुहुन्छ। खबरदार !! बदमासी नगर्नुहोस्। आन्दोलनको भावना र मर्म आजको पहिलो सर्त हो।।

14/09/2025

अब संसद् विघटनको विरोध गर्नुको कुनै औचित्य छैन!!

13/09/2025

Gen-Z आन्दोलन,अबोध नागरिकको हत्या,नरसंहार, र राष्ट्रपती द्वारा अन्तरिम सरकार गठन! सरसर्ती हेर्दा भट्टी पुरानै, साउनी पुरानै, ठर्‍रा बिकासी चामलको, ग्राहक नयाँ उस......

13/09/2025

हार्दिक अपिल!!

Gen-Z आन्दोलन र अन्तरिम सरकार गठन सम्पन्न भए पश्चात् !!

गाउँ र शहरका कुना-कुनामा हामी सक्कली हौ। यश देशमा लिप्त भ्रष्टाचारीहरुलाई लखेट्न सफल भएका छौ।। तपाईहरुको सहयोगले हाम्रो बिजय भएको छ। अब हामी संगठन बनाउदै संगठित भएर देशको आमूल परिवर्तन गर्न चाहान्छौ।आदि ईत्यादी कुराहरुले प्रभावित पार्ने कोशिश गर्ने छन। यस्ता समुहहरु नयाँ/पुराना सक्कली/नक्कली सबै आउनेछ्न। कारण Gen-Z भनेको एउटा उमेर समूह (१३ देखि २८ वर्ष ) हो। यो उमेर समुहका नानीबाबुहरुमा आँट र जोस पर्याप्त हुन्छ तर सोचबिचारमा परिपक्वता हुदैन त्यसकारण उनिहरुको नेतृत्व हुदैन।
कसैले आफुलाई Gen-Z नेतृत्व ठान्छ भने यसको अर्थ हुन्छ फाईदा लिनि गुरुप ठुलै छ नानीबाबुहरुको काँधमा बन्दुक राखेर पछाडीबाट प्रहार गरिरेको छ। Gen-Zअभियान भयो भन्नेहरुका कुरा पनि यस्तै हुन।

देशबाशी दिदिबहिनी तथा दाजुभाइहरुले असली र नक्कली को हो? पहिचान गरेर, गास,बास,कपास वा शिक्षा,स्वास्थ्य,रोजगारका बारेमा उनिहरुसंग भएका र उनिहरुले गर्न सक्नी काम/कर्तव्यहरुका खाका के कस्ता छन? स्पष्ट सोधेर बुझेर मात्र सहयोग र समर्थन गर्नु भयो भने फेरि झुक्याएर राजनीति गर्नेहरु स्वतह किनार लाग्नेछन र तपाईहरु सचेत/क्षमतावान नागरिक हुनुहुने छ।

तपाईहरुको अनुभवलाई मात्र साक्षी मान्ने हो भने तपाईं र तपाईहरुका सन्ततिहरुको भविष्य माथी पटक-पटक कसरी राजनीतिक खेलवाड गर्नी/गराउनी काम भए एक पटक आँखा चिम्लेर सोच्नुहोस घाम जत्तिकै छर्लङ्ग हुनुहुने छ।

अब अन्तिममा, यो गर्छु र उ गर्छु भन्नी धेरै देखि/भोगी सक्नु भएको छ। आफ्ना सन्ततिहरुले पनि उस्तै नियति नभोगुन भन्नका लागि पनि विवेक नगुमाई आवेगमा नआई संयम रहेर सबैका कुरा सुनेर आफ्ना छरछिमेकीहरुसंग सरसल्लाह गरेर मात्र आफ्नो निर्णय गर्नु भयो भने पक्कै पनि तपाईहरु र तपाईहरुका पुस्ताहरुको भविष्य उज्ज्वल हुनेछ।
#स्वतन्त्रनेपालीनागरिक

12/09/2025

आदरणीय Gen-Z को आन्दोलन पश्चात् उदाउनुभएका नयाँ नेता ज्युहरु।

सर्वप्रथम यहाँहरुलाई नयाँ राजनीतिक यात्राको हार्दिक शुभकामना।

यश देश नेपाललाई सिङ्गापुर र स्विजरल्यान्ड बनाउछौ भन्दै सोझासाझा नागरिकहरुको दिमाग पटक-पटक भुटेर अ-आफ्नो स्वार्थ परिपुर्ति गर्दै लोकतन्त्र र गणतन्त्रको निकै ढोल पिट्दै देश र नागरिकहरुको हुर्मत लिदै आएको कुरा तपाईहरु जत्तिका सुझबुझ भएका बुद्धिजीवी नयाँ नेताहरुलाई अवगत नै छ होला।

कृपया अब तपाईहरुले देशलाई नेपाल र नागरिकहरुलाई नेपाली हुनबाट कुनै लफडाबाजी नगरी शिक्षा,स्वास्थ्य,रोजगार संगै काईदा कानुनको पुर्ण प्रत्याभूति गर्न सफल हुनुहुनेछ भन्दै पशुपतिनाथसंग प्रार्थना गर्दछु।
#एकनेपालीनागरिक

11/09/2025

जब कुराहरु स्पष्ट हुँदै जानेछ्न।
Gen-Z जति सबै पुराना दलहरुका मात्रै भेटिने छन।
#निराशावादी

10/09/2025

आशा र भरोसा राखौ पुर्खाले आर्जेको देश नेपाल
Gen-Z आन्दोलन पछि नवीन नेपालमा परिणत हुने छ।
जय मातृभूमि जय देश!!

09/09/2025

@ भक्तपुर दरबार ।।
04/08/2025

@ भक्तपुर दरबार ।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Madhu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category